ट्रेंडिंग:

>> विश्व उपभोक्ता अधिकार दिवस मनाइँदै, उपभोक्ता अदालतको आज उद्घाटन >> तिब्बत र आन्ध्र महासागरमा भूकम्प >> अल खोलूउदमाथि अल नासरको शानदार जित >> राज्यको ढुकुटीमाथि दोहन: पूर्वविशिष्टलाई आजीवन सुविधा दिने कानुन बनाइदै, प्रकाशमानको झुट समातियो ! >> कार्नीले लिए क्यानडाको प्रधानमन्त्रीको शपथ >> गठबन्धन सरकार बनेपछि जनतामा निराशा चिरिँदै गएको छ: उपप्रधानमन्त्री सिंह >> मिथिलासहित मधेशका विभिन्न ठाउँमा आज पनि होली >> ११ वटा क्याम्पसमा स्ववियु चुनावको प्रक्रिया अवरुद्ध >> पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, कहाँ कहाँ हुन्छ आज वर्षा ? >> आगलागीमा परेर त्रिवेणीमा एकजनाको मृत्यु, कपुरकोटमा चार लाखको क्षति >> खण्डहरमा परिणत हुदै ठाटी >> होली जिल्लास्तरीय लनटेनिस प्रतियोगिता सम्पन्न >> सम्झनाको उत्कृष्ट ब्याटिङमा नेपालको सान्त्वना जित >> हङकङविरुद्ध नेपालले पायो १०५ रनको लक्ष्य >> देवसिद्धमा अभिभावक अभिमुखीकरण तथा रक्तदान >> फिल्म ‘होस्टेल-३ ’ ले कति कमायो ? >> तराई होली : बिहानैदेखी रौनक >> आज सुनको मूल्य एकैचोटि ४ हजार रुपैयाँले वृद्धि >> बर्दघाट खानेपानीमा स्वचालित प्रणाली जडान >> अमेरिकी एयरलाइन्सको विमानमा आगलागी >> ६० बर्षका आमिर खान फेरी प्रेममा परे ! >> ट्रम्पद्वारा अमेरिकामा जन्मसिद्ध नागरिकतामा आंशिक प्रतिबन्ध लगाउन सर्वोच्च अदालतमा अपील >> साहित्यकार लीलबहादुर क्षेत्रीको निधन >> समाजवादी मोर्चाको बैठक जारी >> प्रधानमन्त्री ओलीद्वारा साहित्यकार क्षेत्रीको निधनप्रति शोक व्यक्त >> दोस्रो लुम्बिनी प्रदेश लिग फुटबल सुर्यनगर रङ्गशालामा हुने >> आजदेखि नयाँ ब्याजदर लागु, कुन बैंकको बढ्यो, कुन बैंकको घट्यो ? >> कमलसिंह ऐरीको अलराउण्ड प्रदर्शनः एपीएफको मधेश प्रदेशमाथि २ विकेटको रोमाञ्चक जित >> नेपालीहरूको मौलिक र सांस्कृतिक पर्व होली >> रंगहरूको पर्व होलीको शुभकामना >> आफै पीडित,तर अर्काका लागि मनकारी >> होली उत्सवः रङ्गले ‘विद्यालय चिरिच्याट्ट’ >> नेपालको राजनीति र स्ववियु निर्वाचन >> फागु उत्सवः पहाडमा मनाईयो,तराईमा आज >> कुटपिट र चक्कु प्रहारमा संलग्न रहेकाे आराेपमा ६ जना पक्राउ >> चार देशीय सिरिजमा नेपालले आज हङकङविरुद्ध खेल्दै >> तराई तथा मधेसमा आज होली मनाइँदै >> पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, आज कहाँ कहाँ हुन्छ वर्षा ? >> अब रवि र छविको मुद्दा एकैसाथ हेरिने उच्च अदालतको फैसला >> पाल्हीनन्दन गाउँपालिका अध्यक्ष लागुऔषध कसूरदार ठहर >> रुपन्देहीका निमार्ण ब्यवसायीले मनाए होली >> के तपाईको मृगौला ठिक छ? >> २०८१ को एसईई तयारी पूरा, ५ लाख ८ हजार विद्यार्थी परीक्षा दिने >> चैत महिनाका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक >> रुपन्देहीमा विभिन्न संघसंस्थाको होली मिलन कार्यक्रम >> इजरायली सेनाद्वारा जेनिन गभर्नरेटमा ३ प्यालेस्टाइनीको हत्या >> बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले छिट्टै फर्किने दाबी >> होलीको पर्वमा अवाञ्छित गतिविधि गरेको आरोपमा १२ जना पक्राउ >> विपक्षी चारदलीय समाजवादी मोर्चाको बैठक भोलि बस्दै >> पोखरामा चीनको छेन्दुसम्म पहिलो व्यावसायिक चार्टर्ड उडानको शुरुआत

नेपालीहरूको मौलिक र सांस्कृतिक पर्व होली

१ चैत्र २०८१, शुक्रबार
१ चैत्र २०८१, शुक्रबार

फागुपूर्णिमा (होली) पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउँछ । होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवद्र्धन गर्न प्रेरणा प्रदान गर्दछ । जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण नेपाली समाजलाई विविधता बीचको एकता कायम गर्न पर्वले मद्दत पु¥याउने निश्चित छ । विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि हो । यो पर्वले समस्त नेपालीहरूबीच रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउँछ । होलीमा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको छ । यही नै विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि हो । विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याएपछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राति चीर दाह गरेपछि समापन हुन्छ । रङहरूको पर्वका रूपमा प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने होली पर्व देशभर विभिन्न रङ र अबिर खेल्दै खुसियालीसाथ मनाउने परम्परा रहेको छ । होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइने गरिन्छ ।

फागुपूर्णिमा (होली) पर्व संस्कार, सभ्यता र आपसी प्रेमको चाड हो । यो पर्वले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्दै सबैमा प्रेम, शान्ति र भाइचारा अभिवृद्धि गर्ने विश्वास छ । फागु पर्वले असत्यमाथि सत्यको विजयको सन्देश दिएको छ । धार्मिक रूपमा भक्त प्रह्लादको कथासँग जोडिएको यो पर्वले जीवनमा सकारात्मक सोच राख्न प्रेरणा दिन्छ । यो विभिन्न जातजाति, धर्म, क्षेत्रका मानिसहरूबीच मेलमिलाप र एकता बढाउने, नेपाली समाजको पहिचान झल्काउने पर्व हो, रङ, रमाइलो र उत्सवमय वातावरणले यस पर्वलाई अझ उल्लासमय बनाउँछ । पछिल्लो समय फागु पूर्णिमा मनाउने तरिकामा केही विकृतिहरू देखिन थालेको छ । जबर्जस्ती रङ दल्ने, अभद्र व्यवहार गर्ने, मादक पदार्थको दुरूपयोग गर्ने जस्ता प्रवृत्तिले चाडको वास्तविक भावना धमिल्याइरहेको छ । नेपाल बहुजाति, बहुभाषी, बहुसांस्कृतिक, बहुधार्मिक, बहुभौगोलिक विशेषता भएको देश हो । नेपालमा अनेक जाति, भाषा, संस्कृति छन्, आ–आफ्नै मौलिक संस्कृति र चाडपर्व छन् । विविध चाडपर्व र संस्कृतिभित्र नेपाली एकता प्रतिविम्बित छ । सामाजिक, सांस्कृतिक र राष्ट्रिय महत्व बोकेको फागुपूर्णिमा (होली) पर्वले सांस्कृतिक वैभव र धरोहरलाई समृद्ध बनाउन सघाउ पु¥याउँछ । यस पर्वले देश र समाजमा एकता तथा शान्ति कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । फागु पर्वका अवसरमा तयार पारिने विशेष परिकार मालपुवा, दालपुरी, खिरलगायत मिठा–मिठा व्यञ्जन सामूहिक रूपमा ग्रहण गर्नु नेपाली संस्कृतिको अर्को कालजयी रीतिरिवाज हो, यसको संरक्षण र सम्वद्र्धन गर्न जरूरी छ । आपसी कटुता, मतभेद, क्लेश, मनमुटाव र मनोमालिन्य बिर्सेर पारिवारिक, सामाजिक र समुदायगत सम्बन्धलाई नवीकरण गर्दै थप उचाइमा पु¥याउन होली एउटा उत्तम माध्यम हो । फागु पर्वले नयाँ पिँढीलाई नेपाली संस्कृति र परम्पराबारे जान्ने अवसर प्राप्त भई आफ्नो संस्कृतिप्रति गर्व र सम्मान गर्ने भावना विकसित गर्नमा पनि सहयोग पुग्ने आधार तयार गरेको छ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन हिमाली, पहाडी तथा भित्री मधेसमा र त्यसको भोलिपल्ट तराई–मधेसमा फागुपूर्णिमा, होली, होरी, फगुवा, रङपञ्चमी आदि नामले यो पर्व मनाउने परम्परा रहिआएको छ । होली पर्व विभिन्न नामबाट मनाइए पनि यसको सारतत्व आपसी सद्भाव, भाइचारा र मेलमिलापका साथ खुसी साटासाट गर्नु नै हो ।

प्राचीनकालमा चन्दन र अबिर लगाएर होली मनाइने गरिएकामा पछिल्ला केही वर्षयता कृत्रिम र मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने रङहरूको प्रयोग बढ्नु राम्रो होइन । होली मौलिक वाद्य उपकरण डम्फु र ढोलकको तालमा गाइने लोकभाका र परम्परागत होरी गीत र जोगिरा नेपाली संस्कृतिको मौलिक पहिचान हो, यसको जगेर्ना गर्न सक्नुपर्दछ । होली राष्ट्रिय एकता र समरसताको प्रतीक हो । यो पर्व धर्म, जाति र क्षेत्रभन्दा माथि उठेर एकैसाथ र सामूहिक रूपमा मनाइने भएकोले राष्ट्रिय एकता बलियो बनाउन सहयोग पुग्छ । फागु पर्व (होली) मा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपले विविधतापूर्ण रहेको छ । नेपालको हिमाल, पहाड र तराईका जिल्लामा हर्षोल्लासका साथ एक अर्कालाई रङ लगाई खुसियाली साटासाट गर्दै खेलिने फागु पर्व हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो । अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको फागु पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सक्नुपर्दछ । होली पर्वका अवसरमा हुने विकृतिलाई निरुत्साहित गर्दै सभ्य रूपमा होली मनाउनुपर्दछ । फागु पूर्णिमाका अवसरमा जथाभाबी लोला हान्ने, फोहर पानीको प्रयोग गर्ने, हूलहुज्जत गर्नेजस्ता विकृति पनि देखिन थालेकाले यसो गर्नु हुँदैन । यस पर्वले हामी सबैलाई आपसी सद्भाव, भ्रातृत्व एवं विविध रङहरूको मिश्रणजस्तै एकताबद्ध भई अघि बढ्न प्रेरणा दिनेछ । नेपाली समाजमा मनाइने विविध सांस्कृतिक तथा ऐतिहासिक महत्वका चाडपर्वहरूमध्ये फागु पर्व एक विशिष्ट पर्व हो । पहाडमा पहिलो दिन र तराई–मधेसमा त्यसको भोलिपल्ट मनाइने यस पर्वलाई मधेस प्रदेश र विशेषगरी मिथिला क्षेत्रमा निकै महत्वका साथ मनाउने गरिन्छ । परिवार, आफन्तजन, साथीभाइ जम्मा भई एकअर्कालाई विविध रङ दलेर, टीका लगाएर सांस्कृतिक सद्भाव र सामाजिक सम्बन्ध गाढा बनाउने महत्वपूर्ण पर्वका रूपमा यसलाई मनाउने गरिन्छ । नेपालका अधिकांश जातजाति, भाषाभाषी र समुदायले हर्षोल्लासपूर्वक मनाउने यस पर्वले मनोरञ्जनका साथै भावनात्मक एकता कायम गर्न पनि विशेष भूमिका खेल्दै आएको छ ।

“पूर्वीय सभ्यता, दर्शन, चिन्तन परम्परा, मौलिक संस्कृति र विविध पर्वहरूका दृष्टिले हामी धेरै सम्पन्न छौँ । विविधतासहितको एकतामा आधारित हाम्रो समाज र संस्कृति संसारकै निम्ति अनुकरणीय र प्रेरणादायी छ । यसको जगेर्ना गर्दै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विशेषतामा आधारित देश, समाज र संस्कृतिलाई थप समुन्नत बनाई राष्ट्रिय एकता र सद्भावलाई सुदृढ गर्नु हामी सबैको साझा दायित्व हो । फागुपूर्णिमा (होली पर्व) जस्ता चाडपर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्छ । पहिलो दिन हिमाली र पहाडी क्षेत्र तथा भोलि दोस्रो दिन तराई–मधेसमा हर्षोल्लासका साथ मनाइने होली पर्वले समुदायलाई एकताबद्ध गर्न सघाउने छ । विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरूलाई आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र सम्बर्धन एवं फरक जाति र समुदायको संस्कृति र आत्मस्वाभिमानको सम्मान गर्न अभिप्रेरित गर्दछ । रङ्हरूको पर्वका रूपमा स्थापित होली पर्व त्यस्तो पर्व हो, जसले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं सम्मिलनलाई प्रतिनिधित्व गर्दछ ।

अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रो साझा पहिचान हो, यहाँका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्वहरू छन् । मौलिक चाडपर्वहरूले समुदायबीच आपसी सद्भाव बढाउने र राष्ट्रिय एकतालाई अझ मजबुत बनाउने छ । असत्यमाथि सत्य, अन्यायमाथि न्याय र अन्धकारमाथि उज्यालोको विजयको प्रतीकका रूपमा मनाइने फागु पूर्णिमा (होली) पर्वले समाजमा प्रेम, भाइचारा र मित्रताको सन्देश फैलाउन सहयोग पु¥याउँछ । सभ्य, मर्यादित, र सौहार्दपूर्ण रूपमा होली मनाउनु जरुरी छ । यस पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमंग, र हौसला प्रदान गरोस् ।
(नेताहरूको शुभकामना सन्देशबाट)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%