ट्रेंडिंग:

>> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत

डोनाल्ड ट्रम्प, शान्तिप्रिय नै हुन् त ?

२७ फाल्गुन २०८१, मंगलवार
२७ फाल्गुन २०८१, मंगलवार

केही दिनअघि विश्वका प्रमुख सञ्चार क्षेत्रहरूको पनि समाचार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बीच भएको सम्वादका विषयहरूमा आधारित बन्यो । समाचार यस्तो भनेछन् भन्ने खालले मात्र आएको भए सायद यति धेरै चर्चा पनि हुँदैनथ्यो होला । तर वादविवादको प्रत्यक्ष भिडियो नै समाचारका रूपमा आएकाले पनि यस विषयले प्रमुख स्थान पाउनु स्वाभाविक नै भयो । सो भिडियोमा जेलेन्स्कीले अझै पनि युद्ध गरिराख्ने र रुसलाई हराएरै छाड्ने खालको विचार अमेरिकी राष्ट्रपतिसमक्ष प्रकट गरिरहेका छन् भने अमेरिकी राष्ट्रपतिले चाहिँ अमेरिकाले यो भन्दा अघि यति धेरै पैसा र युद्ध सामग्रीको प्रयोग गरेर आखिर के पायो ? त्यसैले अबको बाटो भनेको रुससँगको युद्धविराम नै हो भन्ने खालले सम्झाउन खोजी रहेका छन् । हुन त युक्रेन र रुस सम्बन्धि युद्धको विषयमा जानकार नभएकाहरू एवम् युद्ध नै गराएर रुस र युक्रेनलाई कमजोर पार्ने उद्देश्य भएकाहरूले वार्तामा वादविवाद गरिरहेका जेलेन्स्किको अनुहार सम्झँदै कठै कठै भन्ने खालले व्याख्या गरिरहेका छन् ।

तर यस सम्बन्धि विषयको विशेष जानकार एवम् विश्वमा युद्धरहित माध्यमले शान्ति ल्याउने अभियानमा लागिरहेकाहरूले पटक–पटक भन्ने गर्दछन् – युक्रेनी राष्ट्रपति जेलेन्स्किको कमजोर र काँचो बुद्धिका कारणले नै युक्रेनले अनावश्यक रूपमा युद्ध गरिरहेको छ । हुन पनि रुस र युक्रेन यी दुबै राष्ट्रको अस्तित्वमा असमान खालको त्यस्तो लामो इतिहास रहेको पनि छैन । यी दुबै देशमा बस्ने मानिसहरू त्यस्तो असमान छुट्टै धर्म या समाजमा विभाजित पनि छैनन् । पश्चिमी युक्रेनका केही समूहहरूले क्याथोलिक चर्चलाई मान्ने भएतापनि सबै एउटै जातजातिकै रूपमा रहेका छन् । त्यसैले राष्ट्र कि राष्ट्र भनेर देशलाई नै मृत्युकको मुखमा पु¥याउने खोक्रो राष्ट्रवादमा लागेर देश नै वर्वाद पार्नु पनि थिएन । तर के गर्ने रूसलाई कसरी तहस नहस पारेर आफुहरू युरोपभरिको नायक हुन सकिन्छ भन्नेहरूले अमेरिकाको तात्कालिक प्रशासनलाई पनि रिझाएर युक्रेनलाई युद्धभूमि बनाएरै छाडे । शक्तिशाली र सम्पन्न राष्ट्रका रूपमा रहेको युक्रेन आफ्नै छिमकीसँगको युद्धले गर्दा नराम्रोसँग पछि परेको छ । अब उसले युद्धसमयमा दिइएको अमेरिकी सहयोगको हिसाब किताब गर्नु परेको छ या आफ्नो देशमा रहेको दुर्लभ खजिज पदार्थ अमेरिकालाई कौडीका भाउमा दिनुपरेको छ । यो सबैको कारण भनेको जेलेन्सी नै भएका छन् । त्यसैले युद्धप्रेमी जेलेन्सीका अगाडि ट्रम्प शान्तिप्रेमी देखिएका छन् ।

प्रसङ्ग अनुसारको यस भिडियोको विषयले संसारका हरेका कुना कुनामा बसिरहेका मानिसहरूको मनमा प्रश्न उठिरहेको के छ भने के साँच्चिकै डोनाल्ड ट्रम्प शान्तिप्रिय नै हुन् त ? यो प्रश्न उठ्नु पनि स्वाभाविकै देखिन्छ । किनभने यसभन्दा अघि भएका अधिकांश अमेरिकी राष्ट्रपतिको भावना एवम् सिङ्गो देशकै नीति पनि वर्तमान राष्ट्रपतिको जस्तो देखिएको थिएन । अमेरिकालाई विश्वमा अशान्ति ल्याउने देशका रूपमा सबैतिर चित्रण गरिँदै आइएको थियो । हाम्रै देश नेपालमा पनि अमेरिकालाई साम्राज्यवादीका रूपमा चित्रण गर्दै आफुहरू गरीब र निमुखाहरूका पक्षमा भएको भाष्य निर्माणका साथ पार्टीहरू सत्तासीन भएको विषय हामीले देख्दै आइरहेका छौँ नै । यस विषयको चर्चा त डोनाल्ड ट्रम्पले भरखर मात्र गरिसकेका हुनाले अहिले ती सबै म्याउ विराली जस्तो भएर बसिरहेका छन् नै । हुन त अमेरिका आदि यी शक्तिशाली राष्ट्रहरूको विदेश नीतिमा त्यहाँको सरकार परिवर्तन भएर तात्त्विक भिन्नता चाहिँ हुन्न भन्ने नै थियो । तर विश्वका शक्तिशाली देशहरूकै पङ्क्तिमा रहेको छिमेकी राष्ट्र भारतको विदेश एवम् स्वदेशकै नीतिमा पनि विगत १० वर्षदेखि अर्कै रूपमा गएको हामीले प्रत्यक्ष देखेकै छौँ । त्यसैले पनि अब अमेरिकाले पनि आफ्नो विदेश एवम् स्वदेश नीतिमा परिवर्तन गर्दै गर्दैन भन्ने चाहिँ रहेन नै । यसको गतिलो प्रमाण त अझ केही समयअघि डोनाल्ड ट्रम्पले उठाएको युएसएआइडीको विषय नै हो भने त्यहाँ केही समयअघिदेखि बसिरहेका अवैध आप्रवासीहरूको तत्काल घरफिर्ति पनि अर्को प्रमाण हो । उसले आफ्ना चार्टर प्लेनहरूद्वारा त्यहाँ बसेका अवैध आप्रवासीहरूलाई घरफिर्ती गरिरहेको छ भने अमेरिका बस्ने नै हो भने त्यहाँ बस्नका लागि केही मोटो रकम तिरेर बस्न सकिने प्रावधान पनि ल्याएको छ । त्यसैले डोनाल्ड ट्रम्पले अब त्यहाँको विदेश नीतिमा परिवर्तन गर्न सक्दैनन् भन्ने आधार चाहिँ रहेन नै । अतः अहिलेसम्म विश्वमा लडाई झगडाकै विषयमा रोमल्लिरहेको अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वशान्तिको नीति नलेलान् भन्न चाहिँ सकिएन नै ।
सन् २०१७ मा अमेरिकाका लागि ४५ औँ राष्ट्रपतिका रूपमा सपथ लिएका उनले त्यतिखेर पनि केही अपत्यारिला कामहरू गरेका थिए ।

त्यतिखेरको उनको काम देखेर पनि उनको आत्माले विश्वमा शान्ति नै ल्याउने हो र अमेरिका सधैँ शक्तिशाली भइरहने हो भने आफ्नो सञ्चित रकम युद्ध एवम् अशान्तिका लागि कसैलाई दिइरहनु पनि गलत हो र अमेरिका विभिन्न माध्यमले अरू देशहरूको सार्वभौमसत्तामाथि बोलिरहनु पनि गलत हो भन्ने कुरा स्वीकार गरिएको जस्तो देखिन आएको थियो । उनले आफ्नो पहिलो कार्यकालका समयमा कसैले पनि अनुमान नै गर्न नसकिने खालले उत्तर कोरियाका शासक किम जोङ् उन सँग पनि शान्तिका लागि हात मिलाएका थिए भने चीनसँग पनि धेरै हदसम्म सम्बन्ध सुधार गरेका थिए । सधैँभरि लडाइ झगडा गराएर राम हेर्ने र आफ्नो अभीष्ट पुरा गर्ने गिद्धे प्रवृत्ति भएकाहरूले त त्यतिखेर ट्रम्पलाई सन्की राष्ट्रपतिका रूपमा पनि चित्रण गर्न भ्याएका थिए तर अहिले पुनः संसारकै शिक्षितहरूको बसाई भनिएको अमेरिकी जनताहरूले राष्ट्रपतिका रूपमा निर्वाचित गरेपछि भने उनका बारेमा त्यस खालका टिप्पणी गर्नेहरूका कुराहरूले बजार पाउन सकेका छैनन् । एक शक्तिशाली राष्ट्र जसले युरोप एवम् अन्यत्रका पनि इजरायल आदि देशहरूको सहयोगले उत्तर कोरियालाई सहजै पराजित गर्न सक्थ्यो नै । तर ट्रम्पलाई भित्रैदेखि शान्तिका माध्यमले वादविवादको समाधान गर्नुपर्दछ भन्ने भावना आएकाले नै अमेरिकालाई सधैँभरि स्थायी शत्रुका रूपमा मान्ने ती राष्ट्रहरूसँग हात मिलाउन पुगेका हुन् । उनी एक प्रतिष्ठित अर्थशास्त्री पनि भएकाले अमेरिकाले युद्धका माध्यमले अर्थोपार्जन गर्ने नभई झन् पछि झन् ऊ कमजोर हुन जाने कुराको महसुस गरी सो किसिमको शान्तिका लागि हात मिलाएको देखिन्छ ।
अतः अन्त्यमा डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा गरेको व्यवहार एवम् उनको दोस्रो कार्यकालको राष्ट्रपतिका रूपमा भइरहेका प्रारम्भिक कार्यहरूले पनि उनलाई शान्तिप्रिय नै देखाएको छ । डोनाल्ड शान्तिप्रिय मात्र नभएर एक सच्चा राष्ट्रवादी नेताका रूपमा पनि देखिएका छन् । यसले गर्दा विश्वमा शान्ति चाहनेहरूका लागि पनि खुशीका दिन आउने सम्भावना देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?