ट्रेंडिंग:

>> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा >> साफ महिला फुटसल च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग ३–० ले पराजित >> नेकपाले घोषणा गर्यो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित) >> यस्तो छ रुपन्देहीमा मनोनयनको तालिका, कुन दलको उम्मेदवारी दर्ता कति बजे ? >> हिमाली जिल्लामा कांग्रेसले उम्मेदवार टुङ्ग्यायो >> उपमेयर राई राजीनामा दिने तयारीमा, बाँके क्षेत्र नं. २ बाट चुनाव लड्ने >> बालेनले सम्बोधन गर्ने ‘परिवर्तन उद्घोष सभा’ जनकपुरधाममा सुरु

सुशासन ऐन कार्यान्वयनको मापन गर्न सार्वजनिक सुनुवाई

२७ पुष २०८१, शनिबार
२७ पुष २०८१, शनिबार

बुटवल, २७ पुस ।
लुम्बिनी प्रदेश सभाको प्रदेश मामिला तथा कानुन समितिले बुटवलमा सुशासन ऐन २०७६ को कार्यान्वयन, प्रभावकारिता र मापन बिषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा सहभागीहरूले सुशासन ऐनको प्रभावकारी कार्यान्वयनका लागि सरकार जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा प्रदेश सांसद, सरकारी निकायका प्रमुख, नागरिक समाजका प्रतिनिधि र व्यवसायीहरूले ऐनको कार्यान्वयनमा देखिएका चुनौती र समाधानका उपायबारे आफ्नो धारणा राखेका थिए । कार्यक्रममा सरकारी भवनमा स्वदेशी काठको प्रयोग अनिवार्य गर्नुपर्ने, भ्रष्टाचार रोक्न प्रभावकारी उपाय अपनाउनुपर्ने, र सेवाप्रवाहलाई नागरिकमैत्री बनाउनुपर्ने बिषमा जोड दिएका थिए । सरकारी भवन निर्माणमा स्वदेशी काठको प्रयोगलाई प्राथमिकता दिन र वार्षिक ५२ अर्ब रूपैयाँ विदेश जानबाट रोक्न कानुनी व्यवस्था गर्नुपर्ने माग कार्यक्रममा सहभागीले उठाएका थिए ।
कार्यक्रममा सहभागी सरकारी कर्मचारीहरूले नेपालमा उत्पादित काठ कुहिएर नष्ट हुने अवस्था हुँदा पनि यसको प्रयोगमा सरकार गैरजिम्मेवार रहेको गुनासो गरे। सरकारी भवन निर्माणमा युपीभीसी र एलुमिनियमको अत्यधिक प्रयोगले स्वदेशी काठ उपेक्षित भएको भन्दै स्वदेशी काठको प्रयोग अनिवार्य गर्न कानुनी प्रावधान ल्याउनुपर्ने सुझाव दिए ।
डिभिजन वन कार्यालयका निर्देशक अजित कर्णले नेपालमा वार्षिक ५२ अर्ब रूपैयाँ बराबरको युपीभीसी, एलुमिनियम, र काठजन्य सामग्री आयात भइरहेको जानकारी गराउँदै यो अवस्था नियन्त्रणका लागि स्वदेशी काठको प्रयोग अनिवार्य गर्नुपर्ने बताए। उनले स्वदेशी काठको प्रयोगले विदेशी मुद्रा बचत हुने, स्थानीय उत्पादन प्रोत्साहन हुने, र निर्माण सामग्री बलियो हुने उल्लेख गरे ।
सार्वजनिक सुनुवाइमा सहभागीहरूले पश्चिम नेपाल बस व्यवसायी संघका प्रबन्ध नर्देशक राम चन्द्र भुसालले सरकारी कार्यालयहरूमा देखिएका विकृति र विसंगतिबारे सरारलाई ध्यानकार्षण गराएका थिए । बुटवलका यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालय, नापी, मालपोत, खानेपानी, र सडक पूर्वाधार निर्माण कार्यालयहरूमा देखिएका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका थियो।
सुशासन विज्ञ अर्जुन बहादुर खड्काले सुशासन ऐन २०७६ को कार्यान्वयन अवस्थाबारे सार्वजनिक सुनुवाइ महत्त्वपूर्ण भएको बताए । प्रदेश कानुन समितिका सदस्य भोजप्रसाद श्रेष्ठले सुशासनका लागि घोषणा गरिएका प्रतिबद्धतामध्ये १० प्रतिशत पनि व्यवहारमा लागू नभएको जनाउँदै प्रदेशमा सुशासनको स्थिति कमजोर रहेको बताए ।
प्रदेश सासंद भोज प्रसाद श्रेष्ठले सुशासन ऐन सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए भने सांसद ईन्द्रजीत थारु संबिधानको भावना तथा प्राकृतिक न्यायको सिद्धान्त अनुरूप हुनेगरि सुशासन ऐन कार्यन्वयन अबस्था सृजना गर्नका लागी ऐन कार्यन्वयन मापन गरिएको बिषयलाई जानकारि दिदै कार्यक्रमको उद्देश्य माथी प्रकाश पारेका थिए । कार्यक्रम समितिकी सभापति दिलकुमारी बुढा, सासंद हेमा बेल्बासे, जानकी न्यौपाने, जिल्ला समन्वय समिति रूपन्देहीका संयोजक उमाकान्त चापाई लगायत बुटवलमा रहेका २० वटा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?