ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

नेतृत्वबिहीन हुँदा कर्णालीका संसदीय समिति निष्क्रिय

२० कार्तिक २०८१, मंगलवार
२० कार्तिक २०८१, मंगलवार

सुर्खेत, २० कात्तिक ।

कर्णाली प्रदेश सभा अन्तर्गतका संसदीय समिति निष्क्रिय बनेका छन् । समितिहरु नेतृत्वविहीन हुँदा निष्क्रिय भएका हुन् । प्रदेशसभामा चारवटा समितिहरु मध्ये प्रदेश मामिला समिति बाहेक अन्य समिति नेतृत्वविहीन छन् । जसका कारण संसदीय समितिहरु काम गर्न सकिरहेका छैनन् ।

सामाजिक विकास समितिका तत्कालीन सभापति घनश्याम भण्डारी साउन २० मा सामाजिक विकासमन्त्री बनेपछि उक्त समिति पनि सभापतिविहीन छ । असार दोस्रो साता नेकपा एमाले र नेपाली कांग्रेसबिच गठबन्धन बनेपछिको सरकारमा विभिन्न समितिका सदस्य मन्त्री बनेपछि संसदीय समिति समेत पूर्ण बनेका थिएनन् । यद्यपि अहिले दलहरूले सबै समितिमा सदस्यहरूको नाम पठाइसकेको प्रदेश सभा सचिवालयले जनाएको छ । सरकारलाई जवाफदेही बनाउनुको साथै विधि र प्रक्रिया अनुसार काम गर्ने जिम्मेवारी सदनको हुन्छ ।

यस्तै सदन नचलेको बेला सरकारका काम कारबाहीमाथि निगरानी राख्ने, जनचाहना अनुसार काम गर्न सरकारलाई निर्देशन दिने, आवश्यक परे कारबाहीका लागि सिफारिस गर्नु लगायतको प्रमुख कार्य जिम्मेवारी संसदीय समितिले गर्नुपर्ने हुन्छ । तर, लामो समयदेखि समितिहरु नेतृत्वविहीन हुँदा यी कामहरु हुन सकेका छैनन् । संसदीय समितिहरू सक्रिय नहुँदा कतिपय विधेयक लामो समयदेखि समितिमै अड्किएका छन् ।

प्रदेशसभाका चारवटा समिति मध्ये अर्थ तथा प्राकृतिक स्रोत समितिका तत्कालीन सभापति दुर्गबहादुर रावत ०८० वैशाख १८ मा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त भएपछि उक्त समिति नेतृत्वविहीन बनेको छ । यस्तै सार्वजनिक लेखा समितिका सभापति जीतबहादुर मल्लले असोज १५ गते राजीनामा दिइसके । प्रदेश सभा सचिवालयका अनुसार लेखा समिति प्रमुख प्रतिपक्ष दलले पाउने प्रचलन भएकाले नेकपा एमाले सत्तामा आएसँगै उनले राजीनामा दिएका हुन् । प्रदेश मामिला समितिको सभापतिमा भने नेकपा एकीकृत समाजवादीकी सांसद कल्याणी खड्का छिन् ।

लामो समयदेखि समितिका सभापति चयन नहुँदा बैठक बस्न नसकेको प्रदेशसभा सचिवालयका शाखा अधिकृत राजेन्द्र पौडेलले बताए । ‘सभा नचलेको बेला सरकारलाई जिम्मेवार बनाउने जस्ता थुप्रै कामहरु हुनुपर्ने हो त्यो हुन सकेको छैन’ पौडेलले भने, ‘समितिभित्रका पदाधिकारीमध्ये जेष्ठ सदस्यले नेतृत्व गरेर बैठक बसाल्न मिल्ने कानुनी प्रावधान त छ तर, त्यसरी बैठक बसेको अवस्था छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?