ट्रेंडिंग:

>> सन्तोष परियार र जनार्दन शर्मा नयाँ राजनीतिक अभियानका लागि छलफलमा >> कालोसूची बढ्दा कर्जा प्रवाहमा वृद्धि भएन: गभर्नर पौडेल >> सन्तोष परियारले रास्वपा छाडे >> प्रधानमन्त्रीसहित ७ मन्त्रीले सम्पत्ति विवरण बुझाए, ३ मन्त्रीले अझै बुझाउन बाँकी >> सिस्टमले थेग्न नसक्दा अनलाइन मार्फत मतदाता दर्तामा समस्या >> कांग्रेसका संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यद्वारा ७ बुँदे मागसहित ज्ञापनपत्र >> सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घट्यो >> मधेश प्रदेशका ५ पदमुक्त सांसदहरूले मागे एक वर्षको हाजिरी विवरण >> लुम्बिनीमा होटल अतिथि सत्कार तालिम, सेवा गुणस्तर सुधारमा जोड >> प्रेस चौतारी केपी ओली सर्वसम्मत एमाले अध्यक्ष हुनुपर्ने पक्षमा छ : गणेश पाण्डे >> कांग्रेस संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूले ६ बुँदे माग राख्दै बुझाए ज्ञापनपत्र >> लुम्बिनी प्रादेशिक अस्पताल : सेवा विस्तार र प्रविधिक सुधारमा उल्लेखनीय फड्को >> राधाकृष्ण युवा क्लबद्वारा बिरामीलाई खाद्यान्न तथा नगद सहयोग >> अविश्वासको प्रस्ताव दर्ता गर्न गएका सांसदमाथि मधेसका सभामुखले गरे हातपात >> कजारिया टायल्सको ‘लक्की ड्र’ विजेता घोषणा >> विश्व मधुमेह दिवस: मधुमेह बारे जानौँ  >> आज विश्व मधुमेह दिवस मनाइँदै >> फोहर मैला व्यवस्थापनमा स्थानीय सरकार >> सांस्कृतिक सम्पत्तिको संरक्षणमा चासो  >> गुल्मीमा कहिलेसम्म रहला जहाज उडान ? >> शिविरले फर्कायो ज्योति  >> एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने >> ४ वर्षदेखि नेपाल–भारत बैठक नहुँदा: नहर मर्मत भएन, पीडितले ३ करोड पाएनन् >> मधेशका ५ सांसदलाई सभामुखले गरे पदमुक्त >> मधेस प्रदेश सभामा सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता >> रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश >> महालेखाको प्रतिवेदनले खोलेको रहस्य : बढैयातालमा लेखापालकै खेलमा करोडौँ बेरुजु >> दश बाम घटक एकता : केन्द्रमा उत्साह, प्रदेशमा अन्योल >> दाङमा जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने १० जना पक्राउ  >> जनप्रदर्शनका लागि एमाले रुपन्देहीको तयारी तीव्र,जेनजी युवाहरु ठूलो संख्यामा उपस्थित हुने >> विदेशमा बस्नुहुन्छ र राष्ट्रिय परिचयपत्र छ ? अनलाइनबाटै मतदाता दर्ता सम्भव >> कोशीका पूर्वमन्त्री आङ्बोको गाडीले ठक्कर दिँदा एकको मृत्यु >> कांग्रेस बैठकमा विवाद: मन्सुरलाई दोहोर्याएर बोल्न अनुमति दिएपछि होहल्ला >> सेयर बजारमा ६ कम्पनीको मूल्य १० प्रतिशतले वृद्धि >> राष्ट्रिय परिचयपत्र भएका नागरिकले मतदाता नामावलीका लागि अनलाइनबाटै आवेदन दिन सक्ने >> मधेस प्रदेशका २ सांसदमाथि पार्टी कारबाही सुरु >> मतदाता सहभागिता सुनिश्चित गर्न दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल >> कर्णाली प्रदेशसभा पुनर्निर्माण गरिँदै >> राजनीतिक अस्थिरताले नेपालमा आर्थिक वृद्धिदर २.१ प्रतिशतमा झर्ने अनुमान : विश्व बैंक >> आईजीपी कार्कीले उठाए सुरक्षा सुधार र राशन वृद्धिका विषय >> गृहमन्त्री अर्यालको स्पष्टोक्ति : दल खोल्दिनँ, चुनाव पनि लड्दिनँ >> चुनावअघि महाधिवेशन गर्नुपर्ने भए विशेष अधिवेशनमा जाऔँ – सहमहामन्त्री राठौर >> पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा १८ किलोमिटर कालोपत्रे सम्पन्न >> जेनजी आन्दोलनमा क्षतिग्रस्त ४६५ मध्ये ४४८ प्रहरी बिट पुनः सञ्चालनमा >> नियुक्त भए पनि मधेसका मन्त्री ‘अलपत्र’ ! >> अवकाशलगत्तै कुवेर खापुङमाथि विदेश भ्रमण र उपत्यका छाड्न रोक >> निर्वाचन आयोगले आचारसंहिताबारे दलहरुसँग छलफल गर्दै >> सातौं लुम्बिनीको महोत्सव–२०८२ को तयारी तीव्र >> दूरसञ्चार कम्पनीका १८ जना विरुद्धको मुद्दा सुनुवाइका लागि तोकियो पेसी >> रवि र छविको मुद्दा न्यायाधीश आचार्य र अर्यालको संयुक्त इजलासमा

लुम्बिनी प्रादेशिक अस्पतालमा जसरी पनि एमआरआई ल्याउँछौं : स्वास्थ्यमन्त्री

१० पुष २०८१, बुधबार
१० पुष २०८१, बुधबार

बुटवल ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रादेशिक अस्पतालमा जसरी पनि एमआरआई मेशिन ल्याएर छाड्ने दाबी गरेका छन् ।

मेशिन खरिदका लागि हाल प्रक्रियामा रहेका टेन्डरमा स्पेसिफिकेशनका विषयमा उठेका प्रश्नहरुलाई समाधान गरी नयाँ प्रक्रियाबाट मेशिन गरिद गरिने उनले बताए । ‘यसअघि अघि बढाइएको टेन्डर प्रक्रियामा कुनै एक कम्पनीलाई मात्रै लक्षित गरी स्पेसिफिकेशन गरिएको भनेर समाचारहरु आए, विरोध भए । अब उक्त प्रक्रियालाई मिलाएर सबैले प्रतिस्पर्धामा सहभागी हुन पाउने गरी स्पेसिफिकेशन तयार हुन्छ ।’–मन्त्री सारुले भने ‘अब नयाँ प्रक्रियाबाट मेशिन खरिद प्रक्रिया अघि बढ्छ, जसरी भए पनि एमआरआई मेसिन खरिद गरी जनतालाई शुलभ दरमा सेवा प्रदान गर्न सरकार प्रतिवद्ध छ ।’

बुटवलमा रहेको गौतमवुद्ध सामुदायक मुटु अस्पतालको १२ औं वार्षिकोत्सव तथा चौथो अधिवेशनबो अवसरमा बोल्दै स्वास्थ्यमन्त्री सारुले सरकारी अस्पतालमा एमआरआई मेशिन नहुँदा जनताले १६÷१७ हजार तिरेर निजी स्वास्थ्य संस्थामा महङ्गोमा सेवा लिनु पर्ने बाध्ययतालाई अन्त्य गर्दै मेशिन खरिदपछि त्योभन्दा आधा मूल्यमा सेवा उपलब्ध गराउन सकिने उल्लेख गरे । स्वास्थय क्षेत्रमा रहेका विकृतिहरुलाई अन्त्य गर्नका लागि नीतिगत सुधारको आवश्यकता औल्याउँदै उनले सरकार उक्त कुरामा प्रतिवद्ध रहेको उल्लेख गरे ।

सामुदायिक स्तरबाट स्थापना गरिएको बुटवलको सामुदायिक मुटु अस्पतालमा सामाजिक सुरक्षा अन्तरगत जनतालाई उपलब्ध गराइएको स्वास्थ्य सेवा तथा दिर्घ रोगिको उपचार गरेबापत संघीय सरकारबाट प्राप्त गर्नुपर्ने रकम उपलब्ध गराउनका लागि आफूले समन्वय र पहलको भूमिका निर्वाह गर्ने प्रतिवद्धता गरे ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले वर्तमान सरकारलाई काम गर्नका लागि हलसम्मकै सहज परिस्थिति रहेको उल्लेख गर्दै जनताको सेवामा समर्पित हुन आग्रह गरे । बोलीमा मात्रै नभई व्यवहारिक कार्यान्वयनमा जोड दिँदै उनले नीतिगत सुधार र स्पष्टता हुनु पर्नेमा उल्लेख गरे । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, विष्णु पन्थी, रोटरी क्लबका गभर्नर देवेन्द्र ध्वजु, बुटवल उद्योग संघका अध्यक्ष दिलिप सापकोटा तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले अस्पतालको भवन निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रियालाई सरकारले छिटो टुङ्गोमा पुर्याउन आग्रह गरे ।

बुटवललाई स्वास्थ्यको हबको रुपमा स्थापित गर्नका लागि विशिष्टिकृत स्वास्थ्य संस्थाहरुको स्थापना र बिकास गर्न आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अस्पतालका अध्यक्ष यजाज आलमले जग्गा प्राप्तिसँगै भवन निर्माणको काम थालिने उल्लेख गरे । हाल भाडाको घरमा सञ्चालन हुँदै आएको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका लागि तिलोत्तमामा प्राप्त हुने जग्गामा २ सयदेखि ६ सय बेडको अस्पतालको रुपमा बिकास गर्ने योजना प्रस्तुत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?