Butwal Today

हराइरहेका पुरुषको शव खोल्सामा फेला

१९ बैशाख २०८२, शुक्रबार
अ+
अ-

पाल्पा, १९ वैशाख ।

घरबाट हराएका ४९ वर्षीय रेशम सार्की मृत फेला परेका छन् । माथागढी गाउपालिकाको झडेवाका रेशम सार्की ५ दिन अगाडि आफन्तको घरमा हिडेका रेशमको घर नजिक जगंलको खोल्सामा शव फेला परेको थियो । ५ दिनसम्म घरमा नफकिएपछि परिवारले आफन्तको घरमा सम्पर्क गर्दा घर फर्किएको भनेको र घरमा नपुग्दा परिवारका सदस्यले खोज तलाश गर्ने क्रममा उनको शव भेटिएको हो ।

परिवारका सदस्य र प्रहरी चौकी झडेवाको सयुक्त टोलीेले शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सार्कीको शव पोष्टमार्टम गरी आफन्तलाई बुझाएको र घटनाको विषयमा अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी सुनिल मल्लले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?