ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

गैंडहवाले ल्यायो ६३ करोड ३८ लाखको बजेटः तालको सौन्दर्यीकरणदेखि होमस्टे सम्मका योजना

८ असार २०८१, शनिबार
८ असार २०८१, शनिबार

गैंडहवा, ८ असार ।

रुपन्देहीको गैडहवा गाउंपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि ६३ करोड ३८ लाखको बजेट ल्याएको छ । शुक्रबार गैंडहवाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो ।

१४औँ गाउँसभामा पालिका अध्यक्ष सुरेन्द्र पौडेलले नीति तथा कार्यक्रम र उपाध्यक्ष माधुरी जैसवालले आय व्यय विवरण प्रस्तुत गरेका हुन् । गाउँपालिकाका अध्यक्ष पौड्यालले नीति तथा कार्यक्रम पूर्वाधार तथा मानवीय विकास केन्दित भएको बताएका छन् ।

चुनावको बेला घोषणा पत्रमा उल्लेख गरिएका जनताका आवश्यकता र माग अनुसार कृषि, पर्यटन, पुर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली लगायत आधारभूत क्षेत्रलाई महत्व दिईएको प्रस्तुत नीति तथा कार्यक्रम मार्फत अध्यक्ष पौड्यालले उल्लेख गरेका छन् । पर्यटन तथा आर्थिक विकास तर्फ गैडहवा ताल सौन्दर्यीकरण तथा होम स्टे सञ्चालन गरिने भएको छ । शिक्षातर्फ शिक्षाको गुणस्तर वृद्धि गरी पूर्वाधार विकासमा टेवा दिने कार्यक्रम ल्याउने भनिएको छ । पालिकालाई नमुना पालिका बनाई जनप्रतिनिधि र कर्मचारी सदैब जनमैत्री भएर सेवा गर्ने भावनालाई जागृत गरिएको छ । कृषि क्षेत्रलाई बजारीकरण, आधुनिकरण यान्त्रीकरण गरिने भएको छ । सुकुम्बासी समस्या समाधान गर्नका लागि आवश्यक पहल गरिने जनाइएको छ ।

गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष माधुरी जैसवालले आगामी वर्ष २०८१÷०८२ का लागि रु.६३ करोड ३८ लाख १८ हजारको बजेट प्रस्तुत गरेकी छन् । जसमा चालु तर्फ रु.३६ करोड ६४ लाख ६८ हजार र पुँजीगत तर्फ २६ करोड ७३ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ । विनियोजित बजेटमा गाउँपालिकाबाट रु.३७ करोड ८ लाख ४५ हजार र संघीय हस्तान्तरित कार्यक्रम सञ्चालनका लागि रु.२ करोड ६० लाख व्यवस्था गरिएको छ ।

गाउँपालिकाले नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान रु.१३ करोड ७० लाख, सर्शत अनुदान संघीय रु २३ करोड ६९ लाख ७३ हजार, मूल्य अभिवृद्धि तथा अन्त शुल्क बापत राजश्व बाँडफाँड रु.१२ करोड २० लाख तथा प्रदेश सरकारबाट वित्तिय समानिकरण रु ९५ लाख ६३ हजार, सशर्त अनुदान रु.९० लाख समपुरक अनुदान रु.७० लाख र राजश्व बाँडफाँड बापत प्रदेश सरकारबाट प्राप्त हुने आय रु.५० लाख ९४ हजार, नवप्रवद्र्धनका लागि रु.९९ लाख ४० हजार आय हुने प्रक्षेपण गरेको छ ।

गाउँपालिकाले शैक्षिक कार्यक्रम अन्तर्गत सुर्यपुरा बहुमुखी क्याम्पसको भवन निर्माणका लागि रु.१ करोड ५० लाख रकम विनियोजन गरेको छ । पालिका भित्र छाडा चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण तथा सुदृढीकरणका लागि रु.२५ लाख, मृगौला प्रात्यारोपण गरेका, डाईलासिस गराईरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीहरुलाई औषधी उपचारका लागि खर्च वापत मासिक रु.५ हजार उपलब्ध गराउने भएको छ ।

यस्तै,चैते धान प्रवद्र्धन र खाद्यान्न बालीको उन्नतका लागि रु.१२ लाख ३० हजार विनियोजन भएको छ । सुर्यपुरा बजारमा बाटो तथा नाली व्यवस्थापनका लागि रु.१ करोड ४० लाख, मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत गैडहवा ताल सौन्दर्यीकरण तथा होमस्टे सञ्चालनका लागि रु.१ करोड ४२ लाख, गैडहवा गाउँपालिका वडा नं.६ मा शवदहन निर्माणका लागि रु.५० लाख विनियोजन भएको छ । पालिकाहरुको साझेदारीमा खरिद गरिएका बारुण यन्त्र सञ्चालनका लागि बजेट व्यस्थापन भएको छ । गाउँपालिकाले विविध शीर्षकमा बजेट व्यवस्थापन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?