ट्रेंडिंग:

>> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा

रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षति गरेपछि स्थानीय आतंकित

२२ पुष २०८१, सोमबार
२२ पुष २०८१, सोमबार

रौतहट, २२ पुस।

पछिल्लो समय जंगली हात्तीले रौतहट र बाराको विभिन्न पालिकामा उत्पात मच्चाएको छ। हात्तीको आतंकले ग्रामीण क्षेत्रका बासिन्दालाई निकै त्रसित बनाएको छ, जसका कारण गाउँले रातभरि जाग्राम बस्न बाध्य भएका छन्। यद्यपि, नियमनकारी निकायहरू यस समस्याको समाधानमा मौन रहेका छन्।

आज बिहान रौतहटको गुजरा नगरपालिका-३ स्थित जंगलसहिया पशुपती टोलमा जंगली हात्तीले ६ वटा घरमा क्षति पुर्याएको छ। एक्लै आएका ठूलो दारा भएको हात्तीले घरको बार भत्काएको साथै, घरआँगनमा राखिएका धानका भकारी पनि फोडी दिएको स्थानीयहरूले बताएका छन्।

स्थानीय अर्जुन शाही ठकुरी, रामकुमार शाही ठकुरी, श्याम बहादुर, पूर्ण बहादुर, भुटा महरा र हरेन्द्र पासवानका घरमा क्षति पुगेको छ। हात्ती बिहान साढे दुई बजे गाउँमा प्रवेश गर्‍यो र तीन घण्टासम्म घर-घरमा क्षति पुर्याउँदै बिहान ६ बजे जंगलमा फर्किएको स्थानीय समाजसेवी कृष्ण पोखरेलले जानकारी दिए। गाउँलेहरू हात्तीको डरले त्यसवेला आआफ्नो घरमा लुकेर बसेका थिए।

पछिल्लो समय जंगली हात्तीको आतंक रौतहटका विभिन्न क्षेत्र र बाराको कोल्हवी नगरपालिका अन्तर्गतका गाउँमा फैलिएको छ। यसले गाउँमा ठूलो क्षति पुर्याउँदै, मानिसहरूलाई आतंकित बनाएको छ। चन्द्रपुर नगरपालिकाका वडा नम्बर २ र ३ मा पनि हात्तीले तहस नहस गरेको छ, जहाँ केराबारीमा हजारौं केराको बोटमा क्षति पुर्याएको छ।

केही महिनाअघि, कोल्हवी नगरपालिकामा जंगली हात्तीको आक्रमणमा परी एक स्थानीय व्यक्तिको ज्यान गएको थियो। स्थानीयले पटक-पटक हात्ती नियन्त्रणको लागि आग्रह गर्दा पनि नियमनकारी निकायहरूले कुनै प्रभावकारी कदम चाल्न नसकेको गुनासो गरेका छन्।

हात्तीको आतंक र जनजीवनमा पारिएको असरले स्थानीय बासिन्दाले अब प्रभावकारी कदम उठाउन माग गरिरहेका छन्। तथापि, नियमनकारी निकायहरूले यस समस्यालाई गम्भीरतासाथ लिने संकेत भने देखिएका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?