© २०२३
नयाँदिल्ली, ७ चैत ।
भारतलेआइसिसी च्याम्पियन्स ट्रफी विजेता टोलीलाई ५८ करोड भारतीय रूपैयाँ पुरस्कार दिने भएको छ ।भारतीय क्रिकेट बोर्ड (बिसिसीआइ) ले ५८ करोड भारतीय रुपैयाँ पुरस्कार घोषणा गरे पछि क्रिकेट जगतमा खुसीयाली छाएको छ । रोहित शर्माको नेतृत्वमा भारतले अपराजित रहँदै च्याम्पियन बनेको थियो । फाइनलमा भने भारतले न्युजिल्यान्डलाई चार विकेटले पराजित गरेर उपाधी जीतेको थियो ।
बिसिसीआइका अध्यक्ष रोजर बिन्नीले लगातार २ वटा आइसिसी उपाधि जित्नु भारतीय क्रिकेटका लागि ऐतिहासिक उपलब्धि भएको बताउँदै र खेलाडी र सहयोगी टिमको मेहनतको सम्मानमा नगर पुरस्कार प्रदान गरिने निर्णय भएको जनाए ।भारतले सन् २०२४ मा आइसिसी ट्वान्टी–२० विश्वकप पनि जितेको थियो ।