ट्रेंडिंग:

>> एमालेमा ७० वर्षे उमेर हद र २ कार्यकाल हटाउने प्रस्ताव पारित >> एक वर्षमा ट्राफिक उल्लंघनबाट १ करोड ४१ लाख राजस्व संकलन >> शितगंगाको डोहोटे क्षेत्रमा नेटवर्क समस्या, आपतकालीन सेवामा असर >> स्थानीय सरकारले फिर्ता पठाए एक अर्व >> तामनगरमा बन्ने भो ७ करोडको अन्तर्राष्ट्रिय ब्याडमिन्टन हल >> बुटवल टुडे मिडिया ग्रुपले बनायो वार्षिक कार्ययोजना >> रगत अभावको बेला संयुक्त रक्तदान, ४३ पिन्ट रगत संकलन >> राहदानी र नागरिकता लिनेको संख्या घट्यो, प्रतिलिपि लिने बढे >> बुटवल कोरा २०२५ सम्पन्न >> यस्तो छ ‘द एक्सपर्ट एज ग्लोबल एजुकेशन एक्स्पो’ को तयारी, बुटवलमा सरसफाई >> संचार उद्दमी हेमराज धितालका हत्यारालाई कारबाहीको माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण >> ट्रम्प भन्छन् : ‘मैले युद्ध रोकेको हुँ, पाँच जेट खसेका थिए’ >> कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ >> अब बेलायतमा १६ बर्षिया किशोर किशोरीले पनि मतदान गर्न पाउने >> सुठौलीमा उठ्यो लक्ष्य भन्दा बढी राजश्व  >> साउनमा ३० दिन रक्सी छाडनुहोस्, चमात्कार अनुभव गर्नुहोस् >> सडक निर्माण गति दैनिक २.५५ किलोमिटर, दाउन्ने बाहेक क्षेत्रको प्रगति राम्रो  >> एमाले पोलिटब्युरो बैठक दोस्रो दिन पनि जारी, विधान संशोधनको बहस तिव्र >> नागढुङ्गा–मुग्लिन सडकखण्डमा तीव्रगतिमा निर्माण र पहिरो रोकथामको काम चल्दै >> दूध र खसी बेचेको आम्दानी सात करोड >> रगतको अभाव बढ्दो  >> पर्या निबन्धको चर्चा >> दाङमा सवारी दुर्घटना हुँदा ४३ वर्षीय पुरुषको मृत्यु >> सामाजिक सञ्जाल टेलिग्राम एप सञ्चालनमा रोक >> एमाले पोलिटब्यूरो बैठक आज पनि: विधान मस्यौदामाथि छलफल हुने  >> २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपः आज नेपाल र भूटान भिड्दै >> किसानमा खुसी थप्दै प्रयोगशाला >> सौर्य एयरलाइन्सको जहाज दुर्घटना प्रतिवेदन: पाइलटको कमजोरीले दुर्घटना >> बन्दुक बिसाएर कोदालो क्रान्तिमा ‘विप्लव’ >> मनसुनी वायुको प्रभाव देशभर : यी प्रदेशमा वर्षाको सम्भावना >> कान्तिमा कक्षा ११ मा नवआगन्तुक विद्यार्थीहरुका लागि अभिमुखीकरण >> डिङ्गरनगर दूरगामी सहकारीः सञ्चालकहरुविरुद्ध पक्राउ पुर्जी >> प्रचण्डको चेतावनी: आवश्यक परे सडक संघर्षमा जान तयार >> राप्रपा उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त >> २०४६ पछिका नेताको सम्पत्तिमा अनुसन्धान होस् : राप्रपाको माग >> एमाले पोलिटब्युरो बैठक सुरु >> आइतबारदेखि तीन दिनसम्म भारी वर्षाको सम्भावना >> इरानबाट ६ महिनामा १४ लाख अफगानी निकालिए >> मुलुकमा शान्ति सुरक्षाको अवस्था अहिले अनुकुल छ: गृहमन्त्री लेखक >> पर्यटन बोर्डले अन्तर्राष्ट्रिय प्रवर्द्धनमा बजेटको ७० प्रतिशत विनियोजन गर्ने >> रुकुम पश्चिममा जिप दुर्घटना, सात घाइते >> प्रधानमन्त्री ओली तुर्कमेनिस्तान जाने तयारीमा >> आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन >> नवलपरासीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु >> दिल्लीका २० विद्यालयलाई बम विस्फोटको धम्की: प्रहरी र सुरक्षा टोली सक्रिय >> चैतसम्म ५० प्रतिशत खर्च नगरे सरकारी निकायको भुक्तानी अवरुद्ध हुने >> आज सुन र चाँदीको मूल्यमा नयाँ उचाइ, मूल्य वृद्धिमा निरन्तरता >> ग्रामीण विकास लघुवित्तको दशौं साधारण सभा सम्पन्न, मर्जर प्रक्रिया र मिडियामा आएका भ्रमप्रति संस्थाको खण्डन >> कमैया मुक्ति घोषणाको २५ वर्ष: पुनर्स्थापनाको काम अझै अधुरो >> त्रिकोणात्मक टी–२० शृङ्खला : जिम्बाब्वे र न्युजिल्यान्ड आज आमनेसामने

प्रादेशिक अस्पतालमा पित्तथैली अपरेशनमा विशेष प्राथमिकता

२५ पुष २०८१, बिहीबार
२५ पुष २०८१, बिहीबार

बुटवल, २५ पुस ।
लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ अपरेशन थिएटर थपिएपछि पित्तथैलीको पत्थरी समस्याको लेजर अपरेशनलाई विशेष प्राथमिकता दिइएको छ । लामो समयसम्म पालो पर्खनुपर्ने समस्या समाधान गर्न अस्पतालले नयाँ रणनीति अवलम्बन गरेको छ । सर्जन विभाग प्रमुख डा. भुवन पौडेलका अनुसार लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयद्वारा सञ्चालित सेवा विस्तार कार्यक्रम अन्तर्गत प्रसूति सेवाका लागि छुट्टै अपरेशन थिएटरको व्यवस्थापन गरिएको छ । यसले पुरानो थिएटरलाई अन्य शल्यक्रियाका लागि प्रयोग गर्न सक्ने बनाएको छ । थिएटर थपिएसँगै सातामा ४ वटा पित्तथैली अपरेशन हुने गरेकोमा अब यो संख्या ६ सम्म पुगेको छ ।
विशेष गरी पित्तथैलीमा पत्थरी देखिने समस्याको समाधानका लागि अपरेशनमा जोड दिइएको छ । सामाजिक सेवा कार्यक्रम र स्वास्थ्य बीमा योजनाका कारण बिरामीको चाप पनि वृद्धि भएको छ ।
डा. पौडेलले भने, “पित्तथैलीमा पत्थरी देखिने समस्या सामान्यजस्तै भएको छ, तर बिरामीले तुरुन्तै लेजर अपरेशन गर्नुपर्ने सोच राख्ने भएकाले पालो व्यवस्थापनमा चुनौती छ ।” हाल अस्पतालमा ५ जना सर्जन चिकित्सक कार्यरत छन् । थप एक सर्जनको आवश्यकता रहेको डा. पौडेलले बताए । सीमित जनशक्तिका कारण सर्जिकल र ओपीडी सेवा सम्हाल्न दबाब रहेको उनले जनाए । “प्रत्येक दिन २–३ वटा अपरेशन मात्र सम्भव छ, केही जटिल केसमा ३–४ घण्टासम्म लाग्ने भएकाले पालो व्यवस्थापन गर्नुपर्छ,” उनले भने ।
अस्पतालले प्लास्टिक सर्जरी, स्तन शल्यक्रिया (ब्रेष्ट सर्जरी) लगायतका सेवामा पनि विशेषज्ञता थप गरेको छ। सेवा विस्तारका लागि अस्पताल प्रशासन र विकास समितिसँग समन्वय भइरहेको र आगामी दिनमा अपरेशन दर अझै बढाउने तयारी भइरहेको डा. पौडेलले जानकारी दिए । थिएटर थप र सेवा विस्तारले बिरामीलाई समयमै उपचार सुबिधा उपलब्ध गराउने प्रयासलाई सफल बनाउँदै लैजाने अपेक्षा गरिएको गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?