© २०२३
गुल्मी ५ मंसिर ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत गुल्मी जिल्लाको क्षेत्र नम्बर–२ को मतगणना सर्वदलीय सुरु भएको छ । मतगणना गर्नका लागि बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय गुल्मीमा सर्वदलीय बैठक आह्वान गरिएको थियो । मतगणना गर्न जिल्लाका बिभिन्न स्थानबाट जिल्ला सदरमुकाम तम्घासको रेसुङ्गा बहुमुखी क्याम्पसमा मतपेटिका राखिएको छ । जिल्लाका बिभिन्न स्थानबाट राति ३ बजेसम्म मतपेटिका मतगणना लागि तम्घास ल्याइएकाले मतगणना गर्न केहि ढिलाई भएको हो । गुल्मी क्षेत्र नं २ मा १ लाख ४ हजार ३२७ मतदाता मध्ये ५८ हजार ७७३ मत खसेको थियो । यस निर्वाचन क्षेत्रमा ५६ प्रतिशत मत खसेको थियो ।