ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि
विशेष समाचार

यसरी हुँदैछ रुपन्देहीमा पूर्वाधार विकास

३० कार्तिक २०७९, बुधबार
३० कार्तिक २०७९, बुधबार

बुटवल, ३० कात्तिक ।

दश वर्षअघि बुटवलदेखि भैरहवा पुग्न एक घण्टा लाग्थ्यो । गौतम बुद्धको जन्मस्थल जान लालायित पर्यटक साँघुरो सडकका कारण दिक्क हुन्थे । त्यसमाथि पुराना र थोत्रा बसको यात्राले भैरहवा पुग्ने यात्रुहरुको यात्रा पट्यार लाग्दो हुन्थ्यो । तर, अहिले बुटवलदेखि बेलहिया सम्मको सडक ६ लेनको बनेपछि आवागमन सहज भएको छ ।

डक फराकिलो भएपछि बुटवल–भैरहवाको दूरी छोटिएको छ । अहिले २० मिनेटमै बुटवलदेखि भैरहवा पुग्न सकिन्छ । फराकिलो सडक, डिभाइडरमा राखिएका गौतम बुद्धका मुर्ति र रङ्गिचङ्गी फूलहरुले सडक सुन्दर देखिएको छ । फराकिलो बनेको बुटवल– बेलहिया सडकले रुपन्देहीको रुप फेरिएको छ । सडक मात्रै होइन, रुपन्देहीमा पछिल्लो दशक यता पूर्वाधार विकासले उल्लेख्य फड्को मारेको छ । कतिपय ठूला आयोजना सम्पन्न भएका छन् भने कतिपय निर्माणाधीन छन् ।

पूर्वाधार विकासकै कारण रुपन्देही देशकै नमुना जिल्ला बन्दै छ । निर्माण सम्पन्न भएका र सुरु भएका दर्जनौ योजनाको कार्यान्वयनले विकासको नमुना र अगुवा जिल्लाका रुपमा रुपन्देहीको रुप फेरिँदै गएको हो । पछिल्लो डेढ दशकलाई तुलना गरेर हेर्दा जिल्लाले विकासमा छलाङ मारेको छ ।

यो क्षेत्र विकासकलाई यो उचाइमा पुर्याउने जस यहाँका जनप्रतिनिधिलाई नै जाने गर्दछ । विकासको बलियो जग बसालेका विष्णु पौडेल पटकपटक अर्थमन्त्री तथा मन्त्री हुँदाको फाइदा जिल्लाले पाएको यहाँका मतदाताको भनाइ छ । उनै पौडेल पुनः प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका छन् । यो क्षेत्र नं २ मात्र नभई समग्र रुपन्देहीबासीका लागि खुशीको कुरा भएको बताउँछन् बुटवल– १३ का अगुवा तुलसीराम पौडेल ।

जिल्लामा सुरु भएका योजनाको पूर्णता र नयाँ योजनाको थालनी गर्न अहिलेको अवस्थामा पौडेलको विकल्प नभएको उनको भनाइ छ । “पार्टीभित्र मात्रै होइन अरु पार्टीमा समेत पौडेललाई टक्कर दिने नेता छैनन्”, तुलसीराम भन्छन् ।

पौडेलकै नेतृत्वमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो चरण सम्पन्न भई सञ्चालनमा आएको छ र दोस्रो चरणको निर्माणकार्य सुरु हुँदैछ । बिमानस्थल निर्माणले यो क्षेत्रका उद्योगी व्यवसायी हौसिएका छन् । यसको दीर्घकालीन योजना बनाएर निरन्तर अन्तर्राष्ट्रिय उडान हुने हो भने रुपन्देहीले विकास ठूलो फड्को मार्ने बताउँछिन् लुम्बिनीका पर्यटन व्यवसायी मिरा गौतम ।

पौडेल रुपन्देहीबाट पहिलोपटक प्रतिनिधिसभामा चुनिएपछि बुटवल–बेलहिया छ लेन सडक, निर्माण सुरु भएको थियो । अहिले यो सडक हेर्न लायक बनेको छ । चौराह गोलपार्क सडक मुद्दामामिलाका कारण निर्माणकै क्रममा रहेपनि चौराहादेखि बेलहियासम्मको सडक निर्माण पूरा भएपछि बुटवल भैरहवाको दूरी छोटिएको छ ।

भुमही–परासी–भैरहवा–लुम्बिनी–तिलौराकोट सडक, तिनाउ र दानव नदीमा दर्जन बढी डबल लेनका मोटरेबल पुलहरू, बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, तामनगरमा कोरिया–नेपाल बहुप्राविधिक शिक्षालय (केएनआईपी) को स्थापना, शंकरनगर वनवाटिकामा बुहउद्देश्यीय भवन, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला तथा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी लगायतका क्षेत्रमा अनेकौँ पूर्वाधारहरू निर्माण हुनुले यो क्षेत्र विकासको अगुवा नै बनेको छ । सैनामैना चक्रपथ र बेलबास–बेथरी सडकको अधिकांश काम सम्पन्न भएको छ । कालिका पथ, बुटवल–नारायणघाट छ लेन सडक, तटबन्धसहितको तिनाउ–दानव कोरिडोर सडक, लुम्बिनी गुरु योजना, कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन आयोजना, सिद्धबाबा सुरुङमार्ग र सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्डको स्तरोन्नतिका लागि प्रक्रिया शुरु भएको छ ।

तिनाउ नदीमा सिग्नेचर पुल, बुटवल–गोरुसिङ्गे–चन्द्रौटा छ लेन सडक, झुम्साखोला खानेपानी आयोजना, तिलोत्तमामा सरकारी स्वामित्वको मेडिकल कलेज, लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नति, बुटवल मण्डपमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल, देवदहमा बहुविषयक लुम्बिनी बौद्ध विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि प्रक्रिया थालिएको छ ।

लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालयमा स्तरोन्नति, कर्साघाटमा आधुनिक पूर्वाधारसहितको कृषि उपज केन्द्र, ऐतिहासिक बोलबम धामको पूर्वाधार, जितगढी लगायतका पुरातात्विक सम्पदा क्षेत्रको संरक्षण र विकासको कामको थालनी भएको छ ।

सैनामैनामा लामीरह बाँधसहितको पर्यटकीय पूर्वाधार, सैनामैनामै आधुनिक प्रविधिसहितको फोहोर मैला प्रशोधन केन्द्र, विद्युत् प्रसारण लाइन भूमिगत गर्ने कार्य, बिटिआईलाई इन्जिनियरिङ कलेजमा स्तरोन्नति, मोतीपुर औद्योगिक क्षेत्र, मुर्गिया र रामापुरबाट लुम्बिनी जाने सडक, बेलबास–नुवाकोट–दोभान सडक, सैनामैनामा जेष्ठ नागरिक संरक्षण ग्राम र प्राकृतिक चिकित्सालय तथा योग केन्द्र निर्माण, सहरी क्षेत्रमा ओभरहेड ब्रिजसहितको पूर्व पश्चिम रेलमार्ग, कर्णेल उजीरसिंह रङ्गशाला लगायतका आयोजना सम्पन्न हुँदा रुपन्देहीले विकासमा धेरै जिल्लालाई पछाडि छाडेको हुनेछ ।

रुपन्देही –२ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पूर्वअर्थमन्त्री पौडेलले रुपन्देहीलाई विकासका दृष्टिले देशकै नमुना बनाउने उद्देश्यका साथ विगतदेखि नै पूर्वाधार विकासलाई प्राथमिकता दिँद विभिन्न योजना अघि सारेका छन् ।

संघ, प्रदेश र स्थानीय तह बीचको समन्वय र सहकार्यमा यस क्षेत्रका सबै सडकहरूलाई पाँच वर्षभित्र ढल निकास र नालीसहित कालोपत्रे गर्ने योजना पौडेलले प्रतिबद्धता पत्रमा समेटेका छन् ।

निर्माणाधीन अवस्थामा रहेका तिनाउ–दानव कोरिडोर सडक, सैनामैना चक्रपथ, तिलोत्तमा चक्रपथ, कालिका पथ, बेलबास–बेथरी सडक, मुर्गिया–सूर्यपुरा–लुम्बिनी सडक, बेलबास– नुवाकोट–दोभान सडक कालोपत्रेसहित स्तरोन्नती गरिने छ ।

यस्तै ड्राइभरटोल–शिवपुर र ड्राइभरटोल–पडसरी सडक, मेजर रोड, गोलपार्क–गणेशस्था – फूलबारी–जितगढी–बँदेलपोखरी–तामनगर सडक, राजमार्ग चौराहदेखि मेडिकल कलेज जोड्ने अभियानपथ र तपाहा लाईन शिवपुर सडक स्तरोन्नती गरिने छ ।

देवीनगर चौपारी–योगीकुटी शान्तिचोक–पश्चिम पहुनी सडक, रानीबगिया–कचल–रिब्दीकोट सडक, तामनगर–महापुर–पालुङ्ग–बतासे सडक, मुर्गिया–जुठापैवा–बल्डेङ्गगढी सडकलगायतका महत्वपूर्ण सडकहरूको नाली र कालोपत्रेसहित निर्माण र स्तरोन्नति गरिने पौडेलले सार्वजनिक गर्नुभएको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

बुटवल बाईपास तथा लिङ्करोडअन्तर्गत धागो कारखाना– योगीकुटी– मगरघाट–बेलभरिया – कर्साघाट सडक, मिलनचोक–देवीनगर–हात्तीसुँढ–नहरपुर–बेलबास सडक, रङ्गशालापथ, चाँदबारी–शिवनगर सडक, नयाँगाउँ–बेलबास सम्पर्क सडक, मैनाबगर– श्रीरामनगर– जितगढी सडक पूर्वाधार निर्माण सम्पन्न गरिने जनाइएको छ ।

यसअन्तर्गत निर्वाचन क्षेत्रभित्रका अन्य महत्वपूर्ण सडकहरूलाई पनि समावेश गरिने छ । टप मजुवा र बसपार्क जोड्ने तिनाउ नदीमा मोटरेबल पुल निर्माण गरिने पौडेलको प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

निर्वाचन क्षेत्रअन्तर्गतका ठाडा खोला, खोल्सी, नहरहरूमा आवश्यकताअनुसार कल्भर्ट निर्माण गरी बस्तीहरूमा यातायातको सुविधा सहज बनाइने छ ।

सहरका आवश्यक स्थानहरूमा प्रतीक्षालय, यात्रु विश्राम स्थलहरू निर्माण गरिने छ । अवस्था हेरी सडक निर्माण गर्दा साइकल लेन तथा अपाङ्गमैत्री संरचना निर्माण गरिने छ । नयाँगाउँ स्थित ट्रान्सर्पोट भिलेजको पहुँच मार्ग र बाँकी पूर्वाधारहरूको निर्माण सम्पन्न गरिने पौडेलको प्रतिबद्धता छ ।

“सुरु भएका योजना पूरा गर्न र नयाँ योजनाको थालनी गर्न म निर्वाचन लडेको छु । यी योजना कार्यान्वयनपछि रुपन्देही विकास हेर्न आउने र सिक्ने थलोका रुपमा परीणत हुने छ”, उम्मेदवार पौडेल भन्नुहुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?