© २०२३
प्यूठान, ६ मंसिर ।
प्यूठानमा दुई दिनपछि मतगणना सुरु भएको छ । जिल्ला समन्वय समिति प्यूठानको सभाहलमा मंगलवार विहानदेखि मतगणना सुरु भएको हो ।
सोमवार बसेको सर्वदलीय बैठकले विवादित विषयको निर्णयमा टुंगो लगाएपछि मतगणना दुईदिन ढिलापछि सुरु भएको छ । जिल्लाभर कुल ५५ दशमलव ७० प्रतिशत अर्थात ८८ हजार ९ सय ९८ मत खसेको छ । महिला ५२ हजार १ सय ७३ र पुरुष ३६ हजार ८ सय २५ जनाले मतदान गरेका छन् । जिल्लामा कुल १ लाख ५९ हजार ७ सय ६० मतदाता छन् । सुरुमा सरुमारानी गाउँपालिका र नौवहिनी गाउँपालिकाबाट मतगणना थालिएको छ ।