© २०२३
सल्यान, ६ मंसिर ।
प्रतिनिधिसभा सदस्यका लागि सल्यानमा प्रकाश ज्वालाको अग्रता कायमै रहेको छ । गठबन्धनबाट साझा उम्मेद्वार एकीकृत समाजवादीका ज्वालाले दोब्बरभन्दा बढी मतले अग्रता लिएका हुन् । उनी स्वतन्त्र उम्मेद्वार राजेन्द्र बहादुर शाह भन्दा अगाडि छ्न ।
पछिल्लो मत परिणम अनुसार ज्वालाले १२ हजार २ सय १८ मत प्राप्त गरेका छ्न् । गठबन्धन विरुद्ध उभिएका स्वतन्त्र उम्मेद्बार शाहले ५ हजार ८३७ मत ल्याउँदा एमालेका राजेन्द्रवीर रायले ३ हजार २९८ मत प्राप्त गरेका छ्न् । सल्यानमा ८४ हजार २२ मत खसेको छ ।