ट्रेंडिंग:

>> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै

गृहमन्त्री खाँणले भनेः ‘रुपन्देहीको विकासमा महत्वपूर्ण भूमिका खेलेको छु’

२७ कार्तिक २०७९, आईतवार
२७ कार्तिक २०७९, आईतवार

भैरहवा, २७ कात्तिक ।

गृहमन्त्री बालकृष्ण खाँणले विकासका काममा आफूले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । “रुपन्देहीको विकासमा मन्त्री हुँदा होस् वा बाहिर रहँदा, महत्वपूर्ण भूमिका खेलेको छु”–उनले भने–“यहाँका विकासे आयोजना कार्यान्वयनमा सहयोग पु¥याएको छु ।

रुपन्देहीकोसमग्र विकासका लागि आफूले बिगतमा दीर्घकालीन महत्वका योजनाहरु ल्याएको पनि खाणले दावी गरे । उनले तिनाउ र दानवमा जनताको तटबन्धन, पुल निर्माण, सोह्र–छत्तीस सिंचाई प्रणाली निर्माणको काम आफ्नै पहलमा भएको र यसले जिल्लाको सिंचाईमा फड्को मारेको जिकिर गरे ।

क्षेत्रका विभिन्न स्थानमा आयोजित कार्यक्रमहरुमा बोल्दै पाँच दलीय गठबन्धनका तर्फबाट रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार समेत रहेका कांग्रेस नेता खाँणले बेलहिया–बुटवल ब्यापारिक मार्ग, गौतमबुद्ध बिमानस्थललाई अन्तर्राष्ट्रिय बिमानस्थल बनाउने, देवदह– मणिग्राम–लुम्बिनी बुद्धसर्किट निर्माण गरी बीचका बस्तीलाई गुल्जार बनाउनमा पनि आफूले महत्वपूुर्ण भूमिका खेलेको बताए ।

ब्यापारिक मार्ग बिस्तारको क्रममा अधुुरो रहेको काम पनि छिट्टै पुरा गर्ने उनले प्रतिबद्धता जनाए । भैरहवामा बिमानस्थल बनाउन र भैरहवामा बिशेष आर्थिक क्षेत्र (सेज) ल्याउनमा कांग्रेस नेता स्वर्गीय रामकृष्ण ताम्राकारको पनि महत्वपूर्ण भूमिका रहेको भन्दै उनको प्रशंसा समेत गरे । उनले रुपन्देही, भैरहवा क्षेत्रको विकासमा आफू र स्वर्गीय ताम्राकारबीच सधै सहकार्य हुने गरेको पनि बताए ।

त्यस्तै देवदह–मणिग्राम– लुम्बिनी– तिलौराकोट– गोरुसिंगे, बेलवास– बेथरी, तामनगर–फर्सटिकट हुँदै बेथरी– मर्चवार सडक, भैरहवादेखि नवलपरासीको भूमही, केदली– सिसुवा, मुर्गिया– सूर्यपुरा, देवदह– मणिग्राम–फर्साटिकर– सूर्यपुरा– लुम्बिनी, छपिया– बेथरी सडक निर्माण एवम स्तरोन्नती गर्न पनि पहल गरेको उनले बताएका छन् ।

उनले अहिले पक्लिहवा माबिलाई बस खरिद, नवरत्न मावि बुटवलको खेलमैदान निर्माण, जनता आधारभूत मायादेवीको भवन निमार्ण, त्रिवेणी आधारभूत विद्यालय सियारी गोठवामा खेलमैदान निर्माणको लागि पनि बजेट बिनियोजन भएको जानकारी दिए । बहिरा बाल विद्यालय भैरहवाको भवन निमार्ण, सियारीको मदनगन्ज आधारभूत विद्यालय स्तरोन्नती, तिलोत्तमा नगरपालिका टिकुलीगढमा दुर्गा वेदवेदङ्ग संस्कृत विद्यालय पूर्वाधार विकास, शुद्धोधन खजुरीया आधारभूत विद्यालय कक्षाकोठा निर्माण, शुद्धोधनकै वेलवा आधारभूत विद्यालय भौतिक पूर्वाधआरको लागि पनि बजेट बिनियोजन भएको बताए ।

त्यस्तै सिचाई मन्त्री हुँदा जनताको तटबन्ध र स्यालो ट्युवबेल निर्माणको काम सुुरु गरेको बताउँदै उनले छत्तिस मौजा सिंचाई नहरको रिटेनिङ पर्खाल निर्माण, जिल्लाका बिभिन्न तालहरुको संरक्षण कार्य– बैठौलिया, कुन्जलापुर, सूर्यपुरा ताल संरक्षण, गडुवा ताल सिचाई योजना, चारतपाहा सिंचाई योजनाको मुहान निर्माण, मर्चवार लिफ्ट सिँचाई योजनाको थप कार्य, ईङगुरिया, कन्चन सिंचाई कार्य थालनी पनि आफ्नै पहलमा भएको बताए । रुपन्देहीलाई अझ बिकसित र समुन्त बनाउन आफूले थुुप्रै योजना ल्याएको र त्यसलाई साकार पार्न जनताको साथ जरुरी रहेको उनले जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission