© २०२३
पाल्पा १५ बैशाख ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. १ सिद्धेश्वरमा गएराती जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । लु १ ज २३७७ नम्बरको जिप गएराती सिद्धेश्वरको असारेबाट ठुलापोखरा जाँदै गर्दा सर्वाेत्तम सिमेन्ट खानी नजिकै दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रैनादेवी छहरा १ सिद्धेश्वका ३६ बर्षीय दिपेन्द्र बुढा, बर्ष ३१ को चेतनारायण वि.क. र बर्ष २३ जनक रेगामी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी सुनिल मल्लले बताए । घाइते अवस्थामा रहेका तीनै जनाको मिशन अस्पतालमा पुर्याउदा चिकित्कसले मृत घोषणा गरेका थिए । दुर्घटनामा परी घाइते हुनेमा जिप चालक २७ बर्षीय रञ्जन रेश्मी, र २३ बर्षीय सरोज बुढा रहेको छन् । घाइते दुबै जनाको मिशन अस्पताल तानसेनमा उपचार भइरहेको छ ।