© 2026
बुटवल, २७ मंसिर ।
रूपन्देहीको सद्धार्थनगर नगरपालीकाले नगरको ट्राफीक व्यवस्थापनमा मुख्य चुुनौतीको रूपमा देखीएका अटो टेम्पो तथा इ–रिक्सा (तिनपाङग्रे) सवारी साधन व्यवस्थापनको लागी नियमन सुरु गरेको छ ।
सवै सरोकारवालाहरूको सर्वपक्षिय छलफलबाट बिनादर्ता र अव्यवस्थित रूपमा भैरहवा क्षेत्रमा सचांलन हुँदै आएका अटो टेम्पो तथा इ–रिक्सालाई व्यवस्थित गर्न सिद्धार्थनगर नगरपालिकाले मापदण्ड तयार पारेको थियो । उक्त मापडण्ड अनुसार सिद्र्धानगरमा बढीमा ५ सय अटो तथा ईरिक्सा संचालन गर्न पाउने ब्यबस्था छ । त्यसकोलागी नगरपालिकाले पटक पटक सुचना प्रकासित गरी ४ सय ७३ बटा ई रिक्सा दर्ता गराएको छ । अव दर्ता भएका ई रिक्सालाई मात्र नगरभित्र सचांलन गर्न दिनकोलागी नियमन सुरु भएको हो । जिल्ला ट्राफीक प्रहरी कार्यालय रूपन्देहीको सहकार्यमा नियमन अभीयान सुरु गरीएको हो । यसको लागी नगरपालीकाले हालै मात्र भर्ना गरेका नगरप्रहरीलाई खटाएको छ ।
बुधवारदेखी एक हप्ता सम्म नियमन गरीने र त्यसपछि अटेर गर्नेलाई कार्वाही फ्रक्रीयामा अगाडी बढाईने सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए । दर्ता भए नभएको सजिलै छुटयाउनकोलागी नगरपालीमा दर्ता भएका ई–रिक्सालाई पहेलो रगंको हाफ ज्याकेट समेत बितरण गरिएको छ ।
सिद्धार्थनगर नगरपालीकाका प्रमुख (मेयर) ईस्तियाक अहमद खानले नगरमा व्यवस्थित पार्किङ् गरी ट्राफीक व्यवस्थापन गर्ने, नगरकलाई सुन्दरीकरण गर्ने, सही भाडादर लागुु गर्ने उद्देश्यका साथ इ रिक्साको नियमन सुरु गरीएको बताए । ‘सिद्धार्थनगरलाई व्यवस्थित र सुन्दर बनाउने उद्देश्यका साथ हामी अगाडी बढेका छनौं । यसमा सबैको सहयोगको पनि आवश्यक छ,’ उनले भने ।
सिद्धार्थनगर नगरपालीकाकी उप प्रमुख उमाअधिकारीले ई–रिक्सा ब्यबस्थापनका लागी आफूहरू निर्वाचित भएर आए देखिनै लागि परेको र अहीले यो अभियान सफलताउन्मुख भएको बताईन । उनले नगरपालिकाले तोकेको मापदण्ड पुरा गरेर मात्र आफ्ना ईरिक्सा चलाउन सम्बन्धित सवारी धनीहरूलाई आग्रह समेत गरीन् । जिल्ला ट्राफीक प्रहरी कार्यालय रूपन्देहीकी प्रमुख प्रहरी निरिक्षक रन्जु केसीले अटो टेम्पो तथा इरिक्सासँग सम्बन्धित मापदण्ड पूर्ण रूपमा कार्यान्वयनमा लगीने भएकाले मापदण्ड पुुरा गरेर मात्र तिनपाङग्रे सवारी साधन चलाउन आग्रह गरीन् । नगरपालिकामा दर्ता हुनका लागि सम्बन्धित व्यवसायीसँग ब्लू–बुक, सवारीचालक अनुमतिपत्र र बिमालाई अनिवार्य गरिएको छ । गैरनेपाली नागरिक र बिना दर्ताका अटो टेम्पो तथा इरिक्सा संचालनमा भने प्रतिबन्ध लगाइएको छ । मापदण्ड अनुसार मुख्य सडकबाहेक किनाराका सर्भिस लेन र नगरका भित्रि सडकमा संचालन गर्नु पर्ने, रुट इजाजत लिनुपर्ने, यात्रुसँग निर्धारित भाडामात्र लिनु पर्ने, तोकिएको स्थलमा मात्र पार्किङ गरिनु पर्ने, नगरपालिकामा दर्ता भएको संकेत सवारी साधनको अग्रभागमा राख्नुपर्ने लगायतका मापदण्ड छन् ।