ट्रेंडिंग:

>> लुम्बिनीको नीति तथा कार्यक्रम : स्रोतबिना दर्जनौं योजनाको चाङ >> जेके वारियर्सको दोस्रो जित >> कान्ति, दीप, नबिन र ईडन विजयी >> समृद्धि हेयर ड्रेसिङ एकेडेमीलाई आईएसओ प्रमाणपत्र, ३६६ विद्यार्थीले पाए सिपको प्रमाणपत्र >> साईबर अपराधबारे एक दिने सचेतना कार्यक्रम >> जबरजस्ती करणी र चोरी मुद्दाका फरार प्रतिवादी पाँचथरबाट पक्राउ >> चीनले अमेरिका, ईयू र जापानबाट प्लास्टिक आयातमा एन्टी–डम्पिङ शुल्क लगायो >> लगातार घट्दै आएको शेयर बजार आज दोहोरो अङ्कले उकालो >> चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म ४७.८ अर्ब बराबरको खाद्यान्न आयात >> ग्लोबल क्वालिफायरमा महिला क्रिकेट प्रवेश गरेपछि प्रधानमन्त्रीले भने, ‘बधाई छ’ >> महत्वाकांक्षी लुम्बिनीको नीति तथा कार्यक्रमः कार्यान्वयनमा शंका >> दूधाधारी माविमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया  >> गणतन्त्र दिवस तीन दिन मनाइने, बालेन गएनन् बैठकमा >> रवि लामिछानेका बन्दी प्रत्यक्षीकरणको मुद्दा फेरि ‘हेर्न नभ्याइने’ मा >> गभर्नर नियुक्ति प्रक्रिया अन्योलमा, सिफारिस समिति अझै बस्न सकेन >> लुम्बिनीका मुख्यमन्त्री र राप्ती गाउँपालिका अध्यक्षबीच सार्वजनिक कार्यक्रममै बाझाबाझ  >> कोहलपुरमा अत्याधुनिक शवदाह गृह निर्माण पछि सफल परीक्षण >> बाबु छोरालाई एकैसाथ कैद सजाय >> एकै पटक १२ लाखको खसी बोका बिक्री >> लुम्बिनीका सांसद विष्णु पन्थीले भने–झुटो मुद्दा र मानहानी विरुद्ध कानुनी लडाईंमा जान्छु >> रुपौलिया महिला सहकारीमा बचतकर्ताको १ करोड ६० लाख बढी रकम झ्वाम >> कान्स फेस्टिभल रेड कार्पेटमा पुगे नायक प्रदीप खड्का >> यसरी बनाउनुहोस् घरमा नै ५ प्रकारका आँपको अचार >> प्रधानमन्त्रीले युरोपियन युनियनका राजदूतहरूलाई भने, ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ >> ठगिनेहरुको सहारा बन्दै आप्रवासी स्रोत केन्द्र >> रवि लामिछानेका बन्दी प्रत्यक्षीकरणको सुनवाई प्रधानन्यायाधीशसहितको इजलासमा >> नेपाल महिला विश्वकप क्रिकेटको ग्लोबल छनोटमा >> डिआईजी चतुर्वेदीद्वारा सीमा अपराध नियन्त्रण गर्न कडा निर्देशन >> सुनको मुल्य बढदा चाँदीको मुल्य स्थिर >> विश्वकप एसिया छनोटमा नेपाललाई युएईले दियो ११५ रनको लक्ष्य >> गुल्मीमा मोटरसाइकल दुर्घटनामा परी युवकको मृत्यु >> आज साँझ मन्त्रिपरिषद् बैठक, गभर्नर नियुक्तिको सम्भावना >> दुई महिना यता इजरायलद्वारा गाजामा भिषण युद्ध, १५१ को मृत्यु >> इन्जिनमा समस्या देखिएपछि समिट एयरको जहाज आकस्मिक अवतरण >> लुम्बिनी प्रदेश सरकारले आज ल्याउँदै नीति तथा कार्यक्रम >> महिला टी–२० विश्वकप छनोटमा आज नेपाल र यूएई खेल्दै >> विपन्न परिवारले पाए नयाँ घर >> छानबिन उपसमिति संयोजकमा खाँण >> गभर्नर नियुक्तिमा अलमल >> कहाँ पुग्यो मल कारखाना खोल्ने योजना ? >> गुल्मीदरबारमा थपिए तीन सूचक >> ‘कानूनलाई’ छल्न अंशबण्डा >> आस्थालाई ‘उद्यमको’ आश >> जुवाको खालबाट नगद सहित ९ जना पक्राउ >> ७५ वर्षीय जेष्ठ नागरिकले गरे नातिनीमाथि बलात्कार >> बंगालको खाडी र अरब सागरको जलवाष्पयुक्त हावाको प्रभाव : यी क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना >> चलचित्र पत्रकार संघ बाँकेद्वारा सुवेदी र गिरी सम्मानित >> नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा >> तिलोत्तमा होम्समा घरधनीलाई लालपूर्जा हस्तान्तरण >> लुम्बिनी प्रदेश सरकारको आर्थिक अनुशासनमा गम्भीर प्रश्नः बेरुजु साढे चार अर्ब नाघ्यो

बुटवलमा पर्यटनका आधार र चुनौतिहरू

२२ बैशाख २०८२, सोमबार
२२ बैशाख २०८२, सोमबार

एक खुला सम्पदाको रूपमा बुटवल
ऐतिहासिक र सास्कृतिक रूपमा बुटवल एक अब्बल खुला सम्पदा हो । प्रागऐतिहासिक कालदेखि नै बुटवल सेरोफेरोमा मानव सभ्यता भएको कुरा रामापिथेकसको पहिचानले नै पुष्टि गरेको छ । प्राचीन सैनामैना र देवदहको विचमा रहेको यो स्थल बौद्धकालिन वस्ती भएको समेत विश्वास गरिन्छ । चिन, तिब्बत र आध्यात्मिक केन्द्र बनारसलाई जोड्ने मार्गमा रहेको यो स्थल तत्कालिन पाल्पा राज्यको शीतकालीन राजधानी समेत बनेको थियो । बुटवलको सामरिक र ब्यापारिक महत्वले गर्दा बुटवल तत्कालिन ब्रिटिश साम्राज्यको आकर्षण बन्न पुगेको थियो भने यसैलाई निहँु बनाएर नेपाल– अंग्रेज युद्ध समेत भएको भएको थियो । नेपाल अंग्रेज युद्धपछी बुटवलले नयाँ स्वरूप प्राप्त गरेको छ । नेपालकै प्रमुख बाणिज्य केन्द्रको रूपमा बुटवलले विदेश र नेपाललाई जोड्ने काम गरेको थियो । चुरेको काख, घ्यु र नूनका ब्यापारी, लाहुरेको बिसौनी, तीर्थयात्रीको बाटो, शिक्षाको केन्द्र बनेको कारणले ऐतिहासिक बुटवल र यसको सेरोफेरो सम्पदाको जमघटको केन्द्र बनेको छ । यसले बुटवललाई पर्यटनको स्थल बनाउने आधारहरू प्रदान गरेको छ ।

बुटवलमा पर्यटनका आधारहरू
बुटवल उमनपाभित्र मात्र नभएर त्रिवेणीधामदेखि शिवपुरगढीसम्म अनि सैनामैनादेखि रिडीसम्मका क्षेत्रहरू बुटवलका प्रभाव क्षेत्र हुन् । यी क्षेत्रहरूमा रहेका सम्पदाहरू समेट्ने गरि बुटवलले पर्यटनबाट लाभ लिन सक्छ । अहिलेकै अवस्थामा हेर्दापनि बुटवलमा पर्यटनका आधारहरूलाई निम्न स्वरूपमा हेर्न सकिन्छ ।

क.ऐतिहासिकता
बुटवल क्षेत्र प्राग ऐतिहासिक नरमानव रामापिथेकसको विचरण स्थल रहेको कुरा विभिन्न अनुसन्धानहरूले पुष्टि गरिसकेका छन् ।. पाल्पा राज्यको उत्पत्ति र विकाससंगै बुटवलले महत्वपूर्ण स्थान पाउदै आएको छ । चाहे सेन राजाहरूको शीतकालीन राजधानी भएर होस् वा छुट्टै बुटवल राज्य हुँदा होस् –बुटवलले ऐतिहासिक स्थान बनाएको छ । बुटवलले अंग्रेजलाई सजिलैसङ्ग हराएर विस्वमा विरताको संदेश दिएको मात्र थिएन, सन् १८५७ को भारतीय सिपाही विद्रोहको औपचारिक अन्त्य पनि बुटवलबाट नै भएको थियो । शक्तिशाली अवध राज्यलाई रोक्न सेन राजाहरूले बुटवललाई नै साझा बिसौनी बनाएका थिए । अवधका नवावहरू हिउँदमा बस्न आउने थलो होस् वा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्न पहाडी राज्यहरूको शक्ति अध्ययन गर्न भ्रमण गरेको थलो होस्, बुटवलले तत्कालिन अवस्थामा बुटवल शक्ति केन्द्र बनेको प्रमाण प्रस्तुत गर्दछ । सिक्का टकमरी गरेर भारतमा चलाएको, पहिले भोटको नून भारतलाई र पछी भारतीय नून भोटसम्म पु¥याएर भोट र भारतसङ्ग ब्यापार गर्ने सामथ्र्य प्रस्तुत गरेको शहर हो बुटवल । राजा भतृहरी, बाबा भुवेस्वर, प्रभु स्वामीनारायण, मदारबाबा जस्ता महात्माले रोजेको यो थलोको ऐतिहासिकता बुटवलको प्रमुख पर्यटकीय आधार हो ।

ख. साँस्कृतिक विविधता
२०७८ को जनगणना अनुसार बुटवल उमनपाभित्र ७५ जातजातिको बसोबास रहेको छ । यी जातजातिले अवलम्बन गरेको परम्परा, सस्कृति बुटवलका विशेषता हुन । बुटवल बन्दै गर्दा बुटवलमा मानिस मात्र बटुलिएका छैनन्, विभिन्न कला, सस्कृति, अभ्यास पनि बटुलिएका छन् । कशौधनदेखि थकालीसम्म अनि खसदेखि मैथिलसम्मका सँस्कृति बुटवलमा छन् ।. नरैनापुर, मुक्तिनाथधाम, गणेश मन्दिर, मननारायण मन्दिर, सहश्रधारा, सिद्धबाबा मन्दिर मात्र नभएर गुम्बा, चैत्य, मस्जिद, चर्च समेत यहाँ रहेका छन् ।. यहाँका जात्रा, मेलाले बुटवललाई साँस्कृतिक सहर बनाएको छ र यसले पर्यटकलाई बोलाउन सक्ने आधार खडा गरेको छ ।

ग.प्राकृतिक र भौगोलिक सम्पन्नता
बुटवलमा ४९५८ हेक्टर क्षेत्रमा वन छ, जुन यो पालिकाको ४८.९ प्रतिशत भूभाग हो । चुरेमा रहेको वनले बुटवललाई शितलता मात्र प्रदान गरेको छैन, सुन्दर रहिरहन मुख्य भूमिका खेलेको छ । वन क्षेत्रमा रहेका पार्कहरू मुख्य गन्तब्य बनिरहेका छन् ।. बुटवलमा बग्ने तिनाउ र दानो नदीले यहाँ खानेपानी र सिंचाईलाई सदियौदेखी सघाइरहेका छन् ।. यी नदीहरूलाई ब्यवस्थित जलाशय बनाउन सकेमा पर्यटनका नयाँ आयाम थप्न सकिन्छ । नरेनापुर मन्दिर नजिकै पुनस्र्थापना गरिएको कपरकट्टि तालले जल विहारको अवसर प्रदान गरिरहेको छ । यहाँका वन क्षेत्रमा पदयात्रा, हाईकिंग, चरा अवलोंकन गर्न अहिले पनि सकिन्छ । यसलाई व्यवासायिक रूप दिने हो भने पर्यटकीय लाभ लिन सकिने कुरामा शंका गर्ने पर्दैन ।

घ.यातायात पूर्वाधार
बाँके र बर्दिया राष्ट्रिय निकुन्ज, स्वर्गद्वारी, रिडी, रेसुंगा, सुपादेउराली अनि बृहत्तर लुम्बिनी क्षेत्रका बौद्ध स्थलहरू लुम्बिनी प्रदेशका प्रमुख पर्यटकीय गन्तब्य हुन् । यी बाहेक पर्यटकले रुचाएका पोखरा, ढोरपाटन, मुक्तिनाथ, सौराहा जस्ता नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरू बुटवलसंग सहज सडक मार्गले जोडिएका छन् ।. भैरहवाको एअरपोर्ट अनि ३२ किमी टाढा रहेको भारतीय रेल सेवाले पनि बुटवल आउन र जान सहज बनाएको छ । बुटवलबाट स्तरीय बस सेवा नेपालका प्रमुख सहरसम्म विस्तारित छ । बुटवलमा भाडामा सवारी साधन र राईड शेयरिंग सुविधा उपलब्ध छ । यसले बुटवलमा सहजै पर्यटक आउन र यहाँबाट अरू स्थानमा घुम्न जान सक्ने अवस्था छ ।

ङ. आतिथ्य सत्कार उद्योगको विस्तार
बुटवलमा १०८२ भन्दा बढी होटेल, रेस्टुरेन्ट संचालनमा छन् ।. एभेन्युज, डार्सिज, महाराजा, दियालो, न्यु ईरा, सिद्धार्थ, पाम इन्टर्नेशनल, ड्रिम जस्ता पर्यटक स्तरीय होटेलहरू बुटवलभित्र संचालित छन् ।् र यस्ता दर्जनौ होटेलहरू बुटवलको सेरोफेरोमा छन् ।.२ दर्जनजति दर्तावाल ट्राभल तथा टुर एजेन्सीहरूले आफ्नो सेवा प्रदान गरिरहेका छन् ।. बुटवल उमनपाले रात्रीकालिन बजारको अवधारणालाई मुर्तरूप दिन कम्मर कसेर लागेको छ । यी सबै सुविधाले गर्दा पर्यटकहरू जुनसुकै बेलामा पनि यात्रा गर्न, आफ्नो रुची र आर्थिक क्षमता अनुसार बस्न, खान र घुमफिर गर्ने अवसर बुटवलमा प्राप्त छ ।

च. नविनतम पर्यटकीय आकर्षण
बुटवलमा अहिले नुवाकोट र बसन्तपुर गन्तब्य राखेर दुई केवलकारहरू संचालनमा छन् ।. ऐतिहासिक थलोलाई आधार बनाएर बनाईएका यी दुई केवलकारले बुटवलको मनोरम दृश्य हेर्दै पहाडको टाकुरामा पुग्ने र शितलता अनुभव गर्ने अवसर प्रदान गरिरहेका छन् ।. बसन्तपुरको जिपलाईंन, मणिमुकुन्द पार्कको स्काई साईक्लिंगदेखि शंकर नगर वन बाटिकामा थपिएका पुर्वाधारहरूले बुटवल सेरोफेरोमा घुम्न चाहनेहरूलाई नयाँ अनुभव दिलाउछन् ।. यस क्षेत्रमा विस्तार हुँदै गएका स्विमिंग पुल, स्पा, जिम हाउस, क्यासिनोले खर्चालु पर्यटकलाई तान्न सक्ने अवस्था तयार भएको छ । देशकै अब्बल शैक्षिक केन्द्रको रूपमा विकसित बहेका कालिका मानवज्ञान, कान्ति , नविन जस्ता विद्यालयहरू अहिले शैक्षिक पर्यटनको थलो बनिरहेका छन् ।

छ. प्रदेशका अन्य पर्यटकीय क्षेत्रसंगको निकटता
बुटवललाई चारैतिरबाट फरक फरक ऐतिहासिक, सास्कृतिक सम्पदाले घेरिएको छ । दाउन्नेदेवी, माथागढ़ी, महलपोखरी, नुवाकोटगढी, शिबपुरगढी, बल्ढेंगगढी जस्ता गढि़हरूका साथै पुरातात्विक महत्वका कोट, दरबार र मन्दिरहरू बुटवलदेखि सहज दुरीमा छन् ।् । अहिले यस्ता सम्पदास्थलहरूको बेग्लाबेग्लै संरक्षण र प्रचार भैरहेको छ, जसले गर्दा पर्यटकीय लाभ न्यून मात्रामा प्राप्त छ । बुटवलमा पर्यटकलाई धेरै समय टिकाउन र छेउछाउका सम्पदाहरूबाट पनि पर्यटकलाई आकर्षित गर्नको लागि बुटवल उमनपाले नेतृत्व लिएर कम्तिमा रूपन्देही, पाल्पा, गुल्मी , अर्घाखाची र कपिलवस्तु जिल्लाका सम्पदा रहेका पालिकाहरू मिलेर एकीकृत सम्पदा संरक्षण, प्रचार र पर्यटन प्याकेजका कार्यक्रमहरू संचालन गर्नुपर्छ । बुटवल आईपुगेको पर्यटक सम्पदा अवलोकन र अध्ययन गर्दै पाल्पाका गाउँ वस्तीमा पुगोस, पाल्पा पुगेको पर्यटक अर्घाखाची हुदै कपिलवस्तु घुमेर बुटवलमा आइपुगोस भनेर सोहि अनुसारका प्रवर्दधनात्मक कार्यक्रमहरू संचालन गर्नुपर्छ ।

ज. स्थानीय सरकारको साथ
बुटवललाई उत्कृष्ट पर्यटकीय गन्तब्य र विश्रामस्थलका रूपमा स्थापित गर्न स्थानीय परम्परा, संस्कृतिलाई प्राथमिकता दिदै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न बुटवल उपमहानगरपालिकाले विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । . बुटवलका महत्वपूर्ण पर्यटकीय स्थलहरू जितगढी किल्ला, युद्ध संग्रहालय, पूरानो बुटवल क्षेत्र,मणिमुकुन्दसेन उद्यान, हिलपार्क, मिलनपार्क, पिस पार्क, सिद्धबाबाधाम, मुक्तिनाथधाम, निलकण्ठ बाबाधाम,नरैनापुरधाम, बैठौलिया ताल, वाटरपार्क, थारु संग्रहालय, भैरव पार्क, पाणिनी पार्क, लक्ष्मी पार्कलगायत अन्य ऐतिहासिक, धार्मिक, सांस्कृतिक पर्यटकीय स्थलहरूमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्ने नीति पालिकाको छ । बुटवल–नुवाकोट क्षेत्रमा पैदलमार्ग निर्माण गरी शिवपार्कको रूपमा स्थापित गर्ने, कर्णेल उजिरसिंह पार्क तथा रामापिथेकस पार्क निर्माण तथा हिलपार्कमा बुद्ध मूर्ति स्थापनाका लागि पहल गर्ने, नगरको सौन्दर्यीकरणलाई प्राथमिकतामा राख्न सम्बन्धित पक्षसँग समन्वय गर्ने, पुरानो बुटवल बजारको मौलिकता जोगाएर पुराना घरहरूको पुनर्निर्माणमा सघाउने जस्ता नीतिहरू स्थानीय सरकारले अघि सारेको छ । स्थानीय सरकारको साथले बुटवलको पर्यटन क्षेत्रलाई चलायमान र दिगो बनाउन अवस्यपनि मद्दत पुग्नेछ ।

चुनौतिहरू धेरैछन् ।
बुटवलमा पर्यटनका प्रसस्तै आधारहरू हँुदाहुँदैपनि पर्यटनबाट लाभ लिनमा थुप्रै अवरोधहरू रहेका छन् ।. सडक समयमै नबन्दाको सास्ती सबैले भोगेकै कुरा हो. सुक्दै र साँघुरिदै तिनाउ अनि चुरेमा पहिरोको जोखिम , मासिदो हरियाली जस्ता कुराले बुटवलको सुन्दरतामा ह्रास आईरहेको छ । पुरानो बुटवलको मौलिक सम्पदा र संरचना नासिदै, अतिक्रमणमा पर्नु, ऐतिहासिकता गुम्दै जानु, खोजि , अभिलेखीकरण, संरक्षण र प्रवद्र्धनमा कमि, कृषि क्षेत्रमा अव्यवस्थित शहरीकरण, होटेल रेस्टुरेन्टको गुणस्तरमा वेवास्ता, दर्ता नगरी व्यवसाय संचालन, पर्यटन शिक्षा र सस्कारको कमि, प्रदेशले बनाउने पर्यटन सर्किटमा बुटवल नसमेट्ने, लुम्बिनी विकास कोषले बुद्ध परिपथमा नराख्ने अवस्था बुटवलको पर्यटन विकासको लागि ठुला चुनौतिहरू हुन् । भारतीय गाडीको निर्वाध आवागमन भैरहदा बुटवलबाट अन्य पर्यटकीय गन्तव्यसम्म सिधा यातायातको सुविधा नहुनु पनि अर्को समस्या बनिरहेको छ । बुटवलमा पर्यटन विकास गर्ने र लाभ लिने कुरा धरै भएपनि बुटवलको पर्यटन ब्राण्ड केलाई बनाउने भन्ने कुराको यकिन हुन सकेको छैन । यस्ता चुनौतीहरूलाई तीनै तहका सरकार, पर्यटन व्यवसायी र बुटवलका स्थानीयले समाधान गर्न सकेमा बुटवलले पर्यटनबाट लाभ लिन सक्छ । बुटवलमा पर्यटन चल्यो भने अन्य आर्थिक –सामाजिक क्षेत्रहरू आफै चलायमान र व्यवसायिक बन्न सक्नेछन् ।.
(बुटवल उपमहानगरपालिकाको सहयोगमा बुटवल पब्लिकेशन प्रा.लि. द्वारा आयोजित बुटवलमा पर्यटनका अभ्यास र संभावना विषयक अन्तरसंवाद कार्यक्रममा लेखकद्वारा प्रस्तुत अवधारणापत्रको सम्पादित अंश )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?