ट्रेंडिंग:

>> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा >> साफ महिला फुटसल च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग ३–० ले पराजित >> नेकपाले घोषणा गर्यो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित) >> यस्तो छ रुपन्देहीमा मनोनयनको तालिका, कुन दलको उम्मेदवारी दर्ता कति बजे ?

“फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित) 

१८ मंसिर २०८२, बिहीबार
१८ मंसिर २०८२, बिहीबार

कतार, १८ मंसिर ।

लोक तथा दोहोरी संगीतको मौलिकता जोगाउने प्रमुख माध्यममध्ये रत्यौली एक महत्वपूर्ण विधा मानिन्छ। विवाहका समयमा दुलाहा–दुलही लिन घरबाट निस्केपछि दुलहाको घरमा नाचगानसहित गाइने गीतलाई रत्यौली भनिन्छ। शब्द र भाव दुवैतिरबाट केही द्धिअर्थीताको छायाले भरिएका यस्ता गीतहरूकै संरक्षण र प्रवर्द्धनका लागि कतारमा रहेका म्याग्दीका तिलु शर्मा पौडेल दुई दशकभन्दा बढी समयदेखि निरन्तर सक्रिय छन्। उनले मौलिक रत्यौलीको निर्माण तथा बजार विस्तारमा उल्लेखनीय योगदान दिँदै आएका छन्।

यही क्रममा पौडेलको निर्माणमा तैयार भएको नयाँ रत्यौली गीत ‘फूलको माला’ सोमबार सार्वजनिक भएको छ। पौडेलकै बाबाः इन्टरटेनमेन्ट टिभी युट्युब च्यानलबाट रिलिज गरिएको उक्त गीतमा शब्द, संगीत र भोकल तीनै जिम्मेवारी रबिन लामीछानेले सम्हालेका छन्। वैवाहिक जीवनमा बाँधिएपछि जर्मनीमा बसोबास गर्दै आएका लामीछानेले लामो अन्तरालपछि ‘फूलको माला’मार्फत संगीत क्षेत्रमा पुनरागमन गरेका हुन्। गीतमा शान्तिश्री परियारको आवाज समेत समावेश छ भने संगीत संयोजन याम थापा मगरले गरेका छन्।

प्रविण थापाको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा छमछमी सिजन ३ तथा डान्सिङ स्टार नेपाल सिजन २ का विजेता सरोज प्रजा राना र हालै सार्वजनिक भएको ‘मन बिनाको धन’ की नायिका तथा मोडल बिना राउतको आकर्षक अभिनय र नृत्य समेटिएको छ। प्रेममा परेपछि मनपर्ने व्यक्तिको एक झलक देख्दा नै संसार जितेको अनुभूति हुने भावनालाई गीतले रोमान्टिक शैलीमा प्रस्तुत गरेको छ।

भिडियो छायांकन राजेश घिमिरेले गरेका हुन् भने सम्पादन सुजन कोईरालाले गरेका छन्। मारुनी रेकर्डिङ स्टुडियोमा सुनन र खुमन रानाले रेकर्ड गरेका गीतको ध्वनि मिश्रण कुमार रानाले सम्पन्न गरेका हुन्।

गीत सार्वजनिक भएको थोरै समयमै युट्युब, टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमा दर्शक–श्रोताको उल्लेखनीय ध्यानाकर्षण गर्न सफल भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?