ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

गहनाको प्रतीक– विनयशीलता

३१ बैशाख २०८२, बुधबार
३१ बैशाख २०८२, बुधबार

विनयशीलता शब्द मलाई गज्जवको लाग्छ । कहिले एकान्तमा बसेको समयमा यस शब्दमा घोत्लिन्छु । विनयशीलता को कोसंग हुन आवश्यक छ ? ज्यादै धेरै लेखपढ गरेकासंग या निरक्षर संग पनि ? या साक्षर र शिक्षितहरू संग मात्र ? यसलाई अंगीकार गर्नाले हुने फाइदा के र हानी के ? किसान मजदुर वा व्यापारीहरूसंग विनयशीलता हुन जरुरी छ या राजनीति गर्ने र मन्त्री महोदय भएर रमाउनेहरूसंग विनयशीलता हुन जरुरी छ ? कहिले प्रकृतिसंग पनि जोडेर हेर्न मनलाग्छ । अनि कहिले जलचर,थलचर या नभचरमा मात्र विनयाशीलता आवश्यक छ की भन्ने लाग्दछ । यो त मेरो मनमा उठेको तरंगमात्र हो । कहिले केही साथीहरूसंग यसका बारेमा कुरा हुन्छ । साथीहरू पनि विनायशीलताका वारेमा वहस गर्न चाहनुहुन्छ । एकदिन यसै विषयमा केही राजनीतिक व्यक्तित्वसंग छलफल भएको थियो । निश्कर्षमा उहाँहरूले चोर औंला अरूतिर तेस्र्याउनु भयो । कुरा त बुझियो नी ? हामीले जहिले पनि जसरी पनि भन्दै आएको विनायशीलता शब्दको खास अर्थ के हुन सक्छ ? हाम्रो मनमा आएको जस्तो अर्थ ठीक त्यही हुन सक्छ या फरक हुनसक्छ ? यसका वारेमा एक दिन आफै लाई सोधेर धुलौटो कोरेर हेरेको त विनयशीलताको अर्थ यसरी आयो सुशील, विनयी, नरम स्वभाव भएको । अव विनयीलाई फेरी केलाउँदा विनयशील अर्थात विनम्र स्वभाव भएको भन्ने आयो । अव कुरा के आयो भने नरम स्वभाव कसलाई मन पर्छ कसलाई मन पर्दैन ? कसले दर्शाउन पर्छ कसले दर्शाउन हुँदैन ? यो त प्रश्न नै होइन । सभ्य र शिष्ट स्वाभिमान मन नपराउने पनि कोही होला ? विनयशीलता भनेको सभ्यता हो । सभ्य बन्न कसलाई मन नहोला ? तर आफूले शिष्टता चाहनेले आफूबाट त्यो खालको व्यवहार प्रदर्शन गर्न सकछ कि सक्दैन ? मुख्य सवाल यही हो । तर विनयशीलता नभएकाहरूले पनि मज्जाले यसको चाहना गर्छन भन्न के अप्ठेरो होला र ?

हाम्रो शास्त्रले “भूषणानां भूषणं सविनया विद्या” अर्थात विनम्रतापूर्ण विद्या सबै गहनाको पनि गहना हो भनेको छ । विद्या मध्यमा पनि विनम्रतापूर्ण विद्या सबै गहनाको पनि गहना हो भनेपछि विनयशीलताको वारेमा वेग्लै चर्चा गर्न आवश्यक हुन्छ जस्तो लाग्दैन । जससंग विद्या अर्थात ज्ञान हुन्छ त्यही ज्ञान शरीरमा लगाइने जे जति गहनाहरू हुन्छन् ती गहना एकातर्फ राखेर हेर्ने र अर्कोतर्फ विनयशीलताको गहना राखेर हेर्ने हो भने निम्रतापूर्णको विद्याको तौल बढी हुन्छ । यो सत्य हो । अव यो कसका लागि आवश्यक छ र कसका लागि छैन भन्नै पर्दैन । अव राजनीति गर्नेसंग विनयशीलता आवश्यक छैन भन्यो भने के हुन्छ ? “भूषणानां भूषणं सविनया विद्या” यो सुत्रलाई हेर्ने हो भने पृथ्वीमा भएका सबै जलचर,थलचर, नवचर जे सुकै भए पनि यो आभूषण चाहिन्छ भन्न सकिन्छ । विनयशीलता अर्थात नरम स्वभाव नचाहिने कसलाई होला ? हामी मानवका लागि सबै भन्दा बढी आवश्यक होला तर मात्राको हिसाबले सबैलाई आवश्यक छ सहजै भन्न सकिन्छ । तर एउटा वर्ग या तत्वलाई यसको आवश्यकताहुँदैन त्यो भनेको मलसाँप्रो (गोइलाङ¬) प्रवृतिलाई हो । मलसाँप्रो कालो खैरो रङको हुन्छ यो न्याउरी मुसो प्रजातिमा पर्दछ । जसले आफूलाई जन्मदिने आमालाई मारेर मासु खाने गर्दछ । आफू सानो छँदा जसको स्तनपान गरेर ज्यान बच्यो उसैलाई लुछेर मारेर त्यसको मासु खाने जीवका लागि के को विनयशीलाता ?

विनयशीलताको वारेमा थाहा नभएर होला या आफूले भनेपछि त्यही नै सही हुन्छ भनेर राजनीतिज्ञले अरूतर्फ चोरऔंला देखाउनु भएको होला ? हाम्रा पाठकलाई यसको ठोस कारण के हो जस्तो लाग्छ ? हरेक मनिसलाई अन्य कुरा जस्तै विनयशीलता व्यवहारबाट देखाउन गाह्रो हुन्छ जस्तो लाग्दैन । तर किन कतिपय व्यक्तिहरूमा कम र कति व्यक्तिहरूमा त निकै न्यून मात्रामा पाइन्छ । के विनयशीलताको प्रदर्शन गर्न ठूलो योग्यता चाहिने हो ? आजसम्म हामीले भेटेका विनयशीलहरू सबै उच्च योग्यताका छन् ? या अग्ला र मोटा छन् ? विनयशीलता त सबै सबै नागरिक बालकदेखि ज्येष्ठ नागरिकसम्म सबैमा हुनुपर्ने होइन र ? नरम स्वभाव आफूले चाहना गर्नेहरूले किन अरूप्रति त्यही कुरा दर्शाउन सक्दैनन् । जसले विनयशीलता दर्शउन सक्दैन उसले अरूबाट त्यस्तो अपेक्षा नगरे पनि त हुँदो हो । आफूमा नम्रताको भावनाहुनु नपर्ने अरूबाट मात्र खोज्नु पर्ने ? कस्तो कोखभित्र यस्ता दुर्मतिहरू जन्मन्छन होला ?

विनयशीलता भएको मानिसले शरीरमा एउटा पनि गहना नलागाएको भए पनि धेरैबाट माया, सद्भाव र सहयोग प्राप्त गर्न सक्छन् । यस प्रकारको चित्र हाम्रो समाजमा देख्न पाइन्छ । हाम्रो समाज र वनपाखा अनौठा जीव जनावर र मानिसले बसोबास गरेर भरिएको छ । धेरैजनालाई आफ्ना कुरा गर्न आउँछ अरूका कुरा सुन्न फुर्सद हुँदैन । त्यस्ता मानिसहरूले आफ्ना भेंडा बाख्राको समेत वयान गरेर थाक्दैनन् तर अरूका हितकारी कुरा समेत सुन्न चाहँदैनन् । कतिपयको नाम नै नम्रता हुन्छ । सुशील भन्ने पनि हुन्छ । सबै नम्रतामा नम्रस्वभाव नहुन सक्छ र सबै सुशीलसंग सितलता नहुन सक्छ । गरम पनासंग विनम्रता अलिक कम पाइन्छ । के हामीले आफ्नो स्वभाव बदल्न सक्दैनौं ? स्वभाव भनेको बदल्न चाहे पछि सजिलै बदल्न सकिन्छ त्यसैलाई जीवनको पुनरलेखन भन्ने गरिन्छ । हुन त कतिलाई जीवनको पुनरलेखन हुँदैन भन्ने पनि लाग्नसक्छ । अवश्य पनि जीवन पुनरलेखन गर्न सकिन्छ । आफूमा भएको खराव स्वभावलाई हटाएर नम्रता कायम गर्नसक्नु खराव आचरणबाट सुवानीको बन्न सक्नु नै जीवन पुनरलेखन गर्नु हो । एक पटक विचार गरौं आफूसंग के कति र के कस्ता खराव आचराणहरू छन् । चाहे खाने पिउने कुरा होस या बचन वा व्यवहारबाट देखाउने कुरा होस या भड्किलो पोशाकको कुरा पनि हुन सक्छ,यसलाई त्याग्न सक्नु नै जीवनको पुनरलेखन गर्नु हो ।

यो कुरा सोह्रैआना सम्भव छ । हामीले सुन्दै आएको एउटा सानो उदाहरण रत्नाकर डाँकुले जीवन पुनरलेखन गरेर वाल्मिकी बनेका हुन् । यस्ता उदाहरण हाम्रो गाउँघरमा प्रसस्त मात्रामा पाइन्छन् ।सबै जनावर मलसाँप्रो जस्ता हुँदैनन् जसले आफूलाई जन्म दिने, हुर्काउने आफ्नै बाबा आमाप्रति हिम्सागर्न उद्यत रहुन् । हुन त विनयशीलता नभएकाहरू जो आकारमा मानिस हुन्छन् उनीहरूबाट यस्तो दुव्र्यवहार प्रसस्त मात्रामा पाउन सकिन्छ । सिधा अर्थमा भन्नु पर्दा मलसाँप्रो जस्तो जनवारमा मात्र होइन कतिपय मानिसहरू पनि मलसाँप्रो प्रवृतिका पाइन्छन् । मात्राको फरकमात्र हो तर केही संख्यामा मानिसहरू भित्र पनि यो गोइलाङ अर्थात मलसाँप्रोको जस्तो व्यवहार देख्न सकिन्छ । सबै मानव देवगणका हुँदैनन् । जो राक्षस गणका हुन्छन् उनीहरूबाट यसप्रकारको प्रवृति पटकपटक पाउनु कुनै अनौठो कुरा होइन । विनम्रता सबैसंग समान नभएपनि केही मात्रामा हुने हो भने हाम्रो समाज सुन्दर र गौरवपुर्ण हुने थियो । जसले आफूलाई आफै बदल्न सक्छु,आफ्नो जीवन पुनर्लेखन गर्नसक्छु भन्ने लाग्दछ भने अवश्य पनि नयाँ वाल्मिकी जन्मन सक्छन् । जुन कुरा आजको टड्कारो आवश्यकता हो । हाम्रो समाज दिनप्रतिदिन भड्खालोमा फसेको महसुस भइरहेको छ । यसबाट पार पाउन पनि विनयशीलता हरेकका लागि अति आवश्यक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?