ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

लौरो अभियानले भन्यो–‘सत्ता गठबन्धनले भ्रम फैलायो, जनमुक्तिलाई समर्थन छैन’

१ मंसिर २०७९, बिहीबार
१ मंसिर २०७९, बिहीबार

बुटवल, १ मंसिर ।

हाम्रो नेपाली पार्टीको लौरो अभियानले सत्ता गठबन्धनले आफ्नो दलविरुद्ध भ्रमपूर्ण समाचार फैलाएको आरोप लगाएको छ ।

बुधबार गृहमन्त्री खाणसहित गठबन्धनका उम्मेदवारहरुले बुटवलमा पत्रकार सम्मेलन गर्दै हाम्रो नेपाली पार्टीका निकोलश भनिने कमल भुसाल नेतृत्वको लौरो अभियानले गठबन्धनलाई समर्थन गरेको बताएका थिए । कार्यक्रममा निम्त्याइएका सो पार्टीका तुल्सीराम भुसाललाई महामन्त्रीको रुपमा आसनग्रहण गराइएको थियो । उनले आफ्नो मन्तव्य राख्दै रुपन्देही २ र ३ गठबन्धनलाई समर्थन गर्ने बताएका थिए ।

तर त्यसको १२ घण्टा नबित्दै हाम्रो नेपाली पार्टीले सत्ता गठबन्धनले भ्रमपूर्ण प्रचार गरेको भन्दै आपत्ति जनाएको छ । रुपन्देही क्षेत्र २ र ३ नम्बरका उम्मेदवारहरु सहभागी बुधबारको कार्यक्रममा गृहमन्त्री खाणसहित अन्य उम्मेदवारहरु समेत सहभागी थिए । त्यसक्रममा गृहमन्त्री खाणले विपक्षी दल र उम्मेदवारले भ्रमपूर्ण सूचनाहरु प्रवाह गरिरहेको आरोप लगाएका थिए ।

तर उनकै कार्यक्रममा भ्रमपूर्ण प्रचार गरिएको लौरो अभियानको आरोप छ । ‘लौरो अभियान’ का नामले परिचित हाम्रो नेपाली पार्टीले आफूहहरुको अभियानलाई बदनाम गराउने नियतले भ्रामक हल्ला चलाइएको भन्दै आपत्ति जनाएको हो । हाम्रो नेपाली पार्टीका प्रवक्ता ई. डिल्लिश्वोर कार्की ‘रोहन’ ले विज्ञप्ति निकाल्दै कुनै दल वा गठबन्धनका उम्मेदवारलाई समर्थन, तालमेल गरेको भनेर आइरहेका समाचारहरु निराधार रहेको बताएका छन् ।

रुपन्देही २ मा सत्ता गठबन्धनका उम्मेदवार जनमुक्तिका केशवबहादुर थापा मगरलाई लौरो अभियानको समर्थन रहेको भनी मिडियाबाजी गरेपछि आफुहरु प्रष्टीकरण दिन बाध्य भएको प्रवक्ता कार्कीले बताए ।

थापा एमालेका विष्णु पौडेलका मुख्य प्रतिस्पर्धी हुन् । ‘सत्ताको आडमा गठबन्धनले कुप्रचार गरेको छ । यसबाट हाम्रो अभियानमाथि अविश्वास गराउन खोजिएको छ’, उनले भने । ‘हाम्रो लौरो अभियानले स्वतन्त्र उम्मेदवारबाहेक कसैलाइ पनि समर्थन गर्ने कुरा हाम्रो सिद्धान्तमै नरहेको हुनाले देशैभरि जहाँजहाँ हाम्रा लौरो उम्मेदवारहरु हुनुहुन्न, त्यहाँ हामीले स्वतन्त्रहरुलाई समर्थन गरिसकेको र गर्न बाँकी ठाउँमा समेत सक्षम स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्नेबारे छलफल भइरहेको कुरा अवगत गराउछौं’, हाम्रो नेपाली पार्टीको विज्ञप्तिमा भनिएको छ । महामन्त्री तुलसिराम भुसालको नाममा गठबन्धनका उम्मेदवारलाई समर्थन गरिएको भनेर प्रचार गरिएको भन्दै भुसाल हाम्रो नेपाली पार्टीको तथा लौरो अभियानको साधारण सदस्यसमेत नरहेको साथै चिन्दै नचिनेको प्रवक्ता कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?