ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

वैचारिक र राजनैतिक सिद्धान्त नमिल्ने हुँदा गठबन्धन टिक्दैनः गुप्ता

३० कार्तिक २०७९, बुधबार
३० कार्तिक २०७९, बुधबार

चन्द्रौटा(कपिलवस्तु), ३० कात्तिक ।

कपिलवस्तु क्षेत्र नम्बर ३ का नेकपा एमाले प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मंगल प्रसाद गुप्ताले सत्ता र कुर्सीको लोभले ५ दलीय गठबन्धन गरिएको आरोप लगाएका छन् । मिलिजुली, पालैपालो मन्त्री र प्रधानमन्त्री बन्ने कुर्सीको लोभमा गठबन्धन गरिएकोले जनता सचेत हुनुपर्ने उनको भनाइ छ ।

उनले ती पार्टीका एक आपसमा वैचारिक सिद्धान्त र राजनैतिक सिद्धान्त नमिल्ने हुँदा गठबन्धन टिक्न नसक्ने दाबीसमेत गरे । बुधबार शिवराज नगरपालिका–५ चन्द्रौटामा आयोजित नेकपा एमालेको बृहत घरदैलो तथा आम सभा कार्यक्रममा उम्मेदवार गुप्ताले यस्तो बताएका हुन् ।

उनले भने; ’नेता–नेता बीच सम्झौता हुन सक्छ । तर जनता–जनताबीच कदापि सम्झौता हुन सक्दैन’ । परमादेशी सरकारको कार्यकालमा देशमा चरम महङ्गी, अत्यधिक व्याजदर बृद्धि र इन्जन जस्ता अत्यावश्यक वस्तुमा चरम मुल्य बृद्धिले नागरिक आजित भइसकेको बताए ।

उनले देश डुब्न लागेको भन्दै अब जनताले जनमतबाट जोगाउन आवश्यक रहेको जिकिर गरे । उनले देशमा स्थिर सरकार नभएसम्म सुशासन, विकास र समृद्धि हुन नसक्ने बताउँदै एमाले नेतृत्वको सरकार आवश्यक रहेको हुँदा एमाले जिताउन आम जनतालाई अनुरोेध समेत गरे ।

यसैगरी क्षेत्र नम्बर ३ (१) का प्रदेश सभा सदस्य तथा निवर्तमान सांसद अर्जुन कुमार केसीले आफ्नो क्षेत्रमा भौतिक पुर्वाधार, शिक्षा, स्वास्थ्य र कृषिमा उल्लेखनीय विकास गरेको बताए ।

सरुवा रोग अस्पताल, सडक कालो पत्रे, पक्की पुल झोलुङ्गे पुल, डीप बोरिङ्ग, तटबन्ध, विद्यालय बस, खानेपानी व्यवस्थापन लगायत विभिन्न काम गरेको जनाए । उनले आफूले गरेको प्रतिबद्धताहरु पूरा गरेको दाबी गर्दै विविध समस्याले गर्दा केही बाँकी अधुरा कामलाई पुनः जिते निरन्तरता दिने बताए । छोटो समयमा विकासको काम गर्न सफल भएकोले फेरि प्रदेश सभा सदस्यको उम्मेदवारीले नागरिकहरु खुसी भएको बताए ।

यस्तै क्षेत्र ३ (२) प्रदेश सभा सदस्य उम्मेदवार रजाउ रहमान खाँले एमालेको कामले जनता खुसी भएको बताए । उनले देशमा एमाले नेतृत्वको सरकारको खाँचो रहेको बताउँदै आम जनसमुदायले एमालेलाई जिताउन अपिल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?