© २०२३
पाल्पा, ५ मंसिर ।
पाल्पामा मतगणनाको लागि सर्वदलिय बैठक बसेको छ । पाल्पाको क्षेत्र नंं १ रामपुर र क्षेत्र नं.ं २ तानसेनमा मतगणनाको लागि सर्वदलीय बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
पाल्पामा ६०. ९४ प्रतिशत मत खसेको छ । २ लाख १ हजार ३ सय २६ मतदाता मध्ये १ लाख २२ हजार ६ सय ९४ मत खसेको छ । पाल्पा क्षेत्र नंं. १ मा ९६ हजार ३३ मतदाता रहेकोमा ५८ हजार ४ सय ९१ मत खसेको छ भने क्षेत्र नंं. २ मा १ लाख ५ हजार २ सय ९३ मतदाता रहेकोमा ६४ हजार २ सय ३ मत खसेको छ । पाल्पामा स्थानीय तह निर्वाचन २०७९ मा ७० प्रतिशत मत खसेको थियो ।
पाल्पा क्षेत्र नंं १ मा प्रतिनिधि सभा सदस्य पदमा १० जना उम्मेदवार रहेका छन् । जसमा ६ जना राजनीतिक दलबाट ४ स्वतन्त्र उम्मेदवार रहेका छन् भने प्रदेश १ मा ५ जना र प्रदेश २ मा ५ जना उम्मेदवार रहेका छन् ।
पाल्पा क्षेत्र नंं. २ मा प्रतिनिधिसभा सदस्यमा १३ जना उम्मेदवार रहेका छन् । जसमा १० राजनीतिक दलबाट र ३ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । क्षेत्र नंं. २ को प्रदेश सभा १ मा ६ जना र प्रदेश सभा २ मा ६ जना उम्मेदवार प्रतिष्पर्धामा छन् ।