ट्रेंडिंग:

>> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श 

एचआइभी रोग नियन्त्रणको लागि यौनकर्मी परिचालन

१ जेष्ठ २०८२, बिहीबार
१ जेष्ठ २०८२, बिहीबार

पाल्पा  ।

रुपन्देहीकी ४० बर्षिया कल्पना सोमै बाध्यतासंगै दैनिकगुजारा चलाउनको लागि नै अन्जानै अन्जानमा यौनकर्मी बनिन् । यौन व्यवसायबाटै सुन्दर भविष्यको कल्पनासंगै आजभोली सुरक्षित यौन सम्पर्कसंगै यौन्जन्यरोगबाट कसरी मुक्तहुने भन्ने अभियानमा जुटेकी छन् ।  रहरले भन्दा बाध्यताले यौन क्रियाकलापमा लागेकी सोमै आफु जस्ता यौनकर्मीहरुको पहिचान गरी “ रोग लागेपछि औषधी गर्नु भन्दा रोग लाग्न नदिने ” भन्ने अभियानलाई एकैसाथ अगाडि बढाएको उनी बताउँछिन । यौनकर्मी बनियो, सुरक्षित यौन सम्पर्क गर्दा समेत यौन रोग तथाएचआइभी सक्रमणबाट  हुन सक्ने भएकोले, सक्रमण नहोस भन्ने उद्देश्यले प्रेप औषधी सेवन गर्नुपर्ने भन्ने अभियानमा आफुले अभिमुखीकरणगर्दै आएको उनी बताउँछिन ।

नवलपरासीकी अम्बिका मरासिनी पनि बाध्यतात्मक परिस्थितिका कारण यौन क्रियाकलापमा लागेकी हुन । यौन पेसाबाट आर्जित रकमले परिवार चलेको उनी बताउँछिन । यौन व्यबसायमा होमिनु पूर्व आफुसंग अन्य विकल्प नै थिएन । गरिबी र विपन्नताले च्यापेपछि सजिलो पेसाका रुपमा आफुले यो कर्मलाई जिविकोपार्जनको मुख्य माध्यम बनाएको बताउने मरासिनी भनछिन , यौन व्यवसायसंगै, यौनकर्मका सवालमा अविमुखीकरण गर्न पाउँदा आफुलाई भाग्मानी ठान्ने गरेको उनी बताउँछिन । यौन व्यवसायलाई निरन्तरता दिदै कसरी यौनजन्य रोगसंगै एचआइभी जस्तो भयावह रोगबाट आफु कसरी सुरक्षितहुने भन्ने विषयमा आफु जस्तै पेशाकर्मीहरुलाई पनि सचेत सचेतना जगाउँदै आएको उनी बताउँछिन ।

सोमै र मरासिनी जस्ता अधिकाशं पेशाकर्मीहरुलाई पछिल्लो समयमा एचआइभी प्रति सचेत र सजगता संगसंगै रोग लाग्नै नदिने अभियानमा जुटेका छन गुल्मीको सदरमुकाममा फुर्सदको क्षणलाई उपयोग गर्दै २, ४ सय रुपैयाँको लागि यौन व्यवसाय अंगालेकी खुमा पुन मगर भनछिन , अभिमुखीकरण तथा सचेतनाले आफ्नो यौन जीवनमा सार्थक परिवर्तन आएको छ । पहिले र अहिलेमा आफुमा पनि परिवर्तन आएको र आफु जस्तै पेशाकर्मीहरुको जीवनमा पनि परिवर्तन ल्याएको उनी बताउँछिन । सोमै , मरासिनी पुन जस्ता पेशाकर्मीहरुलाई परिवार नियोजन संघ पाल्पाले जोडेको हो । संघको सम्पर्कमा आएका महिलाहरुले यौन पेशालाई सुरक्षित बनाउँदै एचआइभी जस्तो भयावह रोगबाट जोगिन नियमित रुपमा औषधी सेवन अपरिहार्य रहेको भन्ने अभियानमा उनीहरु लागेका हुन् ।

परिवार नियोजन संघले यौन पेशा तथा व्यवसायमा लागेका महिला पुरुषको पहिचान गरेर उनीहरुको सुरक्षित भविष्यका लागि औषधीको माध्यमबाट एचआइभी रोग लाग्न नदिने अभियानको रुपमा यौन व्यवसायमा लागेका महिला लैगिक अल्पसंख्यकलाई परिचालन गरेको छ । एचआइभी सक्रमितहरुका लागि रामपुर अस्पताल, मिशन अस्पतालबाट एआरटी औषधी वितरण भएको छ भने नेपाल सरकारको एचआइभी एड्स तथा यौन रोग नियन्त्रण कार्यक्रम अन्तरगत अन्तराष्ट्रिय सहयोगी निकाय क्याप परियोजनाको सहयोगमा परिवार नियोजन संघको समन्वयमा पाल्पा, गुल्मी, रुपन्देही, नवलपरासी जिल्लामा यस वर्षबाट कार्यक्रम लागु भएको र अहिलेसम्म ५० जना बढी यौनकर्मीहरुले नियमित औषधी सेवन गरेको संघले जनाएको छ । परिवार नियोजन संघका शाखा प्रवन्धक शोवाकान्त न्यौपाने भनछन , एड्स नियन्त्रणका सवालमा विश्वव्यापी लक्ष हासिल गर्ने उद्देश्यले अन्तरार्टि«य दातृ निकाय क्यापले नेपाल सरकारसंगको समन्वयमा संघलाई जिम्मेवारी दिएको हो ।

एड्स रोगलाई प्रभावकारी रुपमा नियन्त्रणमा ल्याउनको लागि सुरक्षित यौन सम्पर्क मात्र नभई जोखिममा रहेका समुदायलाई रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनका लागि औषधी सेवन कार्यक्रम संचालन गरिएको हो ।  विश्वव्यापी मान्यता अनुरुपको लक्ष्य हासिल गर्नका लागि संक्रमित हुन सक्नेको पहिचान गरेर उनीहरुलाई सम्पर्कमा ल्याई उनीहरुको माध्यमबाट  प्रेप औषधी खुवाउने कार्यक्रम लागु गरिएको छ । सम्पर्कमा आएकाहरुले नियमित रुपमा औषधी सेवन गर्ने र उनीहरुले नै समुदाय स्तरमा पुगेर अभिमुखीकरण गरी औषधी सेवनगर्ने वातावरण बनाएका छन् ।

यो कार्यक्रम प्रभावकारी भएको र हालसम्म ५० भन्दा बढी महिलाले नियमित रुपमा प्रेप औषधी सेवन गरेका छन । यसरी परिचालकका रुपमा नवलपरासी, रुपन्देही, पाल्पा, गुल्मी गरी ७ जना यौनकर्मी, लैगिंक अल्पसंख्यकले स्वयमसेवक भएर काम गरेका छन् । समाजमा अझै पनि पहिचान भएका भन्दा नभएका यौनकर्मीहरुको संख्या बढी रहेको छ । पहिचान भएकाहरुलाई यहाँ स्वास्थ्य परिक्षण गरेर मात्र नियमित रुपमा औषधी सेवन गराउने हो । स्वास्थ्य परिक्षण निशुल्क रुपमा हुने गरेको शाखा प्रवन्धक न्यौपाने बताउँछन ।

पहिचान गरेर मात्र भएन, गोपनियता कायम गर्नु मुख्य चुनौती हो , नियमित रुपमा औषधी सेवनका लागि वातावरण बनाउन कठोर मेहनत गर्नुपर्ने हुन्छ । बढ्दो शहरीकरणले आधुनिकरण बनायो । त्यसले यौनलाई व्यवसाय नै बनायो । पहिचान हुन नै कठिन छ । गोपनियताका कारण खुल्न सक्दैनन् । त्यसैले गोपनियता कायम गरेर स्वास्थ्य परिक्षण गरी नियमित औषधी सेवनको वातावरण बनाएको उनी बताउँछन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?