ट्रेंडिंग:

>> गुरुङ्हरुको आधिकारिक लिपि खेमा लिपि पुस्तक विमोचन >> पैदल यात्रा गरी पर्रोहा बोलबम धाममा जलार्पण >> एमालेमा ७० वर्षे उमेर हद र २ कार्यकाल हटाउने प्रस्ताव पारित >> एक वर्षमा ट्राफिक उल्लंघनबाट १ करोड ४१ लाख राजस्व संकलन >> शितगंगाको डोहोटे क्षेत्रमा नेटवर्क समस्या, आपतकालीन सेवामा असर >> स्थानीय सरकारले फिर्ता पठाए एक अर्व >> तामनगरमा बन्ने भो ७ करोडको अन्तर्राष्ट्रिय ब्याडमिन्टन हल >> बुटवल टुडे मिडिया ग्रुपले बनायो वार्षिक कार्ययोजना >> रगत अभावको बेला संयुक्त रक्तदान, ४३ पिन्ट रगत संकलन >> राहदानी र नागरिकता लिनेको संख्या घट्यो, प्रतिलिपि लिने बढे >> बुटवल कोरा २०२५ सम्पन्न >> यस्तो छ ‘द एक्सपर्ट एज ग्लोबल एजुकेशन एक्स्पो’ को तयारी, बुटवलमा सरसफाई >> संचार उद्दमी हेमराज धितालका हत्यारालाई कारबाहीको माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण >> ट्रम्प भन्छन् : ‘मैले युद्ध रोकेको हुँ, पाँच जेट खसेका थिए’ >> कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ >> अब बेलायतमा १६ बर्षिया किशोर किशोरीले पनि मतदान गर्न पाउने >> सुठौलीमा उठ्यो लक्ष्य भन्दा बढी राजश्व  >> साउनमा ३० दिन रक्सी छाडनुहोस्, चमात्कार अनुभव गर्नुहोस् >> सडक निर्माण गति दैनिक २.५५ किलोमिटर, दाउन्ने बाहेक क्षेत्रको प्रगति राम्रो  >> एमाले पोलिटब्युरो बैठक दोस्रो दिन पनि जारी, विधान संशोधनको बहस तिव्र >> नागढुङ्गा–मुग्लिन सडकखण्डमा तीव्रगतिमा निर्माण र पहिरो रोकथामको काम चल्दै >> दूध र खसी बेचेको आम्दानी सात करोड >> रगतको अभाव बढ्दो  >> पर्या निबन्धको चर्चा >> दाङमा सवारी दुर्घटना हुँदा ४३ वर्षीय पुरुषको मृत्यु >> सामाजिक सञ्जाल टेलिग्राम एप सञ्चालनमा रोक >> एमाले पोलिटब्यूरो बैठक आज पनि: विधान मस्यौदामाथि छलफल हुने  >> २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपः आज नेपाल र भूटान भिड्दै >> किसानमा खुसी थप्दै प्रयोगशाला >> सौर्य एयरलाइन्सको जहाज दुर्घटना प्रतिवेदन: पाइलटको कमजोरीले दुर्घटना >> बन्दुक बिसाएर कोदालो क्रान्तिमा ‘विप्लव’ >> मनसुनी वायुको प्रभाव देशभर : यी प्रदेशमा वर्षाको सम्भावना >> कान्तिमा कक्षा ११ मा नवआगन्तुक विद्यार्थीहरुका लागि अभिमुखीकरण >> डिङ्गरनगर दूरगामी सहकारीः सञ्चालकहरुविरुद्ध पक्राउ पुर्जी >> प्रचण्डको चेतावनी: आवश्यक परे सडक संघर्षमा जान तयार >> राप्रपा उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त >> २०४६ पछिका नेताको सम्पत्तिमा अनुसन्धान होस् : राप्रपाको माग >> एमाले पोलिटब्युरो बैठक सुरु >> आइतबारदेखि तीन दिनसम्म भारी वर्षाको सम्भावना >> इरानबाट ६ महिनामा १४ लाख अफगानी निकालिए >> मुलुकमा शान्ति सुरक्षाको अवस्था अहिले अनुकुल छ: गृहमन्त्री लेखक >> पर्यटन बोर्डले अन्तर्राष्ट्रिय प्रवर्द्धनमा बजेटको ७० प्रतिशत विनियोजन गर्ने >> रुकुम पश्चिममा जिप दुर्घटना, सात घाइते >> प्रधानमन्त्री ओली तुर्कमेनिस्तान जाने तयारीमा >> आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन >> नवलपरासीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु >> दिल्लीका २० विद्यालयलाई बम विस्फोटको धम्की: प्रहरी र सुरक्षा टोली सक्रिय >> चैतसम्म ५० प्रतिशत खर्च नगरे सरकारी निकायको भुक्तानी अवरुद्ध हुने >> आज सुन र चाँदीको मूल्यमा नयाँ उचाइ, मूल्य वृद्धिमा निरन्तरता >> ग्रामीण विकास लघुवित्तको दशौं साधारण सभा सम्पन्न, मर्जर प्रक्रिया र मिडियामा आएका भ्रमप्रति संस्थाको खण्डन

मुख्यमन्त्रीसँग गीत संगीत र कला पारखीहरूको भलाकुसारी

१५ मंसिर २०८१, शनिबार
१५ मंसिर २०८१, शनिबार

मुख्यमन्त्रीको मोबाईलमा घण्टी बजिरह्यो तर उनले उठाएर कुरा गरेनन् । उनको ध्यान एकोहोरो कलाकारका गीत, संगीत सुन्नतिरै केन्द्रीत रह्यो । संगीतकार सुरेश सेञ्जुरीले हार्मोनियम बजाई रहे । तबला वादकले गीत, संगीतको लय समाते । सरिता पन्थी सुनार र वसन्त खनालले आफ्ना स्वर पोखे गीतमा । सायद उनीहरूका कोकिल स्वरले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको मन खिचिरह्यो । मंसिर १४ गते, शुक्रवार विहानको समय थियो । सधैं भौतिक विकास निर्माणका कुरा, शिलान्यास, उद्घाटन, गोष्ठी, सेमिनार, तालिम र बैठकमा व्यस्त रहने मुख्यमन्त्री यसपाली सुरेश सेञ्चुरीको संगीतमा झुले । संगीतले सबैको मन खिच्दोरहेछ । दुःख, पीर बिसाउने चौपारी नै गीत, संगीत रहेछ । सधैंको दौडधूप, तनावलाई थाँती राखेर मुख्यमन्त्रीले कलाकारका गीत, संगीत सुन्नका लागि जुन समय उपलब्ध गराए, यसले नै लुम्बिनी प्रदेशका मुख्यमन्त्री संगीतप्रेमी रहेछन् भन्ने कुराको थप प्रमाण जुटायो ।
लेखक तथा साहित्यकार डीबी गुरुङले लुम्बिनी प्रदेश सरकारको सय दिनको उल्लेख गर्दै शब्द, रचना गरेका थिए । सरकारले सय दिनमा गरेका र पक्रेको कार्यदिशालाई मध्यनजर गरेर उनले गीतमा सार खिचेका थिए । सुशासनका लागि सरकारले आफ्नो अभियान सञ्चालन गरेको, भ्रष्टाचारलाई न्यूनीकरण गर्न भूमिका निर्वाह गरेको र प्रदेशले कृषि, उद्योग र पर्यटनलाई आधार बनाएर आत्मनिर्भर प्रदेश बनाउने योजना तयार पारेको समेत गीतमा समाविष्ट गरेका छन् । त्यतिमात्र होइन,उनले गीतमा प्रदेश सरकार शिक्षा, स्वास्थ्य र रोजगार उन्मुख हुनुपर्ने र सोही अनुरूप अघि बढ्दै स्थायी र दीगो प्रदेशका लागि अघि बढ्न सन्देश समेत दिएका छन् । चारैतिरबाट प्रदेश चाहिन्न भन्ने कुरा आइरहेको बेला प्रदेशलाई दीगो र स्थायी बनाउँदै जनताको सरकार र दैलोको सरकार प्रदेश सरकार हो भन्ने खालको औचित्यता प्रमाणित गर्नका लागि समेत प्रदेश सरकारलाई घच्घाएका छन् ।
गीतको एउटा अन्तरामा गुरुङले लेख्छन् –
स्वास्थ्य, शिक्षा, रोजगारमा, जनताको सरकार बनोस् ।
प्रदेशलाई दीगो राखी, सधैंभरि अघि बढोस् ।
विकासका अनेकौं विकल्प र सम्भावना रहेको लुम्बिनी प्रदेशले समृद्ध लुम्बिनी : सुखी नागरिकको संकल्प बोेकेको छ । यो उसको नारा हो । यसलाई साकार बनाउन यसले हरप्रयास जारी राखेको छ । ओठेभजन गाएरमात्र समृद्धि नआउने कुरामा मुख्यमन्त्री ढुक्क छन् । त्यसैले उनी प्रदेशको नीति, योजना, कार्यक्रम, कार्ययोजना तयार गरेर कार्यान्वयनको मार्गमा दिनरात नभनी दौडिरहेका छन् । परिणामको खोजीमा छन् । असल कर्मको परिणाम फलदायी हुन्छ भन्नेमा मुख्यमन्त्री अति नै विश्वस्त छन् ।
त्यसैले गीतको अर्को अन्तरामा भनिएको छ –
विकासका छन् यहाँ, अनेक विकल्प
समृद्ध र सुखी नागरिक हाम्रो संकल्प
यही हो नारा हाम्रो
समृद्ध लुम्बिनीः सुखी नागरिक ।
साविकका लुम्बिनी, भेरी र राप्ती अञ्चल जोडिएर बनेको लुम्बिनी प्रदेश सरकारले भाषा, कला, साहित्य, संस्कृतिमार्फत यहाँको एकीकृत भाव र मनोविज्ञानलाई जोड्नका लागि प्रज्ञाप्रतिष्ठान गठन गरी अघि बढ्ने योजना रहेको माननीय मुख्यमन्त्रीले कलाकारहरूलाई जानकारी गराउँदै थिए । त्यसोभन्दा लुम्बिनी वाङ्मय प्रतिष्ठानका केन्द्रीय अध्यक्ष ऋषि आजादले समर्थनको टाउको हल्लाए । उनले मुख्यमन्त्रीलाई धन्यवाद दिदैं प्रज्ञा प्रतिष्ठान गठनका लागि छिट्टै ऐन ल्याउन अनुरोध समेत गरे ।
गीतमा रागश्री संगीतालयका सञ्चालक एवम् विगत ३५ वर्षदेखि गीत, संगीतमा लागिपरेका सुरेश सेञ्चुरीले संगीत भरेका थिए । अनगिन्ती गीतहरूमा संगीत भरेका उनले लुम्बिनी प्रदेश सरकारको सकारात्मक कामको प्रचारका लागि गीत गाउन पाउँदा खुसी लागेको उल्लेख गरे । आफूहरू तटस्थ रहेर गीत, संगीतमार्फत राम्रो कामको बयान गर्न र प्रचार गर्न नचुक्ने बताए । सोही क्रममै युवा साहित्यकार रामचन्द्र श्रेष्ठले भूगोल र भावनालाई समेटिएको गीत रहेको बताउँदै राम्रो कामको प्रचारप्रसारका लागि गीत, संगीतलाई माध्यम बनाउनु उत्तम र आवश्यक रहेको सुनाए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका माननीय एवम् नेकपा एमाले, लुम्बिनी प्रदेश संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठको खास उपस्थिति थियो । उनले कलाकारहरूको कलालाई सम्मानमात्र होइन, जिउन र जाग्न दिनका लागि सरकारको तर्फबाट आवश्यक सहयोग रहने बताए । गीतको सम्पादन, लुम्बिनी प्रदेश सरकार, मुख्यमन्त्री सचिवालयका ग्रामीण विकास विज्ञ युवराज घिमिरेले गरेका थिए । उनले भने– छोटो समयमै लुम्बिनी प्रदेश सरकारले केही जनमुखी र प्रभावकारी काम गर्छ कि भन्ने संकेत देखाएको छ । सुशासनका केही मार्ग कोरेको छ । सरकार अघि जाने बाटो लिइरहेको सबैले आभास गरेका छन् ।
गीतको शीर्षभागमा यसरी भनिएको छ–
समृद्धिको मार्ग देखायो, सुशासनको सन्देशले
अघि जाने बाटो लियो, लुम्बिनी प्रदेशले ।
करिव चार मिनेटको गीत, संगीत र बाँकी १५ मिनेट बुटवल क्षेत्रको साहित्य, कला, संस्कृतिका गतिविधिहरू सुनेपछि कलाकारहरूलाई माननीय मुख्यमन्त्रीले हार्दिकता प्रकट गर्दै धन्यवाद् दिए । कलाकारका हौसलाका लागि आफूसँगै फोटो खिचेर विदा समेत गरे । कलाकारहरूले विदा हुँदै बाहिर निस्केपछि भने–मुख्यमन्त्रीको हार्दिकता र सुन्ने धैर्यताप्रति नतमस्तक छौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?