ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

अजिरकोटमा ‘एक सहकारी, एक उत्पादन’ अभियान सुरू

२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

गोरखा, २ माघ ।

जिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले ‘एक सहकारी, एक उत्पादन’ अभियानमार्फत स्थानीय विकास र आत्मनिर्भरतालाई नयाँ गति दिने योजना प्रस्तुत गरेका छन्।

आदर्श बहुउद्देश्यीय सामुदायिक विकास सहकारी संस्थाको १९औं वार्षिक साधारण सभा र छैटौं अधिवेशन उद्घाटन गर्दै उनले सहकारीलाई ग्रामीण विकासको आधार बनाउँदै उत्पादनमूलक व्यवसाय र स्थानीय रोजगारी सिर्जनामा केन्द्रित गरिने बताए।

अध्यक्ष देवकोटाले सहकारीलाई जनताको साझा संस्था मान्दै यसलाई आर्थिक उन्नति गर्ने अभियानका रूपमा अघि बढाउने योजनाको पुष्टि गरेका छन्। उनले भने, “सहकारीलाई नमुना रूपमा विकास गर्दै, स्थानीय उत्पादनहरूको ब्रान्डिङ र बजारीकरणमा जोड दिनेछौँ।”

गाउँपालिकाले स्थानीय उत्पादनमा आधारित विभिन्न कार्यक्रमहरू – जस्तै कोदाको रक्सी, किवी खेती, ओलाङमा होमस्टे सञ्चालन र उत्पादनमूलक व्यवसाय प्रवर्द्धन गर्न सहकारीमार्फत अनुदान उपलब्ध गराउने योजना अघि सारेको जनाएको छ। यसले रोजगारी सिर्जना मात्र नगरी, उत्पादन गरिएको सामग्रीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा पुर्याउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

अध्यक्ष देवकोटाले सहकारीप्रति जनतामा रहेको नकारात्मक धारणा सुधार्ने आवश्यकता औँल्याए। उनले कडा नीति अवलम्बन गर्दै सहकारी व्यवस्थापन सुधार्न गाउँपालिकाले कदम चाल्ने र खराब कर्जाका सहकारीलाई अनुशासनमा ल्याउने प्रतिबद्धता जनाए।

कार्यक्रममा उनले नम्कि-भिरकुना-खरिबोट- वडा कार्यालय सडक पिच गर्ने र स्थानीय स्तरमा उत्पादित हाइड्रोलाई केन्द्रीय प्रसारण लाइनमा जोड्न सहजीकरण गर्ने प्रतिबद्धता पनि जनाए।

२०६३ सालमा स्थापना भएको आदर्श बहुउद्देश्यीय सामुदायिक विकास सहकारी संस्थाले अहिले ११ वटा साना सहकारी संस्थाहरूलाई मातहत राख्दै ३ करोड रुपैयाँको लगानी गरेका स्थानीय शेयर सदस्यहरूलाई प्रत्यक्ष फाइदा पुर्‍याइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?