ट्रेंडिंग:

>> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा >> साफ महिला फुटसल च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग ३–० ले पराजित >> नेकपाले घोषणा गर्यो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)

रुपन्देहीमा मनाउदै नेपाल डेरी एसोसियनले स्थापना दिवस

देशभरका ढाई सय बढी डेरी ब्यवसायीहरु बुटवलमा, सोमबार स्थापना दिवस तथा २६ औ साधारण सभा विविध कार्यक्रम गरि मनाउदै
६ माघ २०८१, आइतबार
६ माघ २०८१, आइतबार

बुटवल, ७ माघ । ‘आत्मनिर्भर स्वदेशी उत्पादनको प्रवद्र्धन, दुग्ध उत्पादक र उद्योगलाई समर्थन’ नारासहित स्थापना भएको नेपाल डेरी एसोसियसनको २६ औ साधारण सभा तथा स्थापना दिवस २०८१ बुटवलमा हुने भएको छ । नेपाल डेरी एसोसियसनमा आवद्ध देशभरका उद्योगीहरु बुटवलमा जम्मा भएका छन । आईतबार बुटवलमा पत्रकार सम्मेलन गरि एसोसियसनका अध्यक्ष प्रल्हाद दाहालले कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको बताए । उद्योगीहरुको हकहितमा अग्रसर संस्थाको सोमबार स्थापना दिवस अन्तरगत सातै प्रदेशका उत्कृष्ट उद्योगीहरुलाई सम्मान, दीर्घ सम्मान, राष्ट्रिय डेरी सम्मान, कृषि पत्रकारीता सम्मान, उत्कृष्ट किसान सम्मान, युवा ब्यवसायी सम्मान गरिने उनले बताए । दैनिक संकलन उत्पादन ६२ लाख लिटर दुध उत्पादन हुने गरेकोमा त्यसको आधामात्र बजारमा खपत भईरहेको जानकारी गराए ।

निजी क्षेत्रको डेरी उद्योगमा अनुमानित लगानी ५० अर्ब रहेको र ५० हजार जनालाई रोजगार दिन सफल भएको उनले दाबी गरे । ‘हामीले वार्षिक २ अर्ब राजश्व तिर्दै आएका छौ ।’–उनले भने । डेरीको मुद्याका बारेमा आफुहरु निरन्तर संस्थागत रुपमा लागेको उनले बताए । एक अर्को प्रशंगमा उनले आफुहरु सधै डेरी उद्योग र किसानको पक्षमा रहेको दाबी गरे । केही उद्योगहरुले कुनै बेला एकलौटी दुधको मुल्य घटाउने कुरा गरिरहदा आफुहरु बिरोध गरेको तर्क दिदै उनले बरु दुधको लागत घटाउने विषयमा आवाज उठाउदै र समाधानको पाटोमा लागेको दाबी गरे । ‘हामी मिल्क होलि डे को पक्षमा छौनउ । बरु दुधजन्यपदार्थको स्टोर हुने गरि बिकल्प निकालिरहेका छौ ।’ उनले भने । नेपालमा उपभोक्ताको खानाखाने बानी (फुड हेबिट) को कारण खपतमा प्रभाव पार्ने गरेको उनले बताए । सरकारबाट ४ उद्योगलाई प्रति लिटर २५ रुपैयाका दरले अन्तशुल्क करको बक्यौता लगाएर गलत गरेको उनले बताए ।

कार्यक्रममा एसोसियसनका लुम्बिनी प्रदेश अध्यक्ष थानेश्वर न्यौपानेले नेपालको राष्ट्रिय उत्पादनमा लुम्बिनी प्रदेशबाट कुल खाद्यान्न उत्पादनमध्ये दुधजन्य उत्पादन ४ लाख ८ हजार २०६ मेट्रिक टन अर्थात १७.९ प्रतिशत रहेको बताए । प्रदेशमा उत्पादित कुल दुधमध्ये १५ प्रतिशतमात्र औपचारिक क्षेत्रबाट बजारमा आउछ भने ३५ प्रतिशत अनौपचारिक क्षेत्रमार्फत बिक्री वितरण हुदै आएको छ भने ५० प्रतिशत दुध घरमा नै खपत हुनेसमेत बताए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय दुग्ध विकास बोर्ड, पशुसेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका प्रतिनिधिहरुको उपस्थितिमा दुग्ध क्षेत्रको बारेमा वृहत अन्तरक्रिया गरिने उनले बताए । घरेलु, साना, मझौला र ठूला डेरी गरि २७० जना ब्यवसायीहरु एसोसियसनमा दर्ता रहेको महासचिव हेमराज खनालले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?