ट्रेंडिंग:

>> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु
कला वार्ता

समुदायलाई आईटी प्रविधिसँग जोड्ने सोंच छ

१६ चैत्र २०७९, बिहीबार
१६ चैत्र २०७९, बिहीबार

बुटवलकी ममता घिमिरे मिस वेष्ट्रन नेपाल २०२३ को बिजेता बन्दै मिस नेपाल २०२३ मा प्रतिस्पर्धा गर्ने २५ जना प्रतियोगीमा पर्न सफल भएकी छिन । शनिबार भएको फिनालेमा अन्तिम ९ मध्येबाट उत्कृष्ट बन्दै उनी मिस बेष्ट्रनको ताज पहिरेकी हुन । जेठ १३ गते काठमाडौमा हुने फिनालेमा २५ जना प्रतिस्प्रधीमध्येकी उनी यस क्षेत्रकी दाबेदार हुन । अर्घाखाँची स्थाई घर भई बुटवल कालिकानगरमै जन्मेकी उनी सानैदेखि नृत्य, गाउनमा रुचि राख्थिन । कलेजमा गरिएको कार्यक्रमबाट तालिम लिएर धेरै सिक्ने अवसर पाईन। अवसर आयो र भाग्य जुरेर प्रतियोगितामा भाग लिई आफ्नो मेहनतबाट विजेता हुन सफल भईन । बुटवल पब्लिकमा विद्यालय शिक्षा, तिलोत्तमा कलेजमा प्लस टु गरेकी हुन । आईएमएमटी कलेज योगीकुटीमा ब्याचलर पहिलो वर्षमा अध्ययरत घिमिरे यो अवसर प्लेटफर्मका रूपमा लिएकी छिन। काठमाडौमा हुने फिनालेको लागि प्रतिस्पर्धीहरूलाई तयारी तालिमहरू चलिरहेको छ । बुबाआमा, दिदी र भाइ गरि पाँच जनाको परिवार छन । उनै मिस बेष्ट्रन नेपाल २०२३ ममता घिमिरेसंग बुटवल टुडेकर्मी स्वस्तिक श्रेष्ठले गरेको कुराकानीको अंश ।

मिस नेपाल २०२३ मा प्रतिस्पर्धा गर्न जाँदै हुनुहुन्छ, तयारी कस्तो छ ?
मिस बेष्ट्रन नेपाल २०२३ उपाधि जित्नुुभन्दा अघि दिईएको १६ दिनको तालिम मेरो लागि धेरै सिकाई भयो । यसका साथै थप ज्ञानहरू यु ट्युब सर्च गर्ने तथा पुस्तकहरू पढ्ने गरेको छु । समुदायमा महिलाहरूमा संख्यामा बढि भएपनि नेतृत्वमा पछि परेको छ । म महिलाको एक प्रतिनिधि बनेर समाजमा अगाडि उभिएको छु । यो ठूलो अभिभाराको रूपमा लिएको छु । यसका साथै कलेजको पढाइ समेत ब्यवस्थापन गरेको छु । आफूमाथि जिम्मेवारी बढेको अनुभव भएको छ । परिवारबाट सहयोग मिलेको छ ।

विजेता भएर ताज पहिरिदा हुँदा कस्तो अनुभव भयो ?
पक्कै पनि पहिलोपटक ठूलो उपाधि जित्दा धेरै खुशी लाग्यो । आफुलाई गौरवशाली र भाग्यमानी ठानेको छु । मिस बेष्ट्रन नेपाल २०२३ को ताज स्टेजमा लगाउन पाउँदा विश्वास नै लागेन । एकछिन खुशीको आँसु नै थाम्न सकिन । हिम्मत बाधेको छु । नया बाटोमा हिड्ने एउटा अवसर ठानेको छु । धेरै मेहनतबाट यो उपलब्धि हासिल भएको छ । उपलब्धी हासिल गर्न नियम कानुनमा बाधिनुपर्छ भन्ने राम्रो ज्ञान हासिल गरेको छु । बुटवलकै गौरव बढाउन सफल हुने गरि आगामी दिनमा लाग्ने छु ।

भविष्यमा के बन्ने सोच छ ?
मैले आईटी विषय अध्ययन गरेको हुदा भविष्यमा सफल आईटी ईन्जिनियर बन्ने सोच छ । योसंगै मेरो हबिको रूपमा सौन्दर्य प्रतियोगितालाई लिएको छु । मेरो अध्ययन, पेशालाई सामाजिक क्षेत्रमा जोड्ने लक्ष्य छ । विश्व आईटीको क्षेत्रमा धेरै अगाडि पुगिसकेको छ तर हाम्रो समाज धेरै पछि परेको छ । म समुदायलाई आईटीसंग जोड्ने सोचमा छु । आईटी फिल्डको सहि प्रयोगबारे राम्रो ज्ञान समुदायमा छैन । सर्वसाधारणलाई सुचना प्रविधिको सहि प्रयोग र यसको दुरूपयोगबाट बच्ने बारेमा काम गर्ने लक्ष्य रहेको छ ।

मिस नेपाल प्रतियोगितालाई कसरी हेर्नुहुन्छ ?
यो महिला सशक्तिकरणमा सहयोग गर्ने एउटा महत्वपूर्ण प्रतियोगिता हो । महिलाको शारीरिक मात्र नभई बौद्धिक क्षमता प्रदर्शन गर्ने गरिन्छ । सामाजिक क्षेत्रमा काम गर्ने अवसरको रूपमा लिएको छ । प्रतियोगिताबारे समाजको दृष्टिकोण सकारात्मक ल्याउन थोरै भएपनि भुमिका खेल्नेछु । पुर्व मिस नेपाल श्रृखला खतिवडाबाट प्रभावित भएको म यो क्षेत्रमा अग्रसर भए । खतिवडाले धेरै फरक रूपमा युवाहरूमा भुमिका हुनुपर्ने विषयमा प्रस्तुति दिदै आउनुभएको छ ।

नजिकका आफन्त र साथीभाइहरू के भन्छन ?
यो प्रतियोगितामा भाग लिनुअघि आयोजना भएका सबै तालिमहरू निशुल्क भयो । जसबाट मैले धेरै सिकाई भयो । समाजमा महिलाहरू बिचमा नै धेरै प्रतिस्पर्धा छ । अझ सकारात्मक सोच भएका समाजमा धेरै कम छन । आफुबाट सकारात्मक सोच शुरु गर्नुपर्छ भन्ने मान्यता मेरो छ । परिवारबाट मलाई सहयोग मिलेको छ । मेरो पढाई र यो प्रतियोगिता फरक बिषय छ । ब्यवसायिक रूपमा फरक पाटाहरू छन । हरेक काम गर्दा समाजमा कस्तो समुहको साथ मिलेको छ भन्ने महत्व राख्छ । मैले राम्रो टिम वर्क र परिवारको सहयोग साथ पाएको छु । अब समाजमा रहेको कुसंस्कार र कुरीतिहरूबारे बुझाउन र यसबारे सचेतना जगाउने यो स्टेजलाई सदुपयोग गर्ने छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?