ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
पुर्वी रुकुम

प्रदेश सभामुखलाई झाँक्रीको डर

२९ कार्तिक २०७९, मंगलवार
२९ कार्तिक २०७९, मंगलवार

रुकुम, २९ कात्तिक ।

रुकुम (पूर्व) मा प्रतिनिधिसभामा एउटा र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र छन् । यी तीनवटै निर्वाचन क्षेत्रमा बागी उम्मेदवारीले निर्वाचनमा रौनकता थपेको छ । पाँच दलीय गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र) का पूर्णबहादुर घर्ती मगर उम्मेदवार छन् । तर उनको विरुद्धमा माओवादी केन्द्रका चन्द्रराज झाँक्री बागी उम्मेदवार छन् । यस क्षेत्रमा नेकपा (एमाले) का कैलाशकुमार मल्ल उम्मेदवार छन् ।

मल्ल यसअघि माओवादी केन्द्रमा थिए । उनी गत स्थानीय तहको निर्वाचन अघि एमालेमा प्रवेश गरेका थिए । तीन जना उम्मेदवार नै विगतमा माओवादी पृष्ठभूमिबाट आएकाले मत कस्ले बढी तान्छ भन्नेमा बहसको विषय बनेको छ ।

रुकुम(पूर्व) मा विगतका निर्वाचनको मतपरिणाम हेर्दा माओवादी केन्द्र हावी देखिन्छ । माओवादी केन्द्रका उम्मेदवार पूर्णबहादुर घर्ती गत निर्वाचनमा प्रदेशसभा २ बाट निर्वाचित भइ लुम्बिनी प्रदेशको सभामुख निर्वाचित भइसकेका छन् ।
यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका तेजबहादुर ओली उम्मेद्वार छन् । उनी गत निर्वाचनमा यसै क्षेत्रबाट विजयी भएका थिए । तर यसपटकको निर्वाचनमा उनी विरुद्ध सुरुल पुनले बागी उम्मेदवारी दिएका छन् । नेकपा एमालेले पनि पुनलाई नै समर्थन गरिसकेको छ ।

प्रदेशसभा २ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका धनबहादुर केसी उम्मेद्वार छन् । तर सत्ता गठबन्धनको उम्मेदवारविरुद्ध माओवादी केन्द्रका केशव रावलले बागी उम्मेदवार दिएका छन् ।

रावल माओवादी केन्द्र विद्यार्थी सङ्गठनका केन्द्रीय उपाध्यक्ष हुन् । उनीहरुसँग प्रतिस्पर्धामा नेकपा एमालेबाट भावना बुढाथोकी उम्मेदवार छन् । माओवादी र कांग्रेसबीचमा चुनावका लागि गठबन्धन भए पनि पार्टीभित्रको असन्तुष्टिको फाइदा एमाले उम्मेदवारलाई हुनसक्ने मतदाताबीच आँकलन गरिएको छ ।

गत स्थानीय तहको निर्वाचनमा तीनवटै पालिका प्रमुख र दुई वटा गाउँपालिका उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए भने एमाले–कांग्रेस गठबन्धनबाट एमाले उम्मेदवारले एउटा पालिका उपप्रमुख जितेको थियो ।

गत स्थानीय तहको निर्वाचनमा ३१ वडामध्ये नेकपा माओवादी केन्द्रले २२ वटा, नेपाली कांग्रेसले तीन र नेकपा एमालेले ६ वटा वडामा जित हासिल गरेका थिए । सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्णबहादुर घर्ती मगरले सङ्घीयता कार्यान्वयन र यस क्षेत्रको विकास र समृद्धिलाई प्राथमिकतामा राखेको दाबी गर्दै आएका छन् ।

“पहिलो कार्याकालमा कृषि, शिक्षा, स्वास्थ्यलगायतको क्षेत्रमा विभिन्न काम सुरु गरेको छु, अब त्यसलाई पूर्णता दिन र नयाँ एकीकृत योजनाका साथ काम गर्नेछु ।” जनतालाई ठूलो आश देखाउनुभन्दा यहाँका समस्या समाधानमा केन्द्रित हुने उनको भनाइ छ । नेकपा एमालेका उम्मेदवार कैलाशकुमार मल्लले पनि कृषि, शिक्षा, स्वास्थ्य, रोजगारीलाई चुनावी एजेन्डा बनाएका छन् । प्रदेशसभाको निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका तेजबहादुर ओलीले सडक निर्माण तथा बिस्तार, एकीकृत बस्ती विकास, खानेपानी, बिजुली, सञ्चारको मुद्दा अगाडि सारेका छन् । “घरघरमा इन्टरनेटको पहुँच, सामूहिक र आधुनिक कृषिको लागि अनुदान, सहुलियतमा ऋण, उत्पादनको बजारीकरण, प्रशोधन, पर्यटनको विकास मेरा मुख्य एजेन्डा हुन्”, उनले भने ।

उनले खानी र वनजन्य उद्योगमार्फत् अर्थतन्त्रमा सुधार, खेलकुद, शिक्षामा व्यवस्थित पूर्वाधार, सेवा प्रवाहमा सुशासन, समावेशिता, पारदर्शीताका लागि काम गर्ने उनको भनाइ छ ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार सुरुल पुनले यहाँको भूगोल, समूदाय, जातिका मुद्दालाई मुख्य एजेण्डा बनाएका छन् । पिछडिएको क्षेत्र, वर्ग र समूदायबाट नेतृत्व गर्दै विकासलाई विशेष जोड दिने उनको दाबी छ । निर्वाचन क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेदवार धनबहादुर केसीले भने आफू निर्वाचित भए सरकारी सेवा सुविधा नलिने बाचा गरेका छन् । नेकपा एमालेकी उम्मेदवार भावना बुढाथोकीले स्वास्थ्य र शिक्षाको गुणस्तर सुधार, कृषिको व्यावसायिकीकरणका लागि काम गर्ने बताए ।

प्रदेशसभा २ का स्वतन्त्र उम्मेदवार केशव रावलले पनि स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, रोजगार÷स्वरोजगार, भौतिक पूर्वाधार तथा यातायात, विद्युत् तथा सञ्चार, खानेपानी र सरसफाइका क्षेत्रमा काम गर्ने दाबी गरेका छन्।तर पटक–पटक निर्वाचित भए पनि नेताहरुले अपेक्षा गरे अनुसारको विकास नगरेको सिस्ने गाउँपालिका–५ की स्थानीय फुर्ची बुढाको भनाइ छ। “स्थानीय स्तरमै रोजगारी नहुँदा कैयन युवाहरु विदेशिन बाध्य भएका छन्, यो समस्या समाधान भए जीवनस्तर सहज हुने थियो ।”

भौगोलिक दृष्टिले विकट मानिने यस जिल्लामा कुनै स्थानबाट वडा कार्यालयसम्म पुग्न पनि एक दिनको समय लाग्छ । यहाँका नागरिकहरुले सामाजिक सुरक्षा वापतको भत्तामा बैकिङ प्रणालीबाट सहज नभएको भन्दै वडा कार्यालयले नै वितरण गर्नुपर्ने माग गरेका छन् । निर्वाचन कार्यालयका अनुसार सम्पूर्ण तयारी पूरा भइसकेको छ । कार्यालयले कात्तिक १८ देखि मतदाता शिक्षा सञ्चालन गरिरहेको छ । जिल्लामा ४४ वटा मतदानस्थल र ५६ वटा मतदान केन्द्र छन् । साथै, एउटा अस्थायी मतदानस्थल थप गरिएको मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले बताए । उनका अनुसार मदतानस्थल र मतदान केन्द्रमा सुरक्षाकर्मी र स्वयमसेवकबाहेक चार सय ४८ जना कर्मचारी खटिने छन् ।

जिल्लामा मतपत्र ढुवानी र प्याकिङको काम पूरा भएको छ । मुख्य निर्वाचन अधिकृत घिमिरेका अनुसार मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइसकिएको छ । जिल्लामा ३४ हजार एक सय १२ मतदाता छन् । जसमा महिला १६ हजार आठ सय ९७ र पुरुष १७ हजार दुई सय १५ छन् ।

तीन वटा मात्र गाउँपालिका रहेको जिल्लामा ३१ वटा वडा छन् । पुथा उत्तरगङ्गा गाउँपालिकाका १४ वटा वडा र भूमे गाउँपालिकाका १, २, ३, ६ र ७ नम्बर वडा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा पर्छन्। प्रदेशसभा २ मा भूमे गाउँपालिकाका ४, ५, ८ र ९ नम्बर वडासँगै सिस्ने गाउँपालिकाका ८ वटा वडा पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?