ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

लुम्बिनी प्रादेशिक अस्पतालमा जसरी पनि एमआरआई ल्याउँछौं : स्वास्थ्यमन्त्री

१० पुष २०८१, बुधबार
१० पुष २०८१, बुधबार

बुटवल ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रादेशिक अस्पतालमा जसरी पनि एमआरआई मेशिन ल्याएर छाड्ने दाबी गरेका छन् ।

मेशिन खरिदका लागि हाल प्रक्रियामा रहेका टेन्डरमा स्पेसिफिकेशनका विषयमा उठेका प्रश्नहरुलाई समाधान गरी नयाँ प्रक्रियाबाट मेशिन गरिद गरिने उनले बताए । ‘यसअघि अघि बढाइएको टेन्डर प्रक्रियामा कुनै एक कम्पनीलाई मात्रै लक्षित गरी स्पेसिफिकेशन गरिएको भनेर समाचारहरु आए, विरोध भए । अब उक्त प्रक्रियालाई मिलाएर सबैले प्रतिस्पर्धामा सहभागी हुन पाउने गरी स्पेसिफिकेशन तयार हुन्छ ।’–मन्त्री सारुले भने ‘अब नयाँ प्रक्रियाबाट मेशिन खरिद प्रक्रिया अघि बढ्छ, जसरी भए पनि एमआरआई मेसिन खरिद गरी जनतालाई शुलभ दरमा सेवा प्रदान गर्न सरकार प्रतिवद्ध छ ।’

बुटवलमा रहेको गौतमवुद्ध सामुदायक मुटु अस्पतालको १२ औं वार्षिकोत्सव तथा चौथो अधिवेशनबो अवसरमा बोल्दै स्वास्थ्यमन्त्री सारुले सरकारी अस्पतालमा एमआरआई मेशिन नहुँदा जनताले १६÷१७ हजार तिरेर निजी स्वास्थ्य संस्थामा महङ्गोमा सेवा लिनु पर्ने बाध्ययतालाई अन्त्य गर्दै मेशिन खरिदपछि त्योभन्दा आधा मूल्यमा सेवा उपलब्ध गराउन सकिने उल्लेख गरे । स्वास्थय क्षेत्रमा रहेका विकृतिहरुलाई अन्त्य गर्नका लागि नीतिगत सुधारको आवश्यकता औल्याउँदै उनले सरकार उक्त कुरामा प्रतिवद्ध रहेको उल्लेख गरे ।

सामुदायिक स्तरबाट स्थापना गरिएको बुटवलको सामुदायिक मुटु अस्पतालमा सामाजिक सुरक्षा अन्तरगत जनतालाई उपलब्ध गराइएको स्वास्थ्य सेवा तथा दिर्घ रोगिको उपचार गरेबापत संघीय सरकारबाट प्राप्त गर्नुपर्ने रकम उपलब्ध गराउनका लागि आफूले समन्वय र पहलको भूमिका निर्वाह गर्ने प्रतिवद्धता गरे ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले वर्तमान सरकारलाई काम गर्नका लागि हलसम्मकै सहज परिस्थिति रहेको उल्लेख गर्दै जनताको सेवामा समर्पित हुन आग्रह गरे । बोलीमा मात्रै नभई व्यवहारिक कार्यान्वयनमा जोड दिँदै उनले नीतिगत सुधार र स्पष्टता हुनु पर्नेमा उल्लेख गरे । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, विष्णु पन्थी, रोटरी क्लबका गभर्नर देवेन्द्र ध्वजु, बुटवल उद्योग संघका अध्यक्ष दिलिप सापकोटा तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले अस्पतालको भवन निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रियालाई सरकारले छिटो टुङ्गोमा पुर्याउन आग्रह गरे ।

बुटवललाई स्वास्थ्यको हबको रुपमा स्थापित गर्नका लागि विशिष्टिकृत स्वास्थ्य संस्थाहरुको स्थापना र बिकास गर्न आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अस्पतालका अध्यक्ष यजाज आलमले जग्गा प्राप्तिसँगै भवन निर्माणको काम थालिने उल्लेख गरे । हाल भाडाको घरमा सञ्चालन हुँदै आएको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका लागि तिलोत्तमामा प्राप्त हुने जग्गामा २ सयदेखि ६ सय बेडको अस्पतालको रुपमा बिकास गर्ने योजना प्रस्तुत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?