© २०२३
बुटवल, ५ मंसिर ।
रुपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ भर्खरै मतगणना सुरु भएको छ । बिहान ११ बजेदेखि मतगणना गर्ने भनिएकोमा सर्वदलीय बैठक लम्बिएकाले गणनामा केही ढिलाई भएको हो । निर्वाचन अधिभकृतको कार्यालय रहेको बुटवल उपमहानगरपालिकाको पुरानो भवनमा मतगणना सुरु भएको निर्वाचन अधिकृत उदविर नेपालीले जानकारी दिए । सुरुमा सरस्वती मावि बुटवल–१ र न्युलाइट मावि तिलोत्तमाको पाँचवटा मतपेटिका खोलिएको छ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका, सैनामैना र तिलोत्तमा नगरपालिकाका २३ वडामा फैलिएको यस निर्वाचन क्षेत्रमा १ लाख २६ हजार ८ सय ७ मतदाता रहेका छन् । त्यसमध्ये ८१ हजार २ सय २ मत खसेको छ । रुपन्देही क्षेत्र नम्बर २ मा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र सत्ता गठबन्धनको समर्थनमा जनमु्क्ति पार्टीका केशवबहादुर थापा (सूर्यवंशी) उम्मेदवार छन् ।