© २०२३
परासी, २९ कात्तिक ।
प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवाले संविधानको रक्षाका लागि वर्तमान सत्तारुढ दलहरुबीच गठबन्धन बनेको बताउदै चुनावपछि पनि गठबन्धन कायम रहने बताएका छन् । मंगलबार पश्चिम नवलपरासीको बर्दघाटमा आयोजित बाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दे प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीले जस्तो आफुहरुले संसद विघठन नगर्ने भएकाले ठुक्क भएर मतदान गर्न आह्वान गरे । गठबन्धन भित्र कुनै असहमति नरहेको स्पष्ट पार्दे प्रधानमन्त्री देउवाले गठबन्धन भित्र केहि तत्वले झगडा गराउन खोजेको पनि बताए ।
अहिलेको संविधानमा महिला, दलीत तथा पिछडिएको वर्गको लागि आरक्षण कायम गरिएको देउवाले नेपालको संविधान संसारको उत्कृष्ट समावेशी संविधान भएको पनि दाबी गरे । सो क्षेत्र बाट गठबन्धनको तर्फ बाट नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपती विनोद चौधरी प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार छन् । प्रधानमन्त्री देउवाले चौधरीलाई जिताए नवलपरासीको विविध समस्या समाधान हुने विश्वास व्यक्त गरे ।