ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

दुर्गमका अति विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री

१२ मंसिर २०८१, बुधबार
१२ मंसिर २०८१, बुधबार

सल्यान, १२ मंसिर ।

सल्यानको दुर्गम र विकट क्षेत्र शारदा नगरपालिका ९ स्थित भुवनेश्वरी माध्यमिक विद्यालयका जेहेन्दार तथा अति विपन्न बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान गरिएको छ । सल्यान कला साहित्य परिषदले आठौं वार्षिकोत्सवको अवसरमा बुधबार बिद्यालयमै पुगेर न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको हो । कक्षा ६ देखि १० सम्म अध्य्यनरत १२ जना विपन्न विद्यार्थीलाई एक एक जोड न्यानो कपडा हुडि र कक्षा १ देखि ५ सम्म अध्यनरत १५ जना बालबालिकालाइ एक एक दर्जन कापी कलम प्रदान गरिएको हो ।

सल्यान कला साहित्य परिषद सल्यानका अध्यक्ष भरत रोकायको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष हिमेन्द्र बुढाथोकीले यस किसिमको कार्यक्रमले विद्यार्थीको शैक्षिक गतिविधिलाई प्रेरणा संगै विपन्न विद्यार्थीलाई अझ बढी पढ्ने हौसला मिल्ने बताए ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ सल्यानका अध्यक्ष दिपेन्द्र शाहीले सामूहिक प्रयासबाट यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने भन्दै शिक्षा नै विकासको मुख्य आधार भएको उल्लेख गरे ।

सो अवसरमा नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसी, सरस्वती आवि हात्तिढुंगाका प्रधानाध्यापक लक्षिराम बुढा, सामाजिक अभियान्ता ज्ञानेन्द्र पुन लगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण बिद्यालयका प्रधानाध्यापक कर्ण बहादुर बुढाले गरेका थिए ।

बिद्यालयमा २८३ विद्यार्थीले अध्य्यन गर्छन् । यस बिद्यालयमा निकै टाढा टाढाबाट घण्टौं हिडेर विद्यार्थी पढ्नका लागि आउने गरेका छन् । बनगाड कुपिण्डे नगरपालिका १० सादनबासबाट करिव २ घण्टा तथा सानिगारे, बयाले, सिउरे लगायतका ठाउंबाट एक देखि डेढ घण्टा समय लगाएर विद्यार्थी आउनेगरेको बिद्यालयले जनाएको छ ।

बुधबार सल्यान कला साहित्य परिषदद्वारा प्रदान गरिएको सहयोगले विद्यार्थीको शिक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। शिक्षा र बालबालिकाको हितमा गरिएको यस्तो पहलले दुर्गम क्षेत्रमा शिक्षाको विकासमा मद्दत पुग्ने अपेक्षा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?