ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

मतदातालाई पश्चातापको अवस्थामा पुर्याउँदैनौः पौडेल

२८ कार्तिक २०७९, सोमबार
२८ कार्तिक २०७९, सोमबार

बुटवल, २८ कात्तिक ।

पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्य विष्णुप्रसाद पौडेलले मतदातालाई गल्ती गरिएछ भन्ने अनुभूति आउन नदिनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले जनताको ईच्छा र अपेक्षा अनुसार नै काम गर्ने प्रतिवद्धता गर्दै मतदाताहरुले कुनै पनि संकोच नमान्न आग्रह गरे । स्थानीय तथा राष्ट्रिय आवश्यकतालाई बुझेर सोही अनुसारको बिकास पूर्वाधार निर्माण आफ्नो प्रमुख लक्ष्य रहेको उनले बताए ।

संयुक्त मधेशी समाजले सोमबार बुटवलमा आयोजना गरेको बृहत मधेशी भेलालाई सम्बोधन गर्दै पौडेलले सबै जात–जाती धर्म समुदायलाई समेट्नेगरी भौतिक पूर्वाधारको विकाससँगै मानवीय विकास आजको आवश्यकता रहेको औल्याए । आगामी मंसिर–४ को निर्वाचनमा निसंकोच सूर्यमा मतदान गर्न आग्रह गर्दै एमालेले जनताको मतलाई खेर जान नदिने दाबी गरे । मुलुकलाई आर्थिक समृद्धिको यात्रामा अघि बढाउने क्षमता एमालेसँग भएको बताउँदै उनले सूर्यमा भतदान गरेर सही निर्णय गरिएछ भन्ने अनुभूति जनतलाई दिलाएरै छाड्ने प्रतिवद्धता दोहोर्याए । शिक्षा तथा स्वास्थ्यको विकास तथा सीपमूलक प्राविधिक शिक्षालयहरुको निर्माण गरी रोजगार तथा स्वरोजगार बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित रहेको उनले बताए ।

लाखौ युवाहरु रोजगारका लागि विदेशीनु पर्ने वाध्यताको अन्त्य गर्न आवश्यक रहेको बताउँदे उनले मुलुक भित्रै रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा उनले जोड दिए । उद्योग कलकारखानाको स्थापना, पर्यटन व्यवसायको प्रवर्द्धन तथा युवाहरुको सीप र क्षमताको विकास गरी मुलुकलाई आर्थिक समृद्धिको यात्रातर्फ लैजानुपर्ने उनले बताए । यसैगरी सबै जातजाती र धर्म समुदायप्रति राज्यले समान दृष्टिकोण राखेर उनीहरुको विकासमा सहयोग गर्नुपर्ने उल्लेख गरे ।

भेलाले छठ पूजाका लागि सामाजिक भवन निर्माण गर्ने निर्णय गर्नुका साथै किरिया घर निर्माणका लागि पहल गर्ने निर्णय गरेको छ । त्यसैगरी भेलाले २०६३ सालमा नागरिकता टोलीद्वारा नागरिकता लिएका नेपाली बाबुआमाका सन्तानलाई नागरिकता दिलाउनका लागि पहल गर्ने निर्णय पनि गरेको छ । त्यस्तै भेलाले मधेशी समुदायका पढेलेखेका युवायुवतीलाई सरकारी जागिरमा सहभागिता बढाउनका लागि ठोस कदम चाल्ने निर्णय गरेको छ । भेलामा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य अशोक बर्मा, जेपी गुप्ता, गौरीशंकर गुप्तालगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?