ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

बुटवल देवीनगरमा सञ्चालित ‘फिस टनेल एण्ड दुबई सिटी मेला’ मा दर्शकको आकर्षण बढ्दै

२३ कार्तिक २०८२, आइतबार
२३ कार्तिक २०८२, आइतबार

बुटवल, २३ कात्तिक ।

रोट-याक्ट क्लब अफ बुटवल साउथको आयोजनामा बुटवल–११ देवीनगर रंगशालामा सञ्चालन भइरहेको ‘प्रथम बुटवल फिस टनेल एण्ड दुबई सिटी साँस्कृतिक तथा रमाइलो मेला २०८२’ मा पछिल्ला दिनहरूमा दर्शकहरूको आकर्षण क्रमशः बढ्दै गएको छ । सुरुवाती चरणमा दर्शक अपेक्षाकृत कम उपस्थिति भएपनि अहिले मेलाको माहोल उत्साहजनक बनेको छ ।

मेला आयोजकका अनुसार प्रारम्भिक तीन दिन निरन्तर वर्षा भएकाले उद्घाटन कार्यक्रम प्रभावित भएको थियो । तर मौसमी सुधार भएपछि दर्शकसंख्या उल्लेख्य रुपमा बढ्दै गएको र वातावरण पनि रमाइलो बनेको क्लब अध्यक्ष इपल भण्डारीले जानकारी दिए । उनले भने, “पहिलो केही दिन पानीले असर पु-यायो, तर अहिले दर्शक संख्या द्रुत रूपमा बढ्दैछ, शनिबार दर्शकको चाँप उत्साहजनक रह्यो । स्थानीय परिवार, विद्यार्थी र युवाहरूको सहभागिता उल्लेख्य छ ।”

 मेलामा दर्शक आकर्षणका प्रमुख केन्द्रहरूमा फिस टनेल, दुबई सिटी मोडल, वैष्णो देवी मन्दिर, साँस्कृतिक कार्यक्रमहरू र टिकटक प्रतियोगिता रहेका छन् । फिस टनेलमा जलपरीको रमाइलो दृश्य अवलोकन गर्न आउनेको भीड देखिन थालेको छ भने दुबई सिटी मोडलमा नयाँ अनुभव लिन आउनेहरूको चहलपहल बढ्दैछ ।

मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति, विभिन्न मनोरञ्जनात्मक खेल, परिकारका स्टलहरू र हस्तकला प्रदर्शनीले पनि आकर्षण थपेको छ । आयोजकले विद्यार्थी र जेष्ठ नागरिकका लागि छुट व्यवस्था राखेका छन् । विद्यार्थीहरूले परिचयपत्रको आधारमा ४० रुपैयाँमा प्रवेश पाउँछन् भने ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क प्रवेशको सुविधा छ ।

अध्यक्ष भण्डारीका अनुसार, “यो मेला केवल मनोरञ्जनका लागि होइन, सामाजिक कार्यका लागि सहयोग जुटाउने उद्देश्यले आयोजना गरिएको हो ।” उनले स्थानीयहरूलाई मेलामा सहभागी भई सामाजिक उद्देश्यमा हातेमालो गर्न आग्रह गरे ।

मेला मंसिर २ गतेसम्म चल्नेछ र आयोजकले आगामी दिनहरूमा दर्शकको भीड अझ बढ्ने अपेक्षा गरेका छन् । बिदाका दिनहरूमा मेलामा उत्साहपूर्ण भीड हुने विश्वास गरिएको छ ।

मेला व्यवस्थापन समितिका सांस्कृतिक संयोजक शंकर काफ्लेले विदेशी मुलुकमा देख्न पाइने जलपरी नेपालमै पहिलो पटक बुटवलमा ल्याउंदा दर्शकहरुको उल्लेख्य उपस्थिति भएको बताए । त्यस बाहेक दुवई सिटी र बैष्णुदेवीको मन्दिर पनि दर्शकहरुको आर्कषणको रूपमा रहेको छ । जलपरी अवलोकन गर्ने दर्शकका लागि २ सय रुपैयांको टिकट कायम गरिएको छ ।

दिउँसंो ३ बजे देखि राति ९ बजे सम्म जलपरीको शो मेलामा देख्न पाइने उनले बताए । कात्तिक १३ गते देखि सुरु भएको रमाइलो मेला मंसिर २ गते सम्म चल्ने मेला व्यवस्थापन समितिका अध्यक्ष इपल भण्डारीले बताए ।

स्वदेशी वस्तुको प्रवद्र्धन, कृषि एवं औद्योगिक उत्पादनमा टेवा पुराउने उद्देश्यले आयोजना गरिएको मेलाको व्यवस्थापन जय माता दी एम्युजमेन्ट इभेन्ट म्यानेजमेन्ट प्रा.लि.ले गरेको छ । विहिबार मात्र मेलामा गायक खुमन अधिकारी, रामप्रसाद पाण्डेय, गायिका सकुन्तला गैरे लगाएतका कलाकारहरुले प्रस्तुती दिएका थिए । मेलामा सोनी डान्स ग्रुपको उत्कृष्ट नृत्य समेत दर्शकले अवलोकन गरेका थिए । कात्तिक २१ गते शुक्रबार भने गायक चन्द्र शर्मा, धन बहादुर गुरुङ, गायिका रेनु राना मगर, हिरा थापा लगाएतका कलाकारहरुको प्रस्तुती रहेको थियो । २२ गते गायिका ज्योती मगर लगायतका कलाकारले आफ्नो प्रस्तुती देखाएका थिए ।

त्यस्तै आज आइतबार भने कलाकारहरु सम्झना लामिछाने, रितु शाही, रवि रिमाल, शिव खनाललगायतको प्रस्तुति रहने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?