© २०२३
भैरहवा, ५ मंसिर ।
रूपन्देही क्षेत्र नं. ३ मा भैरहवा नमुना माध्यमिक विद्यालयमा मतगणना सुरु भएको छ । क्षेत्र नं. ३ मा २ बजेदेखि मत गणना सुरु भएको हो । रुपन्देही ३ का मतदाता १ लाख ३२ हजार ७ सय ९१ रहेका छन् भने जम्मा ४६ हजार ३ सय १० जना पुरुष र ४६ हजार ६ सय ६२ जना महिला गरी जम्मा ९२ हजार ९ सय ७२ जनाले मतदान गरेका छन् ।
क्षेत्र नं. ३ मा ५ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य गृहमन्त्री बालकृष्ण खांण र ३ दलीय तालमेलबाट राप्रपाका वरिष्ठ नेता तथा पुर्व मन्त्री दिपक बोहरा प्रतिस्पर्धामा छन् ।