Butwal Today

माओवादी केन्द्रको बैठक स्थगित

२७ मंसिर २०८१, बिहीबार
अ+
अ-

काठमाडौं, २७ मंसिर ।

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज स्थगित भएको छ। पार्टी उपमहासचिव गिरिराजमणी पोखरेलका अनुसार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अनुपस्थितिका कारण स्थगित गरिएको हो। उनले अनलाइनखबरलाई जानकारी दिँदै भने, “आजको बैठक स्थगित भएको छ, भोलि बिहान ११ बजे बैठक बस्ने छ।”

बैठकमा सरकारको संविधान संशोधनको प्रयासमा पार्टीको धारणा तय गर्ने मुख्य एजेण्डा रहेको बताइएको छ। साथै, पुस ४ गते माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्ने तयारी छ, जसको एजेण्डा र तयारीका विषयमा स्थायी समिति बैठकमा छलफल हुने अपेक्षा गरिएको छ।

यसअघि पदाधिकारी बैठकमा नेताहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र संसद बाहिरबाट मन्त्री बनाउने व्यवस्था सम्बन्धी चर्चा गरेका थिए। यस्ता मुद्दा प्रतिपक्षका दलहरूसँग समेत छलफल गरेर साझा निर्णयमा पुग्न पार्टीले तयारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?