ट्रेंडिंग:

>> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि
रोटरीको बैठकमा डा. अरुण ज्ञवाली

ग्यास्ट्रिकका बिरामीलाई सुझावः ५० वर्ष माथिकाले अनिवार्य इण्डोस्कोपी गराउनुस्

१३ जेष्ठ २०८०, शनिबार
१३ जेष्ठ २०८०, शनिबार

बुटवल, १३ जेठ ।

वरिष्ठ पेट, आन्द्रा तथा कलेजो रोग विशेषज्ञ डा. अरुण ज्ञवालीले ५० वर्ष उमेरमाथिका ग्याष्ट्रिकका बिरामीले अनिवार्य इण्डोस्कोपी गर्न सुझाव दिएका छन् । समयमै इण्डोस्कोपी गरिएन र रोग पत्ता लागेन भने त्यसले भविष्यमा क्यान्सर निम्त्याउन सक्ने पनि उनले बताए ।

रोटरी क्लव अफ बुटवलको १४ सय ६३ औं नियमित बैठकमा शनिबार गेष्ट स्पिकरको रुपमा सहभागी डा. ज्ञवालीले यस्तो सुझाव दिएका हुन् । खानपानले मात्र ग्यास्ट्रिक हुन्छ भन्ने भ्रम धेरैमा रहेको भन्दै उनले ब्याक्टेरिया वा तिनले उत्पादन गर्ने विषाक्त पदार्थ, टक्सिन औषधी सेवन जस्ता विभिन्न वस्तुको प्रतिक्रियाका कारण यो समस्या हुने बताए । हेलीकोब्याक्टर पाइलोरी भन्ने ब्याक्टेरिया ग्यास्ट्रिक गराउने महत्वपूर्ण कारण भएको उनले बताए ।

त्यस्तै उनले मदिरा सेवन भन्दा पनि मोटोपनाले कलेजोमा असर गर्ने भन्दै नियमित शारीरिक व्यायाममा ध्यान दिन पनि आग्रह गरे । मदिराको अत्यधिक सेवनले पाचन प्रक्रियासँग सम्बन्धित कलेजो र प्याङक्रियाजमा असर गर्ने र लिभर सिरोसिस, लिभर क्यान्सर, प्याङक्रियाजको क्यान्सर जस्ता रोगहरु लाग्न सक्ने पनि डा. ज्ञवालीले बताए ।

त्यस्तै उनले हेपाटाइटिस “बी“ कलेजोलाई असर गर्ने रोग भएको र समयमै यसको पहिचान गरेर उपचार गरिएन भने सिरोसिस र कलेजोको क्यान्सर जस्ता घातक रोग पनि निम्त्याउन सक्ने उनले बताए ।

उनले आफू शिक्षण अस्पताल महाराजगन्छ छाडेर लुम्बिनी प्रादेशिक अस्पतालमा यस क्षेत्रका बिरामीलाई सेव ागर्नका लागि आएको भन्दै पेट, आन्द्रा तथा कलेजो सम्बन्धी सम्पूर्ण रोगको उपचार अव यहींबाट सम्भव भएको बताए । यसका लागि आवश्यक उपकरण पनि आइसकेको डा. ज्ञवालीले जानकारी दिए ।

त्यस अवसरमा रोटरी क्लव अफ बुटवलका पुर्व अध्यक्षहरु महेन्द्र श्रेष्ठ, आमोद श्रेष्ठ, डिल्लीकुमार श्रेष्ठ, पुर्वअध्यक्ष एवं एजी पुरनप्रसाद श्रेष्ठ, रोटरीयन मणिरत्न पाण्डे, भीमलाल सापकोटा, रोट¥याक्ट क्लव अफ लुम्बिनी बाणिज्य क्याम्पसका अध्यक्ष रिषी पाण्डेलगायतले विभिन्न जिज्ञासा राखेका थिए ।

बैठकमा क्लवका अध्यक्ष बोनिन पियाले क्लवले वर्ष २०२२÷२३ मा भए गरेका कार्यक्रमहरु र अव कार्यकालको बाँकी अवधिमा गर्नुपर्ने कामका बारेमा जानकारी गराएका थिए । त्यस्तै सचिव लालहरि पाण्डेले अघिल्लो बैठकका निर्णयहरुबारे जानकारी गराएका थिए । बैठकमा रोटरीयहरु त्रिभुवन श्रेष्ठ, लेखनाथ पोखरेललगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?