ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य
गठबन्धनको गन्जागोल मिलाउन

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्ड बर्दघाट आउँदै

२९ कार्तिक २०७९, मंगलवार
२९ कार्तिक २०७९, मंगलवार

सुनवल, २९ कात्तिक ।

चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवम् नेपाली काँग्र्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार पश्चिम नवलपरासी आउँदै छन् । जिल्लामा सत्तारुढ गठबन्धन भित्र खटपट परिरहेका बेला दुई पार्टीका शीर्ष नेता बर्दघाटको चौपत्तामा हुने सभालाई सम्बोधन गर्न आउन लागेका हुन् ।

बिहान १० बजेपछि सभा सुरु हुने बताईएको छ । सभालाई सम्बोधन गर्न नेताद्वय बिहान साढे नौ बजे काठमाण्डौबाट हेलिकप्टरमा आउने कार्यक्रम रहेको छ । चौपताको खेल मैदानमा हुने कार्यक्रमको सुरक्षा व्यवस्था लगायत आवश्यक तयारीका लागि सोमबार जिल्लास्थित सुरक्षा निकायका प्रमुखले स्थलगत निरीक्षण गरेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर एक मा पर्ने उक्त क्षेत्र बाट काग्रेसका केन्द्रीय सदस्य तथा अर्वपती विनोद चौधरी उम्मेदवार छन् भने प्रदेश सभा १ मा विश्वप्रेम पाठक र २ मा गठबन्धन भित्रकै माओवादी केन्द्र र काँग्रेसका दुई जना नेता चुनावी मैदानमा छन् ।

सत्तागठबन्धनको सहमति विपरित काँग्रेस गएको भन्दै माओवादी केन्द्रले प्रदेश सभा तर्फ देवकरण कलवारको उम्मेदवारी निष्कृय नभए विनोद चौधरीलाई सहयोग गर्न नसक्ने बताउदै आएको थियो । तर केही दिन पहिले घनश्याम यादव सहितका माओवादीका केही नेताहरुले विज्ञप्ती जारी गर्दे माओवादी केन्द्रको सर्मथन विनोद चौधरीलाई हुने बताएका छन् ।

तर उक्त पार्टीबाट प्रदेश सभाका उम्मेदवार तथा पार्टी अध्यक्ष रामानन्द यादवले भने त्यसमा आफ्नो सहमति नरहेको बताएका छन् । यादवले असहमति जनाएपछि उनीहरुले जारी गरेको विज्ञप्तीमाथि पनि प्रश्न चिन्ह खडा भएको छ । स्रोतका अनुसार यादवलाई पनि सहमतिमा ल्याउन कोशिस भईरहेको छ । यो असन्तुष्टि र गन्जागोलका बीच शीर्ष नेताहरु जिल्ला आउनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?