Butwal Today

भरुवा बन्दुक बरामद

२० फाल्गुन २०८१, मंगलवार
अ+
अ-

पाल्पा, २० फागुन ।
प्रहरी चौकी दोभानको टोलीले सूचना र सुराकीको आधारमा एक थान भरुवा बन्दुक बरामद गरेको पाइएको छ। प्रहरीले तिनाउ गाउँपालिका २ खुर्सानेबाट भरुवा बन्दुक र त्यसमा प्रयोग हुने विस्फोटक पदार्थ सहित जीवन विकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुनिल मल्लले जानकारी गराए।

स्थानिय प्रहरी प्रशासनले पटक पटक भरुवा बन्दुक बुझाउन आग्रह गर्दा पनि अटेर गरी यस्ता भरुवा बन्दुक राख्ने गरेको पाइएको छ। वन्य जन्तुको विगविग गाउँमा बढ्दै गएपछि पुराना हतियारको प्रयोगका कारण वन्य जन्तु धपाउने र नियन्त्रण गर्ने उद्देश्यले राखिएका बन्दुक प्रहरीले प्रचलित ऐन कानुन विपरीत रहेको भन्दै हतियारसहित हतियारको संरक्षणलाई नियन्त्रणमा लिने गरेको छ।भरुवा बन्दुक सहित पक्राउ परेका जीवन विकलाई हात हतियार तथा खरखजना ऐन अन्तर्गत कानुनी कारवाही हुने प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?