ट्रेंडिंग:

>> गगन थापासँग सम्झाैता गर्न देउवापक्षीय नेताहरू लचक, विद्राेह नगर्ने र नयाँ पार्टी नखोल्ने पूर्णबहादुरको घोषणा >> यस्तो छ ६३ दलका ३ हजार २१३ जनाको समानुपातिक बन्दसूची (सूचीसहित) >> बुटवलमा ईरिक्सा थपसम्बन्धी निर्णयको विरोधमा आन्दोलन गर्ने >> यी हुन् एमालेले टिकट दिएका रुपन्देहीका उम्मेदवारहरु >> जनकपुरबाट भ्रमणमा आएको बस धरानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु >> एमालेले सच्यायो निर्णय: विष्णु पौडेल रुपन्देहीबाटै चुनाब लड्ने >> पामिर एकेडेमीमा खेल महोत्सव सुरु >> एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै >> उच्च अदालतले फेरि भन्यो– एन्फाको निर्वाचन प्रक्रिया तत्काल रोक्नू >> कांग्रेस विवाद सर्वोच्च अदालतमा >> भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय >> बालेन शाहले गरे रास्वपा वरिष्ठ नेताको पदभार ग्रहण >> मैले होइन, बर्दियाले मलाई छोड्यो: पूर्व सांसद गौतम >> काठमाडौँका मेयर बालेन शाहले दिए पदबाट राजीनामा >> प्रधानमन्त्रीले मन्त्री र निर्वाचन आयोग पदाधिकारीसँग छलफल गर्ने >> स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेले दिए राजीनामा >> नेकपा छाडेर पूर्वमन्त्री रामेश्वर राय जसपा प्रवेश >> साफ पुरुष फुटसल: नेपाल र भारतबिच ३–३ गोलको बराबरी >> के मोबाइल, कम्प्युटर र टिभीको बढी प्रयोगले बालबालिकामा कम्मर दुख्ने समस्या बढ्छ ? >> निर्वाचन कार्यतालिका रोक्न माग गर्दै देउवा समूह आयोगमा >> बालेन शाहको राजीनामा किन भयो होल्ड ? >> कतारमा अमर र प्रीतिको धमाकेदार प्रस्तुतिसँगै भव्य रूपमा मनाइयो “माघ्या सकराटी” (फोटो फिचर)  >> सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो >> रुपन्देही २ बाट नेकपाको उम्मेदवार विश्वदीप >> विष्णु पौडेललाई खुला पत्र: विरासतको सुरक्षा कि अवसरवादीको घेराबन्दी ? >> निर्वाचनमा मतदाताको दायित्व >> जोखिमबाट बच्न पूर्व तयारीमा ढिलाइ  >> डरभित्र सङ्घर्ष गर्दै कालीमाटी >> सांस्कृतिक घर र पोखरीले स्थानीय आत्मनिर्भर >> हिंसा र डकैतीको जालो तोड्दै प्रहरी >> यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित) >> रुपन्देहीमा एमालेबाट वासुदेव घिमिरे र खिमलाल भट्टराईले पाए टिकट, अरु टुंगो लाग्न बाँकी >> यी हुन् एमालेका लुम्बिनी प्रदेशमा निर्वाचन लड्ने उम्मेदवारहरु (सूचीसहित) >> एमाले उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट उमेदवार बन्ने >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय: निष्क्रिय रहेका र छाडेकालाई पुन: पार्टीमा जोडिन आह्वान >> माघी पर्व एवं माघे सकरातीको ऐतिहासिक महत्व र नेपाली समाजको भविष्य >> गगनको पक्षमा खुल्न थाले देउवा पक्षका नेता, कँडेलले भने-पार्टीलाई एकढिक्का बनाएर अघि बढौं >> कांग्रेसको आधिकारिकताका लागि सर्वोच्च अदालत जाने देउवा समूहको निर्णय >> एमाले केन्द्रीय निर्वाचन कमिटि सदस्य खुमाकान्तले छाडे पार्टी >> कांग्रेसका पूर्व सांसद कनोडिया एमाले प्रवेश >> आगामी आर्थिक वर्षको बजेट निर्माण सुरुः स्रोत अनुमान समितिले थाल्यो काम >> उम्मेदवारी दर्ता देखि मतगणनासम्मको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्ने >>  रामपुर, भुजात–गुरुङ गाउँको अपार माया बोकेर फर्किदा…… >> नलेखिएको एउटा बुद्धकालीन क्रान्तिको कथा >> छोराको सम्झनामा बनेको उद्यम >> २ प्रदेशका हिमाली क्षेत्रमा आज हल्का वर्षा र हिमपात, तराईमा हुस्सु >> गगनको घोषणाः कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, एकताबद्ध बनाएर अघि बढौं >> यी तीन आधार टेकेर गगन पक्षलाई दियो निर्वाचन आयोगले आधिकारिकता >> राजनीतिक र कानुनी दुवै लडाइँ लड्छौं: देउवा पक्ष >> टुंगियो कांग्रेस आधिकारिकता विवाद, गगन थापा पक्षलाई आयोगको मान्यता

कंगनाको ‘इमर्जेन्सी’ले भारतीय कांग्रेसलाइ क्षति गराउने, १७ जनवरीमा हुदैँछ रिलिज

१९ पुष २०८१, शुक्रबार
१९ पुष २०८१, शुक्रबार

मुम्बइ, १९ पुस ।

भारतमा २५ जुन १९७५ देखि २१ मार्च १९७७  सम्म संकटकाल लगाइएको थियो।

जसलाई भारतको इतिहासको कालो अध्यायको रूपमा हेरिदै आएको छ । यो त्यो समय थियो, जब लोकतन्त्र निलम्बन गरिएको थियो, मौलिक अधिकारहरू कुण्ठित भएको थियो र राष्ट्रले अभूतपूर्व संवैधानिक संकटको सामना गर्नु परेको थियो ।

तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले संविधानको धारा ३५२ अन्तर्गत राष्ट्रिय संकटकाल लगाएकी थिइन् । अहिले संकटकाल घोषणा भएको ५० वर्ष पूरा भएको छ । यो भारतीय इतिहासको सबैभन्दा विवादास्पद अध्याय मध्य एक मानिन्छ ।

सोही घटनामा आधारित भएर भारतीय जनता पार्टीका सांसद तथा अभिनेत्री कंगना रनौतको मुख्य भुमिका रहेको फिल्म ‘इमर्जेन्सी’ सो घटना भएको ५० वर्ष पूरा भएको अवसरमा रिलिज हुँदैछ । फिल्म निर्माण पक्षले सो फिल्म १७ जनवरी २०२५ मा रिलिज हुने जनाएको छ, यो फिल्मले संकटकालको कथा बताउँछ । फिल्ममा देशको आन्तरिक अवस्था त्यो बेला कसरी बिग्रँदै गएको थियो, त्यसलाइ देखाइएको छ ।

यो स्वतन्त्र भारतको इतिहासमा सबैभन्दा विवादास्पद र अलोकतान्त्रिक अवधि थियो। आपतकालिन समयमा, चुनाव स्थगित गरियो र नागरिक अधिकार समाप्त गरियो र मनमानी कारबाही गरियो। जयप्रकाश नारायणले यसलाई भारतीय इतिहासको सबैभन्दा कालो अवधि भनेका थिए।

फिल्ममा अनुपम खेर जयप्रकाश नारायणको भूमिकामा, श्रेयस तलपदे अटल बिहारी बाजपेयीको भूमिकामा र मिलिन्द सोमन फिल्ड मार्शल साम मानेकशको भूमिकामा देखिनेछन् । चलचित्रमा संगीत सञ्चित बलहारा र जी।भी। प्रकाश कुमारले दिएका छन् । पटकथा रितेश शाहले लेखेका हुन् ।यो फिल्म रिलिज भए पछि कांग्रेस आइलाइ थप क्षति पुरयाउने अडकलबाजी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?