© २०२३
पाल्पा ।
पोखरा घुमेर फर्कीएका भारतीय पर्यटक नदीमा डुवेर वेपत्ता भएका छन् । गत बुधबार भारतको उत्तर प्रदेश राज्यको गोरखपुरका २५ वर्षिय शिवम पाण्डे पाल्पाको वगनासकाली गाउपालिका ५ कालीगण्डकी नदीको राम्दीमा नुवाउने क्रममा डुवेर वेपत्ता भएका छन् ।
पोखराबाट फर्कीने क्रममा राम्दीमा नुहाउने गएका पाण्डे नदीले बगाउदा वेपत्ता भएक हुन् । प्रहरी चौकी राम्दीको समन्वय र स्थानियको सहयोगमा आफन्त तथा साथीका सुचनाको आधारमा खोजी गर्दा नभेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी र स्थानीयले नदीको तल्लो तटिय क्षेत्रसम्म खोजी कार्य जारी राखेको छ । पाण्डे संगै अन्य ३ जना पोखराबाट सगै फर्कीएको र संगै खोलामा नुवाउन गएको जिल्ला प्रहरीकार्यालयका सुचना अधिकारी सुनिल मल्लले बताए ।
काली गण्डकी नदीमा यस अगाडि पनि कालीगण्डकी करीडोरको राम्दी रानीमहल सडक खण्डमा कार्यरत २जना मजदुरको डुबेर वेपत्ता हुँदा ३ दिन पछि उनीहरुको शव भेटिएको थियो ।