ट्रेंडिंग:

>> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग

शिक्षकलाई कला शिक्षण तालिम

२३ बैशाख २०८०, शनिबार
२३ बैशाख २०८०, शनिबार

बुटवल, २३ वैशाख ।

सामुदायिक विद्यालयको शिक्षण सिकाई सुधार गर्ने उद्देश्यका साथ तिलोत्तमा नगरपालिकामा शिक्षकहरुलाई एक हप्ते सामाजिक तथा सृजनात्मक कला शिक्षणमा लोक बाजा, लोक गित, तथा चित्रकला सम्बन्धी आधारभुत सिपमा आधारित प्रशिक्षण कार्यक्रम शुरु गरिएको छ ।

आधुनिक प्रविधिको विकाससंगै बालबालिकाहरुमा शैक्षिक सिकाई कमजोर भएको भन्दै शिक्षकहरुलाई कलामार्फत शिक्षण विकास गराउन थालिएको हो । तिलोत्तमा नगरपालिकाको आयोजनामा साधना सास्कृतिक कला केन्द्रको ब्यवस्थापनमा नगरभित्र रहेका सामुदायिक विद्यालयका शिक्षकहरुलाई कलासंस्कृतिलाई शैक्षिक पाठ्यक्रमसंग जोड्ने गरी
तालिम शुरु गरिएको साधना सास्कृतिक कला केन्द्रका ब्यवस्थापक प्रियंका थापाले बताईन् । कार्यक्रमबाट कलासंस्कृतिको संरक्षणसंगै शिक्षक, विद्यार्थीहरुलाई सिकाईमा सहयोग मिल्ने उनले दाबी गरिन् ।

‘झिकाउ, टिकाउ, सिकाउ विद्यालय शैक्षिक सुधार कार्यक्रम, हाम्रो अभियान’ नारासहित तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरीदेवि चौधरीले सहभागी शिक्षकलाई मादल हस्तान्तरण गरी कार्यक्रमको उदघाटन गर्दै नगरभित्रका विद्यालयको शैक्षिक विकास र विद्यार्थीहरुको सिकाई बढाउन तालिम फलदायी हुने दाबी गरिन् । ‘अहिले हाम्रो लोकसंस्कृति धरासायी हुदैछ’– उनले भनिन । यो संरक्षण गर्ने अभिभारा हाम्रो काधमा आएको उनले बताईन् । सामुदायिक विद्यालयहरुको शैक्षिक सुधार गर्न नगरपालिकाबाट निरन्तर नया कार्यक्रमहरु चलाएको दाबी गर्दै उनले आगामी दिनहरुमा नीजि विद्यालयलाई समेत समेट्ने बताईन् । गितसंगितको माध्यमबाट सिकाई गर्ने र कलासंस्कृति जगेर्ना हुने रुपमा कार्यक्रम गरिएको उनले बताईन ।

कार्यक्रममा ज्ञानकुन्ज पाठशालाका प्राचार्य चन्द्र अधिकारीले विद्यालयमा भाषालाई जटिल बनाउने काम गरिदा बालबालिकामा सिकाई क्षमता घट्दै गएको बताए । नेपाल बहुभाषा, बहु सास्कृतिक संस्कृतिले भरिएको हुँदा यहाँ शिक्षामा संस्कृति जोडिनुपर्छ । कला संस्कारलाई शैक्षिक पाठयक्रममा जोड्न सकेमात्र बालबालिकाहरुमा सिकाई सरलता आउने उनले बताए । कक्षा १,२ र ३ को पाठ्यक्रम ईन्ट्रिग्रेटेड भनेको भएपनि वास्तवमा यो सेमी ईन्ट्रिग्रेटेड पाठ्यक्रम भएको उनले दाबी गरे। बालबालिकाहरुलाई गितमा आधारित भएर पढाउदा चाडो सिक्ने उदाहरण दिदै उनले यस्तो कक्षा कोठा अन्तरसम्बादमुलक हुने उनले दाबी गरे । ‘हामीले पढाईरहेको तरिकालाई परिवर्तन गर्न जरुरी छ ।’–उनले भने ।
कक्षा कोठामा हल्ला नआउनेभन्दा पनि रमाइलो वातावरणमा सीप सिकाई विधिमा लैजानुपर्ने उनले बताए । शिक्षक र विद्यार्थीबिचमा नैतिक डर बाहेक अन्य डर नभए सिकाउ प्रभावकारी हुने उनले बताए ।

तालिममा लोक नृत्य अनुसन्धानकर्ता राम थापा (रोचक), राष्ट्रिय नाचघरका निवर्तमान महाप्रबन्धक राजेश थापाले सहजिकरण गर्ने छन। यसैगरि नृत्यमा अनु रजक, मुकेश गुरुङ, प्रितम राना र रोशन गुरुङले चित्रकला, गायन र बाद्यवादन ईन्द्र बहादुर बिश्वकर्मा, हिमाल थापा, पुनम थापाले पाठ्यक्रममा आधारित शिक्षकहरुलाई ७ दिनको तालिम दिनेछन । तिलोत्तमा नगरपालिकाका ४२ विद्यालयका शिक्षकहरु सहभागी रहेको साधना सास्कृतिक कलाकेन्द्रका ब्यवस्थापक प्रियंका थापाले बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?