© २०२३
बुटवल, १ मंसिर ।
एमालेका पोलिटब्यूरो सदस्य लिला गिरीले एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बहुमत स्थानमा विजयी हासिल गर्ने दावी गरेका छन् ।
बिहीबार प्रचारप्रसारको अन्तिम दिन बुटवल वडा नं. ७ को वृहत चुनावी ¥यालीपछिको सभालाई सम्बोधन गर्दै प्रदेश सभा निर्वाचन क्षेत्र नं. २(१) का उम्मेदवार लिला गिरीले नेकपा एमालेलाई केन्द्र र प्रदेशमा बहुमतको सरकार बनाउनबाट कसैले पनि रोक्न नसक्ने बताएका हुन् ।
एमाले सबैभन्दा विश्वासिलो र विकास गर्ने पार्टी भएको उनले बताए । ¥यालीमा स्थानीयबासी तथा नेकपा एमालेका उम्मेदवार सहित कार्यकर्ता र शुभेच्छुकहरुको सहभागिता रहेको थियो । आमजनताका समस्या समाधान गर्ने र विकासका योजना सहित काम गर्ने पार्टी नेकपा एमाले नै भएकाले सम्पूर्ण मतदातालाई सूर्य चिन्हमा मतदान गर्न गिरीले आग्रह गरेका थिए । प्रतिवद्धता पत्रमा उल्लेख गरिएका योजनाहरु सम्पन्न गर्ने, शिक्षा, स्वास्थ्य, सिप विकास र रोजगारी तथा स्वरोजगारीको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरी काम गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।
रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार विष्णु पौडेल क्षेत्र नं. २(१) मा स्वयं आफू र क्षेत्र नं २ (२)मा भोजप्रसाद श्रेष्ठको टिम चुनावी मैदानमा रहेकाले सम्पूर्ण मतदातालाई सूर्यमा मतदान गरी एमालेलाई जिताउन उनले आग्रह गरे । मौन अवधिका बेला आम जनतालाई अत्यन्त चनाखो भएर आफ्ना मतहरुलाई सुरक्षित गर्ने र कसैले पनि अवान्छित काम नगर्न सुझाव दिएका थिए । आमजनतालाई सजग रहनुपर्ने भन्दै उनले जनताको अभिमतलाई यथार्थपरक हिसाबले मतपेटिकामा बन्द गर्ने कुरामा एकदमै चनाखो, होसियार र सजग हुन आग्रह गरे ।