ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

पत्रकार महासंघ रुपन्देहीको उपाध्यक्ष ढकाल निरविरोध सदस्यमा घर्ती अध्यक्षमा ३ जनाको उम्मेद्बारी

२७ मंसिर २०८१, बिहीबार
२७ मंसिर २०८१, बिहीबार

बुटवल ,२७ मंसिर ।
नेपाल पत्रकार महासंघ रुपन्देहीको उपाध्यक्ष(खुल्ला)मा विश्वास ढकाल निरविरोध निर्वाचित भएका छन । यो भन्दा पहिला पनि उपाध्यक्ष रहेका ढकाल प्रतिस्पर्धी प्रकाश पाण्डेले उम्मेद्बारी फिर्ता लिएर निरविरोध निर्वाचित भएका हुन ।
रुपन्देही शाखाको अध्यक्षमा भने ३ जनाको उमेद्बारी परेको छ । प्रेस चौतारी र युनियको साझा प्यानलबाट दिनेश पाण्डे चुनावि मैदानमा छन् भने समाजवादी प्रेस संगठनका विनोद परियार र यो भन्दा पहिला उपाध्यक्ष महिला०रहेकी अमृता पाण्डे अनमोलले यो पटक अध्यक्षमा उमेद्बारी दर्ता गरेकी छिन् ।

जिल्ला शाखा अधिवेसनको उपाध्यक्ष महिला पदमा उषादेवी पन्थ, माया केसी र मिना पाण्डे(अस्मीना) चुनावि मैदानमा छन् ।यस्तै सचिव पदमा सीपी खनाल र कविराज अधिकारी चुनावी मैदानमा रहेका हुन । पन्थ सञ्चारिका समुहको अनलाईन महिला आवाजमा काम गर्छीन् भने केसी बुटवल टुडे पत्रिकामा काम गर्दै आएकी छिन् । यस्तै पाण्डे रेडियो मुक्ती, हाम्रो प्रयास डटकम र लुम्बिनी टीभीमा काम गर्दछिन् ।
यस्तै सह सचिव पदमा झविन्द देवकोटा, टेकराज भुषाल चुनावि मैदानमा छन् । देवकोटा विगत दुई दशक देखि पत्रकारितामा सक्रिय छन् । उनि बुटवल एफएम, तिलोत्तमा पत्रिकामा काम गर्दछन् । यता भुषाल भने पत्रकारिता भन्दा पनि राजनीतिमा सक्रिय व्याक्ति हुन ।
सह सचिव समावेशीमा सुमन श्रेष्ठ, राधेश्याम विश्वकर्मा र सुनिता चँदाली मैदानमा छन् । श्रेष्ठ खस्यौली एफएमका स्टेशन प्रमुख सहित त्यहा कार्यक्रम समेत चलाउँछन्,विश्वकर्मा भैरहवाबाट एपीवान् टेलिभिजनमा काम गर्छन ।

कोषाध्यक्ष पदमा नरेश केसी र सञ्जय विश्वकर्मामा चुनावि मैदानमा रहेका छन् । केसी भैरहवामा रहेको समता टेलिभिजनको प्रमुख हुन भने विश्वकर्मा यो भन्दा पहिला पनि कोषाध्यक्ष थिए ।
सदस्य तर्फ महिला रुबीना थापा, अनिता चौधरी चुनावी मैदानमा छन् । रुविना थापा भैरहवाको लुम्बिनी खबरमा काम गर्दछिन् भने अनिता चौधरी रेडीयो सैनामैनाको स्टेशन प्रमुख बाट राजीनामादिएर निस्क्रीय रुपमा बसीरहेकी छिन् ।

दलित सदस्यमा कृष्ण रणपाल, टक बहादुर सुनारले उमेद्बारी दिएका छन, रणपाल दैनिक पत्र पत्रिकाका विज्ञापन शाखा प्रमुख हुन भने सुनार लुम्बिनी विकास कोषमा उपाध्यक्षको सचिवाललयमा काम गर्दछन् । दुबै जना पत्रकारितामा सक्रिय छैनन् ।
आदीबासी जनजाती सदस्यमा नरेश चौधरी र सनु थापा ले उमेद्बारी दिएका हुन । चौधरी रेडियो टाईम्स सैनामैनाका स्टेशन प्रमुख हुन् भने थापा हाल पत्रकारिता भन्दा पनि गैरसरकारी संस्थामा क्रियाशिल छन् ।
यस्तै मधेसी सदस्यमा झब्बर यादव, हृदयराम गुप्ता ले उम्द्बारी दिएका छन् ।
अन्य समावेशीमा भने गोविन्द बहादुर घर्ती निरविरोध निर्वाचित भएका छन् । सदस्यहरुमा ८ पदमा १९ जनाले उमेद्बारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?