© २०२३
सल्यान, ६ मंसिर ।
सल्यानमा प्रतिनिधिसभा र प्रदेशसभा दुवै तर्फ सत्ता गठबन्धन दलका उम्मेदवारहरुले अग्रता लिइरहेका छन् । प्रतिनिधिसभा सदस्य पदमा गठबन्धनका साझा उम्मेदवार एकिकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला फराकिलो मतान्तर सहित अग्रस्थानमा छन् । उनले ११ हजार ७०६ मत प्राप्त गरेका छन् । गठबन्धन विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता राजेन्द्र बहादुर शाहले पाँच हजार ५४५ मत प्राप्त गरी दोश्रो स्थानमा छन् । नेकपा एमाले तेश्रो स्थानमा छ । एमालेका उम्मेदवार राजेन्द्रवीर रायले तीन हजार १३८ मत पाएका छन् ।
यस्तै प्रदेशसभा तर्फ सल्यान (क) मा गठबन्धनकै साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका भिम प्रकाश शर्माले ६ हजार ७७९.मत प्राप्त गरेर निरन्तर अग्रता कायम गरिरहेका छन् । नेकपा एमालेका उम्मेदवार कुल बहादुर गिरी शर्मा भन्दा तीन हजार १३१ मतले पछाडि छन् । गिरीले तीन हजार ६४८ मत पाएका छन् ।
सल्यान प्रदेशसभा (ख) तर्फ पनि गठबन्धनकै उम्मेदवारको अग्रता छ । नेपाली कांग्रेसका सुरेश अधिकारी पाँच हजार ६३९ मतका साथ अगाडि छन् । एमालेका उम्मेदवार गुलावजंग शाहले चार हजार ६२६ मत प्राप्त गरेका छन् ।