ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

प्रदेश सरकारले बजेट नदिंदा लुम्बिनी प्रादेशिक अस्पताल आर्थिक संकटमा

१९ जेष्ठ २०८०, शुक्रबार
१९ जेष्ठ २०८०, शुक्रबार

बुटवल, १९ जेठ ।

आन्तरिक आम्दानीको स्रोत बन्द हुँदा लुम्बिनी प्रादेशिक अस्पताल आर्थिक संकटमा पर्न थालेको छ । पहिले सटर भाडाबाट वार्षिक १२ करोड स्थायी आम्दानी गर्दै आएको अस्पताललाई लुम्बिनी प्रदेश सरकारले सो रकम बराबरको सोधभर्ना नगर्दा र अन्य बजेटको समेत व्यवस्था नगर्दा अस्पताल आर्थिक संकटमा पर्न थालेको हो ।

यस क्षेत्रको पुरानो र ठुलो अस्पतालको रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल आर्थिकसमस्यामा पर्न थालेपछि अव कसरी अगाडि बढ्ने भन्ने विषयमा अस्पताल विकास समितिले चिकित्सक र कर्मचारीहरुसँग छलफल गरेको छ ।

अस्पतालमा अहिले आन्तरिक स्रोतको अभाव हुँदा कर्मचारीलाई तलब खुवाउन समेत समस्या भएको अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले बताए । लुम्बिनी प्रदेश सरकारले सटरमा डोजर चलाएर भत्काएपछि आन्तरिक आम्दानीको स्रोत बन्द भएको हो ।

सरकारले सस्तो लोकप्रियताको लागि अस्पपतालबाट हरेक महिना आउने करोडौ रुपैयाँ गुमाएको छ भने अर्को तर्फ ओपिडी टिकट समेत निःशुल्क बनाउँदा थप मारमा अस्पताल परेको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको सेवा प्रवाह र विकासको सन्दर्भमा आयोजित छलफल कार्यक्रममा बोल्ने अधिकांश विज्ञहरुहरुले अस्पतालमा गुरुयोजना मात्र बनाउने तर कार्यान्वयन नगर्ने समस्याका कारण अस्पतालमा आर्थिक श्रोत अभाब भएको बताएका छन् ।

अस्पतालका प्रमुख प्रशासकीय अधिकृत राजन केसीका अनुसार छलफलमा बोल्ने वक्ताहरुले प्रदेश सरकारले नियमित आम्दानी भैरहेको अस्पतालका सटर हटाएर खाली गराएपछि अस्पतालको आम्दानी सुनिश्चित नभएको बताएका छन् ।

अस्पतालमा कार्यरत डा. पुष्पराज जोशीले प्रदेश सरकारले एक बर्षमात्र १० करोड सोध भर्ना गरेको, त्यसपछि भने केही नगरेको खाली कुरा मात्र गरेको कारण अस्पतालमा श्रोत अभाव रहेको बताए । उनले भने–“कुरा ठुला गर्ने काम भने कीिह नगर्ने नेताको कारण अस्पतामा समस्या आएको हो ।” विगतमा प्रदेश सरकारले अस्पतालको सटर भत्काएपछि २ वर्षसम्म अनुदान दिए पनि त्यसपछि अनुदान दिएको छैन । गत वर्ष सरकारले लागु गरेको नीति तथा कार्यक्रमअन्तर्गत जनरल बेड र ओपिडी टिकट निःशुल्क गर्ने भनेर घोषणा गरेअनुसार सेवालाई कार्यान्वयन गर्दा अहिले अनुदान थोरै परेका कारण पनि अस्पताललाई आर्थिक भार परेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले अस्पतालमा वेड, टिकट लगायतका धेरै सेवाहरु निःशुल्क रहेको, तर श्रोत नहुँदा कसरी निःशुल्क गर्ने भन्ने प्रश्न उब्जिएको बताए । प्रदेश सरकारले आफुले गरेको बजेट सुनिश्चतालाई निरन्तरता दिनु पर्ने उनले बताए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापा क्षेत्रीका अनुसार अस्पतालमा अहिले क्याथल्याव मेसीन छ तर त्यसलाई चलाउने चिकित्सक छैनन् । उनले भने–“आँखा उपचारको लागि चिकित्सक छन्, तर उपकरण छैन । यी मात्र होईन अस्पतालमा कर्मचारीको समेत अभाव रहेको छ ।”

उनले अस्पतालमा कर्मचारीलाई तलब खुवाउन बजेट अभाव रहेको बताए । “हामीले प्रदेश सरकारलाई पटक पटक भन्यौ अहिले सम्म हाम्रो कुरा सुनाई भएन”–उनले भने । अस्पतालमा अहिले ८ सय बढी बढी कर्मचारी कार्यरत रहेका छन् भने दैनिक १४ सय भन्दा बढी बिरामीले सेवा लिने गरेको अस्पतालको तथ्याङ्कमा रहेको अस्पतालका शाखा अधिकृत राजन केसीले बताए ।

अहिले अस्पतालमा सेवा बढेको छ भने आईसियु सेवा सञ्चालनमा रहेको छ । तर १० करोडको क्याथ ल्याब अस्पतालमा आए पनि ५ महिनादेखि विशेषज्ञ डाक्टरको अभावमा क्याथ ल्याब सञ्चालनमा आएको छैन । त्यस्तै गरी अस्पतालमा आँखाको विशेषज्ञ डाक्टर पठाए पनि मेसिनरी औजारहरु आएको छैन । त्यस्तै सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई ३ सय बेडको स्वीकृत दिए पनि अहिले ५ सय बेड नाघिसकेको छ । जसले गर्दा अस्पतालभित्रको सीमित स्रोतले थेग्न कठिन भएको छ ।

सरकारले अस्पताललाई दिने अनुदानको कार्यान्वयनमा तदारुकताका साथ चासो नदिँदा कोभिडपछिको अवस्थामा भन्दा अहिले आर्थिक दायरा खुम्चिँदै गएको छ । यस प्रकारका चुनौतीहरुका बीच नेतृत्वमा आएका अस्पतालका अध्यक्ष श्रेष्ठले अस्पतालका मेसु, प्रशासन, कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताललाई सहयोग गर्न चाहने विभिन्न व्यक्तिहरुसँग परामर्श गरी अस्पतालले दिने सेवालाई यथासम्भव चुस्त बनाउन कोसिस गरिएको बताए ।

त्यस्तैगरी अस्पतालका मेसु सुदर्शन थापा क्षेत्रीले बिरामीहरुको अधिक चाप र अस्पतालको सीमित साधन र स्रोतलाई ध्यानमा राखी चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, संघ, प्रदेश र स्थानीय तहका सरकारहरुको सहयोगमा आम जनतालाई स्वास्थ्य सेवा दिने कुरामा आफू प्रतिबद्ध रहेको बताए ।

छलफलमा उपस्थित विभागीय प्रमुख, शाखा प्रमुख, वार्ड इन्चार्जलगायतले अस्पतालको स्रोत खुम्चिँदै गएको र सरकारले अस्पतालको सेवा प्रवाहमा विशेष चासो नदिएकोमा चिन्ता व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?