ट्रेंडिंग:

>> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट

विश्व सम्पदा– हाम्रो जितगढी किल्ला

१९ बैशाख २०८२, शुक्रबार
१९ बैशाख २०८२, शुक्रबार

नेपाली फौजको सानो चुकले देशको माटो पराईको हातमा हुन्थ्यो । हामीले आफ्नो भू–भाग गुमाउँथ्यौं तर हाम्रो नेपाली फौजको सुझबुझ, अदम्स साहसर कुशल नेतृत्वकर्ता उजिरसिंहको नेतृत्वको फौजले हामीलाई पराधीन हुनबाट जोगायो । अंग्रेजलाई पुच्छर लुकाएर भाग्न बाध्य बनायो । हो, यही हो बुटवल जितगढी किल्ला । यो किल्लालाई अव विश्व सम्पदा सूचीमा राख्नेतर्फ सवैको पहल जरुरी छ । साथै फौजको नेतृत्व सम्हालेका कर्णेल उजीरसिंह थापालाई राष्ट्रिय विभूति घोषणा गरि उच्च सम्मान दिनुुपर्ने होइन र ? साथै उहाँको सम्मानमा हुलाक टिकट प्रकाशित गर्नुपर्दछ । यो बिषयमा सम्वन्धित निकायको ध्यानाकर्षण होस र आवश्यक प्रकृया अघि बढोस भन्ने हामी सवैको अनुरोध छ । सेनकालीन शासकहरूको दूरदर्शितालाई उच्च सम्मान गर्नैपर्दछ । आफ्नो शासनकालमा बाहिरी आक्रमणबाट देशको माटो बचाउन अनेक ठाउँमा गढी किल्ला निर्माण गराए । त्यसमध्ये बुटवलमा रहेको यो गढी पनि एक हो । यसलाई बुटवल गढी भनियो । अंग्रेज फौजलाई हराएपछि यसलाई जितगढी भनियो । प्रारम्भिक उत्खनन गर्दा जमिनमुनी जाने सिँढी, गोलाबारुद, हातहतियार राख्ने कोठा देखिएको थियो । उत्खनन् कार्यलाई निरन्तरता दिएमा निश्चय पनि थप नयाँ कुरा पत्ता लाग्नेछ । अव यो काम सेनाले नै नेतृत्व लिएर अगाडी बढाउनुपर्दछ ।

बुटवलमा अंग्रेजसंग युद्ध गर्न जानुपूर्व कर्णेल उजिरसिंह थापाले पाल्पा तानसेनस्थित भगवती मन्दिरमा यो युद्धमा विजयी हुने आशिर्वाद मागेका थिए । यदी युद्धमा विजय हासिल गरेमा यसै स्थानमा भब्य मन्दिर बनाई जात्रा मनाउने भाकल गरेका थिए । युद्धमा विजय भएका कारणले उनले भाकल बमोजिम तीन तले मन्दिर बनाई त्यसमा अठार बाहु भएकी महिषासुर मर्दिनी भगवती माताको मूर्ति प्रतिष्थापित गरे । चार बर्षमा मन्दिर निर्माण भई वि.सं. १८७७ देखि प्रत्येक बर्ष भाद्र कृष्ण पक्ष नवमीका दिन भब्यरूपमा जात्रा मनाउँदै आइएको छ । उक्त दिन पाल्पामा सार्वजनिक विदा दिने गरिन्छ ।
नेपाली सेनाको बीरताः इस्वी सन् १८१४–१८१६ को अंग्रेजसंगको युद्धमा बुटवलमा तैनाथ कर्णेल उजीरसिंह थापाको नेतृत्वमा रहेको नेपाली फौजले अंग्रेज फौजलाई परास्त गर्न सफल भएको इतिहासमा उल्लेख छ ।

अंग्रेजहरूको साम्राज्यबादी एवं विस्तारबादी नीतिको परिणाम हो– नेपाल अंग्रेज युद्ध जसमा बुटवल क्षेत्रमा भएको युद्धमा अंग्रेजको हार भएको थियो । औँला दिँदा डुडुल्नो निल्न पल्केका अंग्रेजहरू व्यापारिक उद्देश्यले गठन गरिएको इष्ट इन्डिया कम्पनीमार्फत भारतमा प्रवेश गरि नेपाली शासकहरूको आन्तरिक फुटका कारण नेपाललाई सजिलै आफ्नो अधिनमा राख्न सकिने दिवास्वप्ना देख्न थाले । फलस्वरूप विभिन्न बहानामा आक्रमण गरी नेपालको कतिपय ठाउँहरू हातपार्ने योजना बनाए । यसका लागि नेपालको भौगोलिक एवं सामरिक सैन्य शक्तिको ज्ञान भएका राष्ट्रघाती ब्यक्तिहरूलाई प्रलोभन दिदै आफ्नो पक्षमा लिए । साथै नेपालको एकीकरणको सन्दर्भमा गाभिएको असन्तुष्ट केही राजा रजौटाहरू पनि त्यसतर्फ आकर्षित भए ।

धम्कीपूर्ण पत्र र एकतर्फी युद्धको घोषणाः
तिब्बत र चीनसंगको व्यापारका लागि सवैभन्दा उपयुक्त नाका बुटवल भएकोले अंग्रेजहरूले यस ठाउँलाई हात पार्न अनेक तिकडम अपनाउन थाले । सवैभन्दा पहिला त डराएर धम्काएर यो ठाउँ हात पार्ने योजना गरे इष्ट इन्डिया कम्पनीका गभर्नर जनरल लर्ड हेस्टिङ्गसले ११ मार्च १८१४ मा पत्र पठाई २५ दिनभित्र बुटवल लगायत रौतहटका २२ गाउँ खाली गर्न आदेश दिए । २२ अप्रिल १८१४ मा अंग्रेजले बुटवल र स्यूराज आफ्नो पक्षमा पारी तीनवटा अस्थायी थाना बनाई बाँकी सेनालाई गोरखपुर फिर्ता पठायो । २९ मई १८१४ मा पाल्पाबाट गएको नेपाली फौजले एक महिनाअघि गुमाएको बुटवल पुनः आफ्नो कब्जामा पार्न सफल भयो ।

बुटवल क्षेत्र आफ्नो हातबाट गुमाउनु परेर रन्थनिएको अंग्रेजले नेपाललाई चारैतिरबाट एकसाथ आक्रमण गर्ने योजना बनाए । योजना अनुसार जनरल अक्टर लोनीको नेतृत्वमा पश्चिम नेपाल आक्रमण गर्ने, मेजर जनरल जिलेस्पीको नेतृत्वमा देहरादुन हुँदै गढवाल कब्जा गर्ने, मेजर जनरल उडको नेतृत्वमा पाल्पा बुटवल हात पार्ने र जनरल मार्लेको नेतृत्वमा मकवानपुर कब्जा गर्नेगरी सेना पठायोे । गोरखपुरबाट जनरल उडको नेतृत्वमा आएको सैनिक र कर्णेल उजिरसिंह थापाले नेतृत्व गरेको नेपाली सैनिकबीच बुटवलमा घमासान युद्ध भयो । त्यसयुद्धमा अंग्रेज सैनिकको ठूलो विनास भयो । बीर नेपाली सैनिकको अगाडी उनीहरूको केही सीप लागेन । अन्ततः ठूलो नोक्सानी सहित उनीहरू फर्किए र यस हारको बदला लिन जनरल उडकै नेतृत्वमा तीन महिनापछि पुनः बुटवलमा हमला भयो । यस लडाईमा पनि कर्णेल उजिरसिंह थापाकै नेतृत्वमा रहेको नेपाली सेनाले प्रतिकार गरि अंग्रेज सेनालाई परास्त ग¥यो ।

दुईपटकसम्म कुशल रणकौशल प्रदर्शन गरि अंग्रेज सेनालाई परास्त गर्ने सैनिक कमाण्डर कर्णेल उजिरसिंह थापाको नाम इतिहासमा अमर रहनेछ । अंग्रेज सेनालाई परास्त गर्न प्रयोग गरिएको किल्लालाई जितगढी किल्ला नामाकरण गरिएको छ । यो किल्ला बुटवल वडा नं. १ तिनाउ नदी किनारमा रहेको छ र गौरवका साथ शीर ठाडो पारी आफ्नो गौरवगाथा सुनाईरहेको छ । वीर योद्धा कर्णेल उजिरसिंह थापाको सम्मान र सम्झना स्वरूप उनकै नामबाट जितगढी किल्लाको दक्षिणतर्फ उनको प्रतिमासहित उजिरसिंह उद्यान निर्माण गरिएको छ । यो युद्धमा श्री गुरुबक्स पल्टनको मूख्य सहभागिता रहेको थियो । नेपाली सेनाको बीरताका कारण विश्व विजयी अंग्रेज सेनाले बुटवल क्षेत्रमा पराजय भोग्नुप¥यो । बीरताको रूपमा रहेको यस्तो ऐतिहासिक किल्ला ओझेलमा पर्नु सवैको चिन्ताको बिषय वनेको छ ।

अबको कामः
यस किल्ला परिसरभित्र महिषासुर मर्दिनी श्री ७ रणउजेश्वरी भगवती माताको अठार बाहुको प्रतिमा सहितको सानो मन्दिर बनाउने । बीर योद्धाको सम्मान स्वरूप युद्ध स्मारक बनाउने, हाल निर्माण भएको १३ जना योद्धाको शालिकका अतिरिक्त अन्य बीर योद्धाहरूको शालिक पनि निर्माण गर्नुपर्ने, जितगढी किल्लाको विस्तृत इतिहास समेटेर एउटा बृत्तचित्र निर्माण गरि देश विदेशको टिभीहरूमा प्रशारणको व्यवस्था गर्नुपर्ने र बुटवल १ मा निर्माणाधीन बुटवल युद्ध संग्रहालय शीघ्र सम्पन्न गरि सञ्चालन गर्नुपर्ने । बटौलीलाई चलायमान बनाउन तथा सम्मृद्धको मार्गमा डो¥याउन गणेशथानदेखि जितगढी किल्लासम्म सम्पदा पदयात्रा अभियान सञ्चालन गर्ने हरेक हप्ता या महिनाको एकपटक पालैपालो विभिन्न संघसंस्थाहरूले यसलाई मूर्तरूप दिन योजना बनाउनु पर्दछ । आगामी दिनमा आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि यो क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा थप विकास गरेर यसको ऐतिहासिक महत्वलाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रसम्म सशक्त रूपमा पु¥याउन पहल गरौं । संघीय, प्रदेश तथा स्थानीय सरकार जवाफदेही बन्न सकेमा नेपाली बीरहरूको महिमा र योगदानको यथोचित सम्मान हुनेछ भने पर्यटकहरूको संख्यात्मक बृद्धिले राज्यको आर्थिक पक्षलाई समेत केही मद्दत अवश्य पुग्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?