ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

लुम्बिनी घोषणापत्र जारी गर्दै सकियाे अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट

३० बैशाख २०८०, शनिबार
३० बैशाख २०८०, शनिबार

बुटवल, ३० वैशाख ।

सात बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट –२०२३ तथा बिमस्टेकको रजत जयन्ती समारोह सम्पन्न भएको छ ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना, नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल (नाट्टा) को संयोजन तथा लुम्बिनी विकास कोष,नेपाल वायुसेवा निगमको सहकार्य एवं अन्य संघ संस्थाहरुको सहयोगमा लुम्बिनीमा मार्टको दोस्रो संस्करण आयोजना गरिएको थियो ।

सन् २०२४ को मार्च २४ मा तेस्रो अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट आयोजना गर्ने लुम्बिनी घोषणा पत्र सार्वजनिक गर्दै मार्ट सम्पन्न भएको हो । सात बुँदे घोषणापत्रमा लुम्बिनी, भगवान बुद्ध (शाक्यमुनि) को जन्मस्थल र शान्तिको मुहानलाई बौद्ध परिक्रमाको सुरुवात बिन्दु र शान्ति गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने, लुम्बिनी र अन्य बौद्ध स्थलहरूमा पर्यटकको बसाइ विस्तार गर्न विभिन्न गतिविधिहरू सहितको साझा प्याकेज विकास गर्ने, पर्यटकहरूलाई अन्तरराष्ट्रिय नेटवर्किङ र संलग्न गतिविधिहरूलाई प्राथमिकता दिने उल्लेख छ ।

यस्तै बुद्धसँग सम्बन्धित क्षेत्रका चार प्रमुख पवित्र स्थलहरु लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगरको बौद्ध सर्किटलाई अन्य बौद्ध स्थलहरूमा विस्तार गर्ने, प्रवर्द्धनको लागि साझा कथाहरू/कथाहरू विकास गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्य अन्तर्राष्ट्रिय गन्तव्यहरूमा कनेक्टिभिटीको प्रवर्द्धन र विस्तार गर्ने लगायतका विषयहरु समेटिएका छन् ।

मार्टले अन्तर्राष्ट्रिय क्षेत्रमा बौद्ध पर्यटन, उत्पादन र गतिविधिहरूको विकास, ब्रान्ड र प्रदर्शन गर्ने वार्षिक कार्यक्रमको रूपमा स्थापित हुने विश्वास गरिएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा। धनन्जय रग्मीले बताए । उनले मार्टमा सहभागी विभिन्न देश तथा क्रेता र बिक्रेताहरुको उपस्थितीले लुम्बिनीको पर्यटनलाई थप चलायमान बनाउने समेत बताए ।

‘लुम्बिनी आफैमा बुद्ध पर्यटनको केन्द्र हो । मार्टले कोभिड पछि सिथिल भएको पर्यटनलाई पुर्नजागृत गर्न र लुम्बिनीको महत्वलाई थप गजागर गर्न सहयोग पुग्ने हाम्रा् अपेक्षा छ । ’ उनले भने । लुिम्बनी विश्वविद्यालयमा डीन डा. मानिकरत्न शाक्यले लुम्बिनीमा आउने योजना गरिएको अन्तरारष्ट्रिय मार्टले यस बुद्ध दर्शन तथा यस क्षेत्रको प्रचारमा थप सहयोग पुग्ने बताए ।

कार्यक्रम समापनका अवसरमा पर्यटन विज्ञ प्रा.डा. हिमलाल घिमिरे, नाट्टाका अध्यक्ष रमेश थापा, वरिष्ठ उपाध्यक्ष प्रमोद दाहाल लगायतले मार्ट नेपालको बुद्ध पर्यटनका लागि एउटा महत्वपूर्ण प्रडक्टका रुपमा सवकास हँदै गइरहको र यसले नेपालको समग्र पर्यटन चलायमान बनाउने बताए । मार्टका अवसरका विभिन्न क्षेत्रका बौद्ध स्कलरहरुले बुद्ध दर्शन,बुद्ध पर्यटन बुद्धमार्गी देशहरुसँगको सहकार्य लगायका विभिन्न विषयमा सेशेनहरु सञ्चालन भएका थिए ।

मार्टको विहिबार लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय अवधेश कुमार त्रिपाठीले उद्घाटन गरे । मार्टमा नेपाल सहित भारत, मलेसिया, चीन, कोरिया, बंगलादेश, म्यानमार, थाइल्याण्ड, श्रीलंका लगायत देशहरूबाट २८ वटा ट्राभल/टूर कम्पनीहरु सहभागी रहेको नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट टीपी भुसालले जानकारी दिए ।

मार्टमा विदेशी ट्राभल/टूर कम्पनीका प्रतिनिधीहरु, नेपाल सरकारका प्रतिनिधीहरु, नेपाल पर्यटन वोर्डका अधिकारीहरु, नाटा सदस्य कम्पनी पर्यटन सम्बद्ध संघ/संस्थाका अध्यक्ष एवं प्रतिनिधीहरुको सहभागिता रहेको र सो अवसरमा अवसरमा स्वदेशी तथा विदेशी विज्ञहरुद्वारा बुद्ध धर्म, बुद्धिष्ट पर्यटन लगायतका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिएको भुसालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?