ट्रेंडिंग:

>> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन

रोकिएन स्वतन्त्र प्रेसको हनन्, एक वर्षमै ७३ घटना

२० बैशाख २०८२, शनिबार
२० बैशाख २०८२, शनिबार

काठमाडौं, २१ वैशाख ।

नेपालमा एक वर्षको अवधिमा ७३ वटा प्रेस स्वतन्त्रता हननका घटना रेकर्ड भएका छन् ।

नेपाल पत्रकार महासंघ, सञ्चार अनुगमन इकाईले बिश्व प्रेस स्वतन्त्रता दिवसको दिन सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो । महासंघको विवरण अनुसार एक वर्षको अवधिमा एक पत्रकारको हत्या भएको छ भने २ जना पत्रकार पक्राउ परेका छन् । २० जना पत्रकार आक्रमणको शिकार बनेका छन् । २४ जना दुव्र्यवहार वा धम्कीमा परेका छन् । १६ घटना पेशागत असुरक्षासँग सम्बन्धित छन् । अन्य घटना पत्रकारमाथि दबाब, बदनाम गर्ने प्रयास र सम्पादकीय स्वतन्त्रतामाथि हस्तक्षेपसँग सम्बन्धित छन् ।

संकलित तथ्यांकले पत्रकारहरूमाथि भइरहेका आक्रमण, गिरफ्तारी, धम्की, दुव्र्यवहारजस्ता समस्या अझै गम्भीर रहेको पुष्टि गर्छ । यो तथ्यांकले नेपालमा स्वतन्त्र पत्रकारितामाथि गम्भीर चुनौतीहरू आइरहेको प्रष्ट पार्छ ।

प्रेस स्वतन्त्रता लोकतान्त्रिक शासन व्यवस्थाको मेरुदण्ड हो । जब पत्रकारहरू स्वतन्त्र रूपमा काम गर्न सक्दैनन्, तब जनतासम्म सत्य सूचनाको पहुँच प्रभावित हुन्छ । यसले दिगो लोकतन्त्रलाई नै कमजोर बनाउने खतरा निम्त्याउँछ ।

वागमती प्रदेश – सबैभन्दा बढी प्रभावित

जसमध्ये वागमती प्रदेशमा प्रेस स्वतन्त्रता हननका सबैभन्दा धेरै ३८ घटना घटेका छन् । जुन कुल घटनाको ५२ प्रतिशत हो । राजधानी काठमाडौँ केन्द्रित राजनीतिक दबाब, शक्तिको समीकरण र पत्रकारहरूको सक्रियता यसको प्रमुख कारण मानिएको छ ।

त्यस्तै, मधेस प्रदेशमा १२ घटनाहरू देखिएका छन् । जसमा खासगरी स्थानीय तहमा हुने राजनीतिक हस्तक्षेप, धम्की र दबाब छन् । कोशी र सुदूरपश्चिम प्रदेशमा ६–६ घटना घटेका छन् । लुम्बिनी र गण्डकी प्रदेशमा ४–४ र कर्णाली प्रदेशमा सबैभन्दा थोरै ३ घटना देखिएका छन् ।

कर्णाली प्रदेशमा थोरै घटना रिपोर्ट भएता पनि सञ्चार संरचना कमजोर, स्रोतसाधनको अभाव र प्रभावशाली समाचार सम्प्रेषणको जोखिमले यहाँ पत्रकारहरू थप असुरक्षित छन् ।

नेपालमा प्रेस स्वतन्त्रता कागजमा सुरक्षित देखिए पनि व्यवहारमा चुनौतीपूर्ण र असुरक्षित बनिरहेको छ । पत्रकारमाथि हुने हिंसा, दमन र डरको वातावरणले अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर बनाएको छ । यदि अब समयमै प्रभावकारी कदम चालिएन भने प्रेस स्वतन्त्रताको गिरावटले लोकतन्त्रको जग नै हल्लिन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?