ट्रेंडिंग:

>> पैदल यात्रा गरी पर्रोहा बोलबम धाममा जलार्पण >> एमालेमा ७० वर्षे उमेर हद र २ कार्यकाल हटाउने प्रस्ताव पारित >> एक वर्षमा ट्राफिक उल्लंघनबाट १ करोड ४१ लाख राजस्व संकलन >> शितगंगाको डोहोटे क्षेत्रमा नेटवर्क समस्या, आपतकालीन सेवामा असर >> स्थानीय सरकारले फिर्ता पठाए एक अर्व >> तामनगरमा बन्ने भो ७ करोडको अन्तर्राष्ट्रिय ब्याडमिन्टन हल >> बुटवल टुडे मिडिया ग्रुपले बनायो वार्षिक कार्ययोजना >> रगत अभावको बेला संयुक्त रक्तदान, ४३ पिन्ट रगत संकलन >> राहदानी र नागरिकता लिनेको संख्या घट्यो, प्रतिलिपि लिने बढे >> बुटवल कोरा २०२५ सम्पन्न >> यस्तो छ ‘द एक्सपर्ट एज ग्लोबल एजुकेशन एक्स्पो’ को तयारी, बुटवलमा सरसफाई >> संचार उद्दमी हेमराज धितालका हत्यारालाई कारबाहीको माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण >> ट्रम्प भन्छन् : ‘मैले युद्ध रोकेको हुँ, पाँच जेट खसेका थिए’ >> कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ >> अब बेलायतमा १६ बर्षिया किशोर किशोरीले पनि मतदान गर्न पाउने >> सुठौलीमा उठ्यो लक्ष्य भन्दा बढी राजश्व  >> साउनमा ३० दिन रक्सी छाडनुहोस्, चमात्कार अनुभव गर्नुहोस् >> सडक निर्माण गति दैनिक २.५५ किलोमिटर, दाउन्ने बाहेक क्षेत्रको प्रगति राम्रो  >> एमाले पोलिटब्युरो बैठक दोस्रो दिन पनि जारी, विधान संशोधनको बहस तिव्र >> नागढुङ्गा–मुग्लिन सडकखण्डमा तीव्रगतिमा निर्माण र पहिरो रोकथामको काम चल्दै >> दूध र खसी बेचेको आम्दानी सात करोड >> रगतको अभाव बढ्दो  >> पर्या निबन्धको चर्चा >> दाङमा सवारी दुर्घटना हुँदा ४३ वर्षीय पुरुषको मृत्यु >> सामाजिक सञ्जाल टेलिग्राम एप सञ्चालनमा रोक >> एमाले पोलिटब्यूरो बैठक आज पनि: विधान मस्यौदामाथि छलफल हुने  >> २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपः आज नेपाल र भूटान भिड्दै >> किसानमा खुसी थप्दै प्रयोगशाला >> सौर्य एयरलाइन्सको जहाज दुर्घटना प्रतिवेदन: पाइलटको कमजोरीले दुर्घटना >> बन्दुक बिसाएर कोदालो क्रान्तिमा ‘विप्लव’ >> मनसुनी वायुको प्रभाव देशभर : यी प्रदेशमा वर्षाको सम्भावना >> कान्तिमा कक्षा ११ मा नवआगन्तुक विद्यार्थीहरुका लागि अभिमुखीकरण >> डिङ्गरनगर दूरगामी सहकारीः सञ्चालकहरुविरुद्ध पक्राउ पुर्जी >> प्रचण्डको चेतावनी: आवश्यक परे सडक संघर्षमा जान तयार >> राप्रपा उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त >> २०४६ पछिका नेताको सम्पत्तिमा अनुसन्धान होस् : राप्रपाको माग >> एमाले पोलिटब्युरो बैठक सुरु >> आइतबारदेखि तीन दिनसम्म भारी वर्षाको सम्भावना >> इरानबाट ६ महिनामा १४ लाख अफगानी निकालिए >> मुलुकमा शान्ति सुरक्षाको अवस्था अहिले अनुकुल छ: गृहमन्त्री लेखक >> पर्यटन बोर्डले अन्तर्राष्ट्रिय प्रवर्द्धनमा बजेटको ७० प्रतिशत विनियोजन गर्ने >> रुकुम पश्चिममा जिप दुर्घटना, सात घाइते >> प्रधानमन्त्री ओली तुर्कमेनिस्तान जाने तयारीमा >> आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन >> नवलपरासीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु >> दिल्लीका २० विद्यालयलाई बम विस्फोटको धम्की: प्रहरी र सुरक्षा टोली सक्रिय >> चैतसम्म ५० प्रतिशत खर्च नगरे सरकारी निकायको भुक्तानी अवरुद्ध हुने >> आज सुन र चाँदीको मूल्यमा नयाँ उचाइ, मूल्य वृद्धिमा निरन्तरता >> ग्रामीण विकास लघुवित्तको दशौं साधारण सभा सम्पन्न, मर्जर प्रक्रिया र मिडियामा आएका भ्रमप्रति संस्थाको खण्डन >> कमैया मुक्ति घोषणाको २५ वर्ष: पुनर्स्थापनाको काम अझै अधुरो

लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत

११ श्रावण २०८१, शुक्रबार
११ श्रावण २०८१, शुक्रबार

लुम्बिनी, ११ साउन ।

बुद्धजन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ता व अस्वीकृत भएको छ । भारतको नयाँदिल्लीमा जुलाई २१ देखि जारी विश्व सम्पदा समिति (यूनेस्को वल्र्ड हेरिटेज कमिटि) को ४६ औं सेसन अन्तर्गत विहीबार भएको मस्यौदा उपर छलफल गरी लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय भएको हो ।

वल्र्ड हेरिटेज कमिटिका २१ देश मध्ये भारत सहित १९ देशका प्रतिनिधिले बुद्धजन्मस्थल लुम्बिनी विश्वकै अनुपम महत्वको स्थल भएकाले नेपाललाई सुधारका लागि समय दिनुपर्ने भन्दै खतराको सूचीमा नराख्ने पक्षमा उभिएका हुन् । बैठकमा लुम्बिनीलाई खतराको सूचीको मस्यौदा उपर भारतले संशोधन प्रस्ताव राखेको र संशोधन प्रस्तावको पक्षमा २१ मध्ये १९ राष्ट्रहरू उभिएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

युनेस्कोले विगतदेखि नै लुम्बिनीमा सम्पदा संरक्षण विपरीतका गतिविधि र पूर्वारधार निर्माण भएको भन्दै खतराको सूचीमा राख्ने चेतावनी दिदैं आएको थियो । विश्व सम्पदा समितिको सचिवालयले लुम्बिनीलाई खतराको सूचीमा राख्ने मस्यौदा तयार गरेपछि संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, लुम्बिनी विकास कोषका अधिकारीहरूले कुटनितिक पहल गरेका थिए । लुम्बिनीलाई खतराको सूचीमा नराख्न कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाको नेतृत्वमा मन्त्रालयका सचिव डा. गणेश पाण्डेय, भारतका लागि नेपाली राजदुत डा. शंकर शर्मा यूनेस्को तथा फ्रान्सका लागि नेपाली राजदुत सुधिर भट्टराई लगायतले कुटनीतिक पहल गरेका थिए ।

संस्कृति मन्त्रालय, पुरातत्व विभाग, भारतका लागि नेपाली राजदुत, पेरिसस्थित राजदूत र लुम्बिनी विकास कोषले लुम्बिनीका बारेमा सकारात्मक निर्णय भएको लुम्बिनी विकास कोषका बरिष्ठ निर्देशक ज्ञानिन राईले बताए ।
यूनेस्कोले सम्पदास्थलमा मापदण्ड ५ हजार क्षमताको ध्यानकेन्द्र निर्माण, मायादेवी मन्दिर जीर्ण हुँदा पानी चुहिने तथा परिसरमा अनुमती विना संरचना निर्माण गरेको लगायतका बिषयमा प्रश्न उठाएको थियो । विगतदेखि नै सम्पदा संरक्षण विपरितको कार्य हुँदै आएको भन्दै यूनेस्कोले सचेत गराउँदै आएको थियो । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी सन् १९९७ मा यूनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत भएको सम्पदा स्थल हो ।

भारत सरकारको संस्कृती मन्त्रालयको आयोजनामा २१ जुलाईदेखि ३१ सम्म चल्ने विश्व सम्पदा कमिटिको बैठकमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, कोषाध्यक्ष ढुण्डिराज भट्टराई, संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सचिव डा. गणेश पाण्डेय, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गा, मन्त्रालयका सहसचिव सुरेश सुरस श्रेष्ठ, कोषका सदस्य सचिव सानुराजा शाक्य, बरिष्ठ निर्देशक ज्ञानिन राई, बरिष्ठ पुरातत्व अधिकृत हिमाल कुमार उप्रेती सहभागी छन् । बैठकमा यूनेस्कोले उठाउँदै आएको सम्पदा संरक्षण मापदण्ड कार्यान्वयन, सम्पदा प्रभाव मूल्यांकन लगायतका सुझाव नेपालले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?